Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वीरगञ्ज नाकामा मोर्चाको फेरि अवरोध

\"Birgunj-Dharna\"वीरगन्ज । झण्डै पाँच महिनापछि खुलेको वीरगञ्जस्थित सीमा नाकामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि अवरोध गरेका छन् । उक्त नाका शुक्रबार विहान खुला भएको थियो । नाका खुल्ला भएपछि रक्सौल नाकाबाट मितेरी पुल हुँदै पाँच मालवाहक सवारी साधन वीरगञ्ज भित्रिएको थियो भने केही गाडीहरु सोही नाका हुँदै भारततर्फ गएको थियो । शुक्रबार बिहानदेखि अघोषित रुपमा खुलेको उक्त नाका मोर्चाका कार्यकर्ताहरुले विहान १० बजेदेखि पुनः धर्ना थालेपछि अवरुद्ध भएको हो । विहान मोर्चाको कार्यकर्ताहरु नभएको मौका पारि सवारी भित्रिएको मोर्चाले दाबी गरेको छ । नाका खुलेपछि सयौंको संख्यामा आएका भारतीय ब्यापारीहरुले मोर्चाले मितेरी पुलमा टाँगेको टेन्ट समेत भत्काइदिएका थिए । नेपाल–भारतको मुख्य नाका वीरगञ्जबाट इन्धन आयात नहुदा मुलुकमा इन्धन संकट कायमै रहेको छ । अन्य नाकाहरुबाट भने आपूर्ति भइरहेको छ । साढे सात बजेदेखि अघोषितरुपमा खुलेको वीरगन्ज रक्सौल नाका मधेसी दलका कार्यकर्ताहरुले बिहान १० बजे देखि फेरि ठप्प पारेका हुन् । मोर्चाका कार्यकर्ताहरुले मितेरी पुलमा बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन गरेका छन् । मधेसी दलले साढे पाँच महिनादेखि नाकाबन्दी गरेको वीरगन्ज रक्सौल नाका शुक्रबार बिहान करिब अढाइ घण्टा खुलेको थियो । यो पनि पढ्नुस् अघोषित रुपमै खुल्यो वीरगञ्ज नाका, मालबाहक सवारी बीरगञ्ज प्रवेश
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: