Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अर्घाखाँची कांग्रेसको नेतृत्वमा ६ अाकांक्षी

\"congressअर्घाखाँची । नेपाली काग्रेसको १३ औ महाधिवेसन नजिकिदै गर्दा केन्द्रमा जस्तै जिल्लामा पनि सभापतिको आकांक्षी आधा दर्जन देखिएका छन् । विहीबारदेखि गाउँ अधिवेशन शुरु भएको कांग्रेसमा चुनावी लहर निकै चलेको छ । पार्टीको जिल्ला सभापतिका लागि बर्तमान सभापति कमलप्रसाद भुसाल, महाधिबेसन प्रतिनिधि तथा जिल्ला सदस्य बिष्णु खनाल ‘मुस्कान’, जिल्ला सचिब बासुदेब आचार्य, महासमिति सदस्य श्यामनाथ कास्यप र जिल्ला सदस्य माधब भुसाल आकांक्षी देखिएका छन् । काग्रेसका एकथरि नेता भने गएको जिल्ला अधिबेसनमा कमलप्रसाद, बिष्णु मुस्कानबीच निर्बाचन गराउदा कार्यकर्तामा मेलमिलाप हुन नसकेको भन्दै सर्बसहमतिबाट चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पूर्व जिल्ला सभापति पिताम्बर शर्मालाई सभापति बनाउनुपर्ने लबिङ गरिरहेका छन् । त्यस्तै १२ औ जिल्ला अधिबेसनमा कमल भुसालसँग मात्र ६ भोटले हारेका बिष्णु खनाल ‘मुस्कान’ जिल्लामा उत्तिकै लोकप्रिय छन् । अर्का अकांक्षी आचार्यले पनि पार्टीमा राम्रै पकड जमाएकोले उनको सम्भावना पछि प्रवल रहेको कांग्रेस वृत्तमा चर्चा चलेको छ । श्यामनाथ कास्यप भने प्रवासी राजनीतिसँगै जिल्ला राजनीतिमा आएका हुन् । जिल्लाको पूर्वी भेगमा काग्रेसको नेतृत्व लैजानु पर्ने दाउ उनको छ । माधब भुसाल भने सहमतिमा आफू सभापति बन्नका लागि सबैतिरबाट पहल गरिरहेका छन् । बिगतका जिल्ला अधिबेसनलाई हेर्दा काग्रेस अर्घाखाँचीका केन्द्रिय नेताहरु ढुण्डिराज शास्त्री, मानबहादुर बिक, रेवतीप्रसाद भुसाल, पुष्पा भुसाल र डा रामशहादुर बिसीको साथ र समर्थनले कसले पाउने त्यसैमा जितहारको आंकलन गर्न सकिने बताइएको छ । त्यस्तै जिल्ला सचिबमा बर्तमान सचिब लोकेन्द्र बिक, कोषाध्यक्ष हरिबहादुर खड्का, महाधिबेसन प्रतिनिधि कृष्णप्रसाद खनाल, पूर्ब जिल्ला सहसचिब बाबुराम पौडेल, युबा नेता ईन्द्रमणि पौडेल, तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनालको नाम चर्चामा रहेको छ । क्षेत्र नम्बर १ बाट महाधिबेसन प्रतिनिधिमा रेवतीप्रसाद भुसाल, डा. रामबहादुर बिसी, पिताम्बर शर्मा, बिष्णु मुस्कान, कृष्ण खनाल, हरिबहादुर खड्का, हरिहर आचार्य, लोकेन्द्र बिक, माधब भुसाल, लेखनाथ पोख्रेल, डा. मुक्ति श्रेष्ठ, देबराज श्रेष्ठ, केसब श्रेठ, लक्ष्मी श्रेष्ठ, राधा आचार्य , निर्मला क्षेत्री, मिरा पाण्डे, अनिता ज्ञवाली, मणिराम परियार, धर्म खनाल, पिताम्बर खनाल लगायतका नेताहरुको नाम चर्चामा छ । क्षेत्र नम्बर २ बाट मानबहादुर बिक, पुस्पा भुसाल, कमलप्रसाद भुसाल, ढुण्डिराज शास्त्री, बासुदेब आचार्य, श्यामनाथ कास्यप, सुर्य अधिकारी, यादब घिमिरे, धर्म भुसाल, ,छबिलाल पौडेल, अच्युत गौतम, ईन्द्रमणि पौडेल, मणिराम पौडेल, माधब पौडेल, शान्ता भण्डारी, सिता पराजुली, छमा कार्की, कमल बिक, प्रितम थापा, अहमद हुसैन, गोपाल घिमिरे,  लगायतका नेताहरुको नाम चर्चामा रहेको छ । यस्तै, क्षेत्रीय सभापतिमा क्षेत्र नम्बर १ बाट केदारनाथ भुसाल, मीरा पाण्डे, ताराप्रसाद श्रेष्ठ , पिताम्बर खनाल क्षेत्र नम्बर २ बाट हेमन्त बेल्बासे, अच्युत गौतम, सुरेन्द्र पोख्रेल, मोती बेल्बासे लगायतको चर्चा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending