Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नवलपरासी र पर्वतमा विप्लव माओवादीले ब्युँतायो जनसरकार

नवलपरासी । देशैभर जनयुद्धकालिन जनसरकार ब्युताउँदै आएको विप्लव माओवादीले नवलपरासीमा पनि जनसरकार घोषणा गरेको छ । विप्लव माओवादीले प्रेमप्रसाद ढकाललाई जिल्ला जनसरकार प्रमुख तथा दीपककुमार घर्तीलाई उपप्रमुख घोषणा गरेको छ । जनप्रतिनिधि सभाको पहिलो अधिवेशनले ३५ सदस्यीय जिल्ला जनपरिषद घोषणा गरिएको सो पार्टीले जनाएको छ । काठमाडौंको रत्नपार्कबाट सन्तोष बुढामगरको नेतृत्वमा केन्द्रीय जनसरकार घोषणापछि विप्लव माओवादीले देशभर १३ वटा स्वायत्त प्रदेश घोषणा गरेको थियो । प्रदेश घोषणापछि उनीहरुले जिल्ला जिल्लामा जनसरकार घोषणा गर्दै आएका छन् । नवलपरासी जिल्ला जनसरकार घोषणा कार्यक्रममा बोल्दै विप्लवका केन्द्रीय सदस्य तथा लुम्बिनी उपब्युरो इन्चार्ज चन्द्रबहादुर चन्दले भ्रष्ट र दलालहरुलाई कारबाही गर्न जनसत्ता ब्युँताएको बताए । जिल्ला जनसरकार घोषणा कार्यक्रममा अवध स्वायत्त प्रदेशका जनपरिषद् प्रमुख नाथु थारु, उपप्रमुख चैप्रराम मुसहर, केन्द्रिय क्रान्तिकारी जनप्रतिनिधिसभा सदस्यहरु मंगलसेन, दलबहादुर कुमाल लगायतले अब गाउँ गाउँमा दलालहरुलाई कारबाही गर्ने चेतावनी दिए । सोही भेलाले दानबहादुर आचार्यको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा गठन गरेको माओवादी नवलपरासीका जिल्ला सदस्य डा. शिवशंकर बस्यालले बताए । पर्वतमा पनि जनसरकार गठन बिप्लव नेतृत्वको नेकपा माओवादीले पर्वतमा समानान्तर सरकारको गठन गरेको छ । माओबादीले बैकुण्ठ गिरीलाई पर्बतको समानान्तर सरकार प्रमुख बनाएको हो । विप्लव माओवादीले बैकुण्ठ गिरीलाई जिल्ला जनसरकार प्रमुख तथा ढक बहादुर क्षेत्री लाई उपप्रमुख घोषणा गरेको छ । जनप्रतिनिधि सभाको पहिलो अधिवेशनले ११ सदस्यीय जिल्ला जनपरिषद घोषणा गरेको जनाएको छ ।\"parbat\" कमला अधिकारीको अध्यक्षतामा गठीत २५ सदस्यीय जिल्ला जनप्रतिनिधी सभाको भेलाले गठित परिपद् सदस्यहरुमा छलिमाया अधिकारी, राम अधिकारी, टिका नेपाली, धर्म पौडेल, ओम पन्त, डम्बर क्षेत्री, बिष्णु अधिकारी र द्रोण बहादुर क्षेत्री रहेका छन् । परिपद्मा केन्द्रिय सदस्य पारशमणीले देश निकै संकटको अबस्थामा रहेकोमा नेपालमा गठित सरकार उदासिन भएको र जनतामा आफुहरुले बिकल्पको रुपमा यो परिषद् निर्माण गरेको बताए । उनले माओवादी आन्दोलनमा केहि दलाल प्रबृतीका मानिसहरु रहेको र त्यो पार्टी संघर्षमा होमिन लाग्दा पलायन हुँदै गएको भन्दै कार्यकर्ताहरुलाई ढृणतापुर्बक अगाडी बढ्न निर्देशन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: