Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

राष्ट्रिय सहिद स्मारक निर्माण गरिने :मन्त्री ढकाल

काठमाडौ । सहिदका नाममा काठमाडौँको गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकको छिट्टै निर्माण गर्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । सहिद दिवसको उपलक्ष्यमा शनिबार गोकर्णमा आयोजना गरिएको कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले स्मारक निर्माणमा अवरोध गर्ने र काम नगर्ने दुवैलाई कारबाही गरिने बताए ।\"Eknath-Dhakal\" देश विकास नभई सहिदको सम्मान नहुने भएकाले विकासको बाटोमा जुट्न एकता हुनुपर्नेमा उहाँले जोड दिए । भूमिगत र अर्धभूमिगत रुपमा रही आन्दोलन गरिरहेकालाई वार्तामा आउन पनि मन्त्री ढकालले अनुरोध गरे । कार्यक्रममा सांसद जयदेव जोशीले सहिदका सपना पूरा गर्न सबैको योगदान हुनुपर्ने आवश्यकता औँल्याए । साना कुरामा विवाद गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाइनु हुन्न, यसमा सबै दलको ध्यान जान आवश्यक छ” – उनले भने । सांसद रामेश्वर फुयाँलले स्मारक सबै दलको एकतामा अघि बढिरहेकाले थपिएको समयमा सम्पन्न गर्न सरोकारवाला सबैको ध्यान जानुपर्नेमा जोड दिए । पूर्व सांसद एवम् सहिद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारीले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोग गठन हुन नसक्दा पीडितले न्याय नपाएको गुनासो गरेका थिए । मन्त्री ढकालले पार्क क्षेत्रभित्र निर्माण हुने जैविक विविधता, वन तथा वातावरण एवम् शैक्षिक सूचना केन्द्र र इलाका रेन्जपोष्ट कार्यालय भवनको शिलान्यास गरेका थिए। मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत रु ४६ करोड ७१ लाखको लागतमा स्मारक निर्माण भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: