Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

के हो व्यवसायिक कृषि तथा व्यापार आयोजना ?

\"ministry-of-agriculture\"व्यवसायिक कृषि तथा व्यापार आयोजना विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषि बिकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको आयोजना हो । यो आयोजना स्नज २००ढ देखि ६ बर्षका लागि पूर्वाञ्चल बाहेक चार बिकास क्षेत्रका तराईका १५ र पहाडका १० जिल्लाहरु गरी जम्मा २५वटा जिल्लाहरुमा कार्यान्वयनमा रहेकोमा दातृ संस्था बिश्व बैंकले सन २०१२ मा मध्यावधी मुल्यांकन गरी आयोजनाले हासिल गरेको प्रगति मुल्यांकन गर्दै आयोजनाका लागि थप सहयोग प्रदान गरेको छ । यसपछि आयोजनाको अवधी स्न २०१८ को जुन सम्मथप गरिएको छ । त्यसैगरी आ.व. २०७०।०७१ बाट आयोजनाको कार्य क्षेत्रसमेत देशभर बिस्तार गरिएको छ । यस आयोजनाको मुख्य उद्देश्य आयोजना लागु भएका जिल्लाहरुका निर्दिष्ट कृषि उपजहरुको मुल्य श्रृखलामा आवद्ध साना कृषक र कृषि सहकारी, कृषि उद्यमि एवं व्यकसायिहरुको प्रतिस्प्रधात्मक क्षमतामा सुधार गर्नु रहेको छ ।   यस आयोजनाले नाफामुलक तथा बजार उन्मुख उल्पादनमा संलग्न कृषक समुह तथा सहकारीलाई सहयोग साथै बजार पहुँच र कृषि व्यबसायमा सम्पर्क विस्तारमा सहयोग गर्ने, मुल्य श्रृखलाको दृष्टिले उत्पादक, ब्यापारी, प्रशोधनकर्ता र अन्य सरोकारवाला पक्ष्ँ समेतलाई समेटी उद्योगमा आधारीत साझेदारिताको बिकासमा सहयोग गर्ने तथा कृषि र खाद्य बस्तुको व्यापारमा विद्यमान बाधा व्यबधान घटाउने एवं कृषकहरु र कृषि व्यवसायीहरुको दक्षता अभिबृद्धि गर्दै आन्तरीक एवं अन्तराष्ट्रिय बजारको   गुणस्तर अनुरुपपको स्वच्छ र स्वस्थ खाद्य वस्तुहरुको उत्पादन गर्न सहयोग गर्ने रणनिति अवलम्कन गरेको छ । यी रणनीतीहरु हासिल गर्नका लागि आयोजनाले बिभिन्न आह्वानहरुमार्फत मुल्यांकन गरी छनोट भएका कृषक समुह, सहकारी, लघु उद्यमी, नीजि र्फम तथा कम्पनीहरुलाई पुरुक अनुदान समेत उपलब्ध गराउने नीति रही आएको छ । यसैअनुरुप साना तथा सिमान्तकृत कृषक समुह, लघु उद्यमीलाई समेत समेट्ने गरी आ.व. २०७१।०७२ देखि नमुनाका रुपमा पाँचै विकास क्षेत्र समेट्ने गरी २५ जिल्लाहरुमा लघु अनुदान कार्यक्रम पनि लागु गरिएको छ । लघु अनुदान कार्यक्रम पुर्वाञ्चलमा इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु र आखलढुङ्गामा, मध्यमाञ्चलमा दोलखा, रसुवा, सिन्धुपाल्चोक र नुवाकोट पश्चिमाञ्चलको बागलुङ, गोर्खा, गुल्मी, म्याग्दी र पर्बत मध्यपश्चिमाञ्चलको जुम्ला, कालिकोट, जाजारकोट, रोल्पा, रुकुम र सल्यान सुदुरपश्चिमाञ्चलको दार्चुला, बैतडी, डडेलधुरा र डोटीमा सञ्चालन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा वातावरण संरक्षणलाई मध्यनजर गरी तरकारीमा विषदीको समुचित प्रयोगमलाई बढावा दिन सबैभन्दा बढी तरकारी उत्पादन हुने तिन जिल्लाहरु काभ्रेपलाञ्चोक, धादिङ, र चितवनमा एकिकृत विषदी व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि पनि आयोजनाले आंशिक अनुदान कार्यक्रम लागु गरेको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना, सल्लाघारी काठमाण्डौें

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending