Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विप्लव छाडेका घर्तीमगर भन्छन्– नयाँ शक्तिमा गएकै छैन

\"basanta-gharti-magar\"काठमाडौं । एकीकृत माओवादीपछि वैद्य माओवादीले समेत गरि खाएनन् भन्नै विप्लव माओवादीमा लागेका बसन्त घर्तीमगर विप्लव माओवादीबाट पनि निराश भइ पार्टी छाडेका छन् । विप्लव माओवादीका केन्द्रीय सदस्य रहेका घर्तीले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक दस्तावेजमा फरक मत राख्दै आएका थिए । ‘विप्लवको दस्तावेजमा मैले शुरुदेखि नै फरक मत राख्दै आएको थिएँ,’ घर्तीले खबरडबलीसँग भने, ‘मैले सैद्धान्तिक रुपमा नै असहमति राख्दै आएको हो ।’ चार महिनादेखि हेडक्वाटरसँग छुट्टि लिएर बसेको घर्तीले बताए । ‘विप्लवको दस्तावेजमा कहिँकतै पनि जातीय स्वायत्तताको कुरा उल्लेख छैन,’ उनले भने, ‘त्यसैले जातीय स्वायत्तताबारे मैले फरक मत राख्दै आएको हो ।’ विप्लवप्रति असन्तुष्टी जनाउँदै निश्क्रिय रहेका बसन्त घर्तीले आफ्नो नाम नयाँ शक्तिमा जोडिएकोमा भने आश्चार्यमा परेको बताए । बुधबार विप्लव कार्यालयका ठाकुर चापागाईँसहित केन्द्रीय सदस्यहरु गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्तसहितका नेताहरु भट्टराईको नयाँ शक्तिमा लागेको बताइएको थियो । विप्लवसँगको असन्तुष्टीपछि वैद्य तथा प्रचण्डसहित विभिन्न पक्षसँग छलफल गरेको भए पनि भट्टराईको शक्तिमा नगएको बताए ।  विप्लव माओवादीको कार्यालय सचिव गुणराज लोहनीले बुधबार विज्ञप्ति जारी गर्दै चापागाईँ, अधिकारी र थापा क्रान्तिकारी आन्दोलनबाट पलायन भएको आरोप लगाएका छन् । घर्तीको नाम भने लोहनीको विज्ञप्तिमा उल्लेख छैन । केही समयदेखि पार्टीको योजना र कार्यक्रममा सहभागी नरहेका र पार्टीको कार्यदिशामा समेत असहमत रहेका र राष्ट्रिय सम्मेलनका निर्णयहरुलाई आत्मासाथ नगरेका मान्छेहरुको बहिर्गमनले पार्टी शुद्धिकरण र सुदृढिकरणमा सहयोग पुगेको लोहनीले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: