Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्रीद्धारा धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती अवलोकन

काडमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले धुर्मुस सुन्तली नमुना एकिकृत बस्तीको अवलोकन गरेका छन् । \"IMG_8403-640\" भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डाँडा गाउँ स्थीत पहरी बस्तीको करिब नौ महिना पछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् । बस्ती अवलोकन पश्चात प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीको सामाजीक कामको प्रशंसा गरेका छन् । सरकारले पनि पुनः निर्माणको काम छिट्टै थालनी गर्ने उनले बताएका छन् । नाकाबन्दीको समस्या समाधानको संघारमा रहेको जिकिर गर्दै उनले नाका सहज पछि पुनः निर्माणमा पनि सहज हुने बताएका छन् । धुर्मुस सुन्तली एकिकृत बस्ती रहेको जमीन गुठीको नाममा रहेकाले घरधनीको स्वामित्वमा ल्याउनका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । \"IMG_8364-640\" एकिकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहाँका बासीन्दाले बाँकी रहेका पहरीहरुको लागि पनि त्यस्तै किसीमको घर बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । यस विषयमा पनि आफुले सक्दो सहयोग गर्ने प्रधानमन्त्री ओलीले संकल्प गरेका छन् । भूकम्प पश्चात अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तलीलगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् । अल्प संख्यक र पिछडीएको जाति पहरीहरुको दयनीय अवस्था रहेकाले २० परिवारलाई धुर्मुस सुन्तलीले घर निर्माण गरिदिएका हुन् । नमुना बस्ती निर्माणमा ठूलो खर्च लाग्ने भएपछि उनीहरुले विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए । धेरैले अवलोकन र प्रशंसा गरेका एकिकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन् । भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्याँस, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ । एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ । आफुहरुले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरुलाई बस्ती निर्माण गरीदिए पनि सरकारले अहिले सम्म काम अघि बढाउन नसकेको सिताराम कट्टेल (धुर्मुस) ले दुख व्यक्त गरेका छन् ।\"IMG_8380-640\" भूकम्प प्रभावितहरुको दयनीय स्थीति रहेको भन्दै उनले पुन निर्माणका लागि निकै ढिलाई भईसकेको बताएका छन् । सक्रियता जनाउने हो भने भूकम्पले क्षतिग्रस्त हरेक बस्तीलाई नमुना बस्ती जस्तै बनाउन सकिने उनको दृढता छ । एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाईसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजीलै निर्माण गर्न सक्ने कुञ्जना घिमिरे सुन्तलीले बताएकी छिन् । निर्माण थालनी पश्चात धेरैले सहयोगी मन देखाएकाले नमुना बस्ती बनेको सम्झना गर्दै सबैको सहयोग रहेमा अन्य बस्ती निर्माणको नेतृत्व लिन पनि आफुहरु तयार रहेको उनको भनाई छ । गरिबी र पिछडीएको समुदाय आफुहरुको प्राथमीकतामा रहेको बताउँदै उनले महोत्तरीको मुसहर बस्तीलाई पनि नमुना बस्ती बनाउने चाहना रहेको सुनाएकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: