Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

भैरहवा भन्सारको राजस्वमा २७ प्रतिशतले वृद्धि

कमल रायमाझी, भैरहवा। भैरहवा भन्सार कार्यलयले लक्ष्य भन्दा २७ प्रतिशत राज्स्व बढी संकलन गरेको जनाएको छ । देशभरका अन्य भन्सार नाका भारतीय अघोषीत नाकाबन्दी र मधेस आन्दोलनका कारण बन्द भएता पनि भैरहवा भन्सार नाका भने छिटफुट रुपमा सुचारु नै छ । अन्य नाकामा पुगेर पुनः रि रुट भएर पनि भैरहवा भन्सार नाकाबाट सामग्री आयत हुदां विषम परिस्थीतिकाबीच पनि राजस्व बढेको हो । \"IMG_1155\" भन्सार कार्यलयले चालु आर्थिक वर्ष ०७२ ÷०७३ को पौष मसान्त सम्म १७ अरब ५९ करोड ७९ लाख ७० हजार राजस्व संकलन गरेको छ । पौष मसान्त सम्म भैरहवा भन्सार कार्यलयले १३ अरब ८५ करोड ४९ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो । कुल लक्ष्यको १ सय २७ दशमलब ०३ प्रतिशत राजस्व असुली भएको भन्सार कार्यलय प्रमुख लाबण्य ढकालले जनाकारी दिए । कार्यलयले साउन महिनामा लक्ष्य भन्दा ८ दशमब ५४ प्रतिशत बढी, भाद्र महिनामा ९ दशमलब ४४ प्रतिशत कम, असोज महिनामा ३३ दशमलब ५८ प्रतिशतले कम, कार्तिक महिनामा २० दशमलब ९० प्रतिशतले कम, मंसिर महिनामा ३१ दशमलब २५ प्रतिशतले बढी र पौष महिनामा १ सय ८० दशमलब २० प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ढकालले बताए । यसैबीच ६४ औ अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार नेपालकै दोस्रो ठुलो भन्सार नाकाको रुपमा समेत परिचीत भैरहवा भन्सार कार्यलयले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले नेपालको विषम परिस्थीतिमा भैरहवा भन्सार कार्यलयले खेलेको भूमीका प्रशंसनीय भएको बताए । उक्त अवसरमा भैरहवा भन्सार कार्यलयका प्रमुख ढकालले ‘डिजीटल कस्टम्स,प्रोग्रेसिभ इन्गेजमेन्ट ’अनुसार यो दिवस मनाइएको जानाकारी दिदै अब केही दिनमै घरबाटै भन्सारको फर्म भर्न सकिने बताए । भन्सार दिवसको अवसर पारेर सम्पन्न अन्तरकर्मचारी तथा भन्सार एजेन्ट बिच ब्याडमिन्टन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, पहीलो सेवाग्राही लाई सम्मान एबं भन्सार दिवसका दिन स्थलनाका बेलहिया हुदै आउने पहीलो पर्यटकलाई स्वागत एबं सम्मान का साथै अन्तरक्रृया एबं उत्कृष्ट कर्मचारी लाई सम्मान एबं पुरस्कृत गरेको थियो । त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने भन्सार एजेन्ट टिमका बिष्णु प्रसाद शर्मा र दिपेन्द्र मान श्रेष्ठ,द्धितिय हुने भन्सार कार्यालयका गणेश प्रसाद अर्याल र रोशन राईको समुह तथा तृतिय हुने भन्सार कार्यालयकै गोपाल भट्राई र खम्बलाल बोहोरा तथा बिष्णु प्रसाद चौधरी र ज्ञान बहादुर कुमाललाई पनि पुरस्कार र कदर पत्रद्धारा सम्मानित गरीएको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा,भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद घिमिरे सम्मानित भन्सार एजेन्ट बिष्णु प्रसाद शर्मा लगायतले मन्तब्य राख्दै बर्तमान प्रतिकुल अबस्थामा धेरै चुनौतीका बाबजुद यो कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्दै आयात निर्यात र ब्यापारी सहजीकरणमा राम्रो कार्य गर्न सफल भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending