Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

राहत लिन अंशबन्डा र नामसारीमा भिड

[caption id=\"attachment_16453\" align=\"alignleft\" width=\"188\"]\"file file photo[/caption] चौतारा । सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ । गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक/दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी करिब २१ वटा हुने गरेको प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमिल्सिनाले बताए । सेवाग्राहीले भूकम्पबाट घर भत्केर पुरिएको नागरिकता, जग्गा धनीपुर्जा, नामसारी, अंशबन्डा, किनबेच समेत पाँच÷सात वटा काम एकै चोटि लिएर आउने हुँदा कसैलाई एक हप्तासम्म लाग्ने गरेको प्रमुख तिमिल्सिनाको भनाइ छ । बाबु परलोक भएको धेरै समय बितिसके पनि भूकम्पपछि कानुनी रुपमा अंशबन्डाको प्रमाण पेस गरेपछि मात्र सरकारी सुविधा पाइने हुँदा साँगाचोक–४ का सोमबहादुर तामाङ मालपोत कार्यालयमा तीन दिनदेखि धाइरहेको बताउँछन् । तीन भाइको अंशबन्डाको लिखतसहित नामसारी गराउन ८३ वर्षीया आमा सेतीलाई लठ्ठीको सहाराले नभ्याएपछि दुई छोराले पाखुरामा समाई डो¥याएर कार्यालयमा लगेका थिए । “वृद्ध आमा हिँडडुल गर्न सक्नुहुन्न”–सोमबहादुरले निरास हुँदै भन्नुभयो, खै आज त काम सकिएला कि ?” हिमाली क्षेत्रको पाङ्तान– ७ का ७६ वर्षीय प्रेमबहादुर न्यौपाने भने सात दिनसम्म सदरमुकाम बस्दा खर्चले समेत नधान्ने भएपछि पुर्जा नलिई घर फर्कीएका छन् । आफ्ना चारभाइ छोरालाई बन्डापत्र गर्दा सात दिनमा काम सकिए पनि पुर्जा लिने काम अझै नसकिएकाले फेरि कुनै दिन आउने गरी घर फर्केको उनले बताए । विसं २०६८ को जनगणनानुसार सिन्धुपाल्चोकमा ६६ हजार ६३५ घरधुरी रहेकामा भूकम्पपछि घर सङ्ख्या ८४ हजार ६१९ पुगेको छ । यसमा पनि कतिपयले छुटमा निवेदन दिएको हुँदा करिब तीन हजार निवेदनमाथि छानबिन हुन बाँकी रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: