Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यसकारण महान छन् मेसी

\"150610165210-lionel-messi-qatar-airways-exlarge-169-750\"काठमाडौं । जुरिचको बलुन डि’योर गालामा यसपटक मेसीले नै फिफा बलुन डि’योर जित्छन् भनेर धेरैले पहिले नै अनुमान लगाएका थिए । आखिर भयो पनि त्यस्तै । उनले ४१.३३ प्रतिशत मत ल्याएर रोनाल्डो (२७.७६) र नेयमार (७.८६)लाई पछि पारे । पाँचौँपटक फिफा वर्ष खेलाडी भइसकेका कीर्तिमानी मेसीले २०१५ भरि सनसनीपूर्ण खेले । २०१५ को सुरुआतमै बार्सिलोनाले एक खेल हार्‍यो, जसमा मेसी सुरुआती ११ मा थिएनन् । त्यसपछिका खेलमा मेसीले यस्तो रवाफ देखाउन थाले कि त्यो बार्सिलोनाका लागि इतिहासकै दोस्रो सफल वर्ष साबित भयो । २०१५ भरि बार्सिलोनाका लागि ६ उपाधि जित्ने मौका थियो । यो सिजनको सुरुआतमा भएको स्पेनिस सुपरकपबाहेक सबै उपाधि जित्यो बार्सिलोनाले । वर्षभरिमा पाँच उपाधि जिताउन मेसीको ठूलो हात थियो । बार्सिलोनाका लागि २०१५ मा मेसीले ५३ खेलमा ४८ गोल र २३ एसिस्ट गर्न सके । यही तथ्यांकले मात्र पनि मेसीलाई २०१५ को वर्ष खेलाडीको बलियो दाबेदार बनाउँथ्यो । त्यसमाथि बार्सिलोना २०१५ को सबैभन्दा सफल क्लब पनि हो । यस्तोमा उनी वर्ष खेलाडी नबन्नु एउटा ठूलै आश्चर्य हुने थियो । फुटबल जगतका गनिएका व्यक्तिले पनि यसै भन्थे । गएको वर्षभरि उनमा केही खोट लगाउने ठाउँ छ भने त्यो अर्जेन्टिनाले कोपा अमेरिका जित्न नसक्नु मात्र हो । अर्जेन्टिनाका लागि मेसीले आठ खेलमा मात्र चार गोल गरे र तीन एसिस्ट दिए । लगातार दुई वर्ष दुई ठूला उपाधिको नजिक पुगेर पनि अर्जेन्टिनाले जित्न सकेन । गत वर्ष कोपा अमेरिकामा अर्जेन्टिना विजयी नहुनुको दोष मेसीलाई मात्र दिन मिल्दैन । चिलीविरुद्घको फाइनल खेलको पेनाल्टी सुटआउटमा मेसीले कुनै गल्ती गरेनन् । यस्तो हारको दोष उनीमाथि मात्र थोपर्नु जायज हुँदैन । अर्जेन्टिनाका लागि कुनै ठूलो प्रतियोगिता जित्न नसकेकामा उनी आफैँ पनि खिन्न छन् । पाँचपल्ट बलुन डि’योर जितेपछि मेसीले पुरानै इच्छा दोहोर्‍याए, ‘मिल्ने भए मैले आफ्ना सबै बलुन डि’योरसँग एउटा विश्वकप साट्ने थिएँ ।’ अर्जेन्टिनाका लागि उनी भलै त्यति सफल नहोलान्, जति बार्सिलोनाका लागि भए । तर, क्लब लेबलमा उनको सफलता भेट्टाउन सायदै अरू कोही आउला । मेसी यस्तो समयका प्रभावशाली खेलाडी हुन्, जतिबेला फुटबल सबैभन्दा विकसित युगमा छ । अहिले उनीसँग तुलना गर्नलायक कोही छ भने ती खेलाडी रोनाल्डो मात्रै हुन् । जो आफैँमा फुटबलका अहिलेसम्मकै उत्कृष्टमध्येका एक हुन् । २८ वर्षकै उमेरमा मेसीले पाँच बलुन डि’योर जितेर रोनाल्डोले उनलाई भेट्टाउने सपनामा धक्का दिएका छन् । मेसीपछि बढी बलुन डि’योर रोनाल्डो, मिचेल प्लाटिनी, योहान क्रोएफ र मार्को भान बास्टेनले तीनपटक जितेका छन् । त्यसमध्ये रोनाल्डो मात्रै अझै खेलिरहेका खेलाडी हुन् । यही उमेरमा मेसी बार्सिलोनाका ९४ सय ३०० र लालिगाका ९२ सय ९५० सर्वाधिक गोलकर्ता पनि हुन् । च्याम्पियन्स लिगमा उनी सर्वाधिक गोलकर्ता रोनाल्डोभन्दा आठ गोलले पछि छन् । अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्नेमा उनीभन्दा बाटिस्टुटा सात गोलले मात्रै अघि छन् । सन् २००७ यता लगातार नौपटक वर्ष खेलाडीको उत्कृष्ट तीन जनामा उनको नाम छुटेको छैन । २०१२ मा ९१ गोल गरेर उनले विश्व कीर्तिमान पनि राखे । लालिगाको लगातार २१ खेलमा गोल गर्ने पनि मेसी मात्रै छन् । बार्सिलोनाबाट उनले इनिएस्टासँगै २६ उपाधि जितेका छन् । असम्भव लाग्ने यस्ता कैयौँ कीर्तिमान मेसीका नाममा छन् । अहिले उनी मात्र २८ वर्षका छन् र खेलमा उनको लय र प्रभाव झन् बढ्दो देखिन्छ । अहिले उनले जितेका उपाधि उनका लागि अन्तिम पक्कै होइनन् । कम्तीमा अझै सात–आठ वर्ष उनी खेल्न सक्छन् । त्यसबेला उनले अझै कति उपाधि र कीर्तिमान थप्छन्, त्यो कसैलाई पनि थाहा छैन । नेपाल साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy