Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

महाधिवेशनका लागि वातावरण बनाइदिन मोर्चालाई आग्रह

काठमाडौं । मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका २१ सांसदले पार्टीको आसन्न १३ औँ अधिवेशन गर्ने वातावरण सहज बनाइदिन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन ।\"nepali-congress-flag-545\" ती सांसदले आज संयुक्त विज्ञप्ति जारी गरी पार्टीको वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला र केन्द्रीय अधिवेशन शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न तराई मधेसमा जारी आन्दोलनरतलगायत सबै राजनीतिक दल, नेपाल सरकार, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी र पेसाकर्मीसँग आग्रह गरेका हुन । विज्ञप्तिमा हालै भएको संविधानको पहिलो संशोधनले तराई मधेसमा जारी आन्दोलनका पक्षका प्रमुख मागलाई सम्बोधन गरेको हुँदा प्राप्त उपलब्धीहरुलाई सकारात्मकरुपमा लिँदै सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषालगायतका अन्य विषय वार्ता, छलफल र सार्थक संवादबाट समाधान गर्न सकिने र यसका लागि नेपाली काँग्रेसले अग्रसरता लिने कुरामा आन्दोलनरत पक्षलाई विश्वस्त बन्नसमेत आग्रह गरेको छ । काँग्रेसकै अगुवाईमा संशोधन विधेयक पेस भएको र परिमार्जनसहित पारित भएको भन्दै अन्य विषय सार्थक सम्वादबाट समाधान गर्नुपर्नेमा उनिहरुले जोड दिएको बिज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा केन्द्रीय सदस्य विमलेन्द्र निधि, आनन्दप्रसाद ढुङ्गाना, फर्मुल्हा मन्सुर, डा गणेश मण्डल, सोनादेवी यादवसहित २१ सांसदको हस्ताक्षर रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending