Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

हाँसी हाँसी ज्यान दिने सहिदलाई सलाम !

\"sahid\"काठमाडौं । सहिद भन्ने वित्तिकै देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने अमर ब्यक्तिलाई चिनिन्छ । नेपालमा राणा शासनदेखिका निरंकुश शासनविरुद्ध आवाज उठाउने क्रममा हजारौंले ज्यान गुमाउनु परेको छ । तर पनि सहिदलाई सम्झने वित्तिकै जो कोहीले त्यस्तो नाम उच्चारण गर्छ, जसले जहानियाँ राणा शासनकोविरुद्ध हाँसी हाँसी ज्यान दिए । तिनै सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई विर्सने हो भने आज सहिदलाई विर्सिएको ठहर्छ । वि.सं.१९०३ सालदेखि नेपालमा जहाँनिया राणा शाशनको उदय भयो । तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जंगबहादुर कुँवर वि.सं.१९०३ सालमा पहिलो राणा प्रधानमन्त्री बने । लामो समयसम्म जनतालाई दास बनाइ जरा गाडेर बसको राणा शासनकाविरुद्ध आवाज उठाउदा तत्कालिन राणा शासकहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई फाँसीमा झुण्ड्याए । इन्द्रचोकमा भाषण गर्दा मारिए शुक्रराज शुक्रराज जोशी ‘शास्त्री’, जसलाई वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो । सहिद शुक्रराजको जन्म विस १९५० मा माधवराज जोशी र रत्नमाया जोशीका छोराको रुपमा काठमाडौंको खिउँल, थाय्मदुमा भएको थियो । उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उतीर्ण गरेकाले उनलाई ‘‘शास्त्री” भनिएको थियो । भारतको पञ्जाब विश्वविद्यालयबाट अङग्रेजी विषयमा स्नातक गरेका शुक्रराज नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अङग्रेजी भाषाका ज्ञाता मानिन्छन् । नेपाल भाषाको पुनर्जागरणकालका एक महान् लेखकका रुपमा लिने शुक्रराज भारतमा स्नातक सकेर काठमाडौ फर्किएपछि राजनीतिक चेतना उठेका क्रान्तिकारी विचारकहरुसँग उनको सम्पर्क हुन थाल्यो । वि.सं. १९९३ मा ‘‘नागरिक अधिकार समिति”मा बसी राणा शासन विरोधी अभियानमा लागेका शास्त्रीले भारतका महात्मा गान्धीस“ग भेट गरी नेपालकाबारेमा कुरा गरेकै कारण काठमाडौं फर्केपछि उनलाई राणा सरकारले नजरबन्द ग¥यो । नजरबन्द तोडेर शुक्रराजले वि.सं. १९९५ मंसिर १३ गते काठमाडौको इन्द्रचोकमा राणा शासकहरुको विरुद्धमा एकजुट हुन जनतालाई आह्वान गरे । उनको यो सबैभन्दा पहिलो आमसभा थियो । त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरी तीनवर्ष कैद सुनाइयो । आठ वटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो झण्डै १०–११ बजेतिर सर्वस्वहरणसहित फा“सीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारियो । राजा र प्रजापरिषद्बीचको सम्पर्कले धर्मभक्त मारिए जहाँनिया राणा शाशन विरुद्धका अर्का महान सपुत हुन्, धर्मभक्त माथेमा । उनलाई शुक्रराज शास्त्रीलाई हत्या गरेको दुईदिनपछि वि.सं. १९९७ माघ १२ गते राणा शाशकहरुले काठमाडौको सिफलमा फाँसी दिए । वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा जन्मिएका धर्मभक्त माथेमा बुवा आदिभक्त माथेमा राणाहरुका लागि भारतबाट समान ओसार्ने काम गरेकै हुँदा धर्मभक्तले दार्जिलिङमा शिक्षाा आर्जन गर्ने मौका पाएका थिए । दार्जिलिङ्, कलकत्ता हुँदै बंगालको च्याम्पियनसीप भएका धर्मभक्तले वंगालबाट राजनीतिक ज्ञान प्राप्त गरे । वि.सं. १९९० सालमा दशरथ चन्दस“ग धर्मभक्तको भेट भयो । १९९३ सालमा आफ्नै फुपूको घरमा चन्दसहित नेपाल प्रजापरिषद्को स्थापना गरेका थिए । प्रजापरिÈद् र राजा त्रिभुवनका बीचमा भेटघाट र छलफल भइरहन्थ्यो । लैनचौरमा राजा र प्रजापरिषदबीच भएको सम्पर्क राणाहरुले चाल पाएपछि धर्मभक्तलाई पक्राउ गरे र वि.सं. १९९७ माघ १२ गते सिफलमा राणा शाशकहरुले फाँसी दिए । चित्तरन्जन दाससँगको सम्पर्कले धर्मभक्तका बाबु निर्वासित राजा र प्रजापरिषदबीच भएको सम्पर्ककै कारण धर्मभक्तलाई राणा शासकहरुले समातेर हत्या मात्र गरेर उनका बाबुलाई समेत निर्वासित गरिदिए । धर्मभक्तको बंगाली नेता चित्तरन्जन दासस“गको सम्पर्ककै कारण उनका बुवालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिएका थिए । थाइल्याण्डमा बनेको थियो सशस्त्र क्रान्तिको योजना प्रजापरिषद्कै संस्थापक सदस्य दशरथ चन्दको पनि धर्मभक्तलाई फाँसी दिएको तीनदिनपछि माघ १५ गते शोभा भगवतीमा गोली हानी हत्या गरियो । वि.सं. १९६० असारमा बैतडीको बस्कोटमा जन्मिएका थिए । पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट जन्मिएको माहिला छोरा भएकैले गर्दा दशरथ चन्दलाईको रुदशरथ चन्दलाई सहिद माइला समेत भन्ने गरिन्छ । राणा शासनका विरोधीहरुमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विÈयमा बनारसबाट प्रमाणपत्र तह उर्तीर्ण गरेका थिए । काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थालेका दशरथले महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रियपूर्वक भाग लिए । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भएको थियो । वि.सं. १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे ।  त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाएका थिए । सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्ने दशरथ चन्द राणाविरोधी अभियानमा सक्रिय भएकै कारण पक्राउ परे । नेपालका अर्का वीर सपुत गंगालाल श्रेष्ठसँगै एकै ठाउँमा जेल परेका दशरथ चन्दलाई विस १९९७ माघ १५ गते राणा शाशकहरुले हत्या गरिदिए । दशरथ चन्दको संगतका कारण मारिए गंगालाल तत्कालिन जहाँनिया राणा शाशनको विरुद्ध जेहाद छेड्ने अर्का वीर सपुत गंगालाल श्रेष्ठका पनि दशरथ चन्दलाई हत्या गरेकै दिन राणा शाशकहरुले गोली हानी मृत्युदण्ड दिए । वि.सं. १९७५ सालमा रामेछापको भँगेरी गाउँमा जन्मिएका गंगालाल आफ्ना काकासँगै केही वर्ष भारतको कोलकातामा बसी अध्ययन गरेका थिए । वि.सं. १९९४मा काठमाडौकै दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उर्तीर्ण गरेका गंगालालले त्रि–चन्द्र कलेजमा आईएस्सी.पढ्दै गर्दा कलाकार तथा महावीर संस्थाका कार्यकर्ता भए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरु हुने गर्दथ्यो । राणा सरकारले गङगालाललाई शुक्रराजको राणाविरोधी सभामा राणा शासनविरुद्ध बोले बापत पक्राउ परि छुटेका थिए । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्य भई सक्रिय भएका गंगालाल प्रजापरिÈद्को गतिविधिमा लागे बापत १९९७ साल कार्तिक २ गते पुनः पक्राउ परे । पक्राउ गरी दररथ चन्दसँगै सेन्ट्रल जेलमा राखिएका गंगालालको पनि दशरथ चन्दलाई हत्या गरिएकै दिन १९९७ माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा पुर्याई गोली हानी हत्या गरियो । यिनै चार वीर सहिदहरुलाई वि.सं. २००७ सालदेखि अहिलेसम्म माघ १० देखि माघ १६ गतेसम्म स्मरण गर्ने गरिएको छ । १०४ वर्षे जहाँनिया राणा शासनपछि पनि नेपालमा राजा महाराजाहरुले निरंकुश शासन लाद्न छाडेनन् । राणा शाशनदेखि विभिन्न समयका निरंकुश सत्ताकाविरुद्ध भएका लडाईका मोर्चाहरुमा आज हजारौं नागरिकले जीवनको बलिदानी दिएका छन् । तर राणाशासन, प्रजातन्त्र हुँदै वर्तमान गणतान्त्रिक ब्यवस्थासम्म आइपुग्दा पनि जनताले परिवर्तनको प्रत्याभूत गर्न पाएका छैनन् । त्यसैले सहिदलाई एकदिन सम्झेर होइन, सहिदको सपना पुरा गर्न सहिदको बाटोहरु पछ्याई रहन जरुरी छ । होइन भने सहिदका नाममा राजनीतिक गर्नु निरर्थक हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: