Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

रातारात करोडपति बन्ने लोभमा सयौं डुबे

पाल्पा । रातारात करोडपति बन्ने लोभमा ‘कमोडोटिज विजनेस’ मा अबैध लगानी गर्ने व्यक्तिहरू फसेका छन् । तानसेन शीतलपाटीमा रहेको शाक्यमूनि कमोडोटिजकी सञ्चालक कल्पना घिमिरेले अबैध लगानी गर्नेहरुलाई साँवाव्याज दिन नसकेपछि लगानीकर्ता डुबेका हुन् । शाक्यमुनि कमोडोटिजको नाममा सुनचाँदीको खरिदबिक्री गर्ने नेटवर्किङ्ग व्यवसायमा अबैध लगानी हुँदै आएको हो । यस व्यवसायमा पाल्पाका सयौँ व्यक्तिहरुले करोडौँ अबैध कारोवार गर्दै आएको तथ्य खुलेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुँदा नाफा कमाउने लोभमा पाँच लाखदेखि दुई करोडसम्म लगानी गरेको पीडितहरूले बताएका छन् । तर शाक्यमुनि कमोडिटिजका सञ्चालक घिमिरेले भने स्थानीय व्यक्तिहरुसँग ऋण लिएर सुनचाँदी कारोबारमा नभई घरघडेरी खरिदबिक्री व्यवसायमा लगानी गरेको बताइन् । \"shakyamuni\"घिमिरेले घरघडेरीमा कारोबार गरेको भने पनि अर्यालले सुनको कारोबार गर्दै आएको कमोडिटिजको फेसबुक पेजबाट थाहा पाउन सकिन्छ । स्थानीय व्यक्तिहरुलाई झुक्याएर ऋण माग्ने त्यसबाट ३० देखि ८० प्रतिशतसम्म व्याज दिने धन्दा घिमिरेले गर्दै आएको स्रोतले जनाएको छ । एक करोड लगानी गर्नेलाई अग्रिम ५ करोडसम्म व्याज दिइएको छ स्रोतले भन्यो यस्तो कारणले धेरै व्यक्ति फसे । अबैध रुपमा व्याजको कारोबार संचालन गरेर तानसेनका प्रतिष्ठित व्यापारी, वकिल, व्यवसायीले आफूहरु ठगिएको गुनासो गरेको प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताए । विगत ५ वर्षदेखि अत्याधिक व्याज पाउँदै आएका लगानीकर्ताले २०७२ पुष मसान्तपछि पैसा नपाएपछि संचालक घिमिरेको तानसेनस्थित कैलाशनगरको घर घेराउ गर्दै आएका थिए । घर घेराउ गर्दै रकम फिर्ता गर्न दवाव दिएपछि घिमिरेले असुरक्षाको कारण आफू प्रहरी कार्यालयमा आएको जानकारी दिए । संचालक घिमिरेले आफ्नो २५ करोडसम्मको कारोबार रहेको बताउँदै बाहिर हल्ला भएजति कारोबार आफ्नो नभएको दावी गरिन् । तर पीडितले ७२ देखि ८० करोडको कारोबार घिमिरेसँग रहेको दावी गर्दै आएका छन् । ऋण दिनेहरुले अहिलेसम्म प्रहरीमा कुनै उजुरी दिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending