Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एमाओवादीले सरकार छोड्दैन :मन्त्री बस्नेत

काडमाण्डौं । एकीकृत नेकपा (माओवादी)का नेता तथा गृहमन्त्री शक्ति बस्नेतले आफ्नो पार्टीले सरकार छाड्ने भन्ने कुरा सडक हल्ला मात्र भएको बताउदै सरकारलाई प्रभावकारी बनाउन लागिपरेको दावी गरेका छन् । \"Shakti-Basnet\" झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतका पार्टिलाई लिएर राष्ट्रिय सरकार बनाउन लागेको बताउदै एमाओबादीले सरकार छोड्ने कुरा सडक हल्ला मात्रै भएको बताएका हुन । मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित भएको बताउदै बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र अनुभूति हुने गरी सरकारले काम गर्ने जानकारी दिए । मधेस आन्दोलनको अाैचित्य छैन एक फरक प्रसङ्गमा मन्त्री बस्नेतले संविधानको संशोधनबाट मधेसी मोर्चाको माग मूलरुपमा सम्बोधन भइसकेकाले अब आन्दोलनको अाैचित्य नरहेको बताए । मधेसी मोर्चाले उठाएको सीमाङ्कनको विषय राजनीतिक संयन्त्रमा हुने छलफलबाट टुङ्ग्याइने बताउदै उनले भने “संविधानले सबैको भावना समेटेको र पछि उठ्ने आवाज समेट्नका लागि पनि संविधानमै समयानुकूल संशोधनको व्यवस्था गरिएकाले अब मुलुकमा कसैले हतियार उठाउनु र आन्दोलन गर्नु आवश्यक छैन ।” मन्त्री बस्नेतले केही दिनमै नाका पूर्णरुपमा खुलेर आपूर्ति व्यवस्था सहज हुने बताउदै आपुर्ति सहज भएलगतै अहिले देखिएको कालोबजारी र तस्करीको अवस्था अन्त्य हुने दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: