Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भैरहवामा दुव्र्यसनि विरुद्ध फुटबल प्रतियोगिता आयोजना हुने

कमल रायमाझी, भैरहवा।  लागु औषष र मध्यपानको दुव्यर्सनीको विरुद्ध जिल्लाको उत्तर पश्चिमी क्षेत्र रुद्रपुरको बनकसीयामा जिल्ला स्तरीय नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कुलत र दुव्र्यसनी विरुद्ध खेल अभियान अन्तरगत रुद्रपुरको हिमालय निमाविको खेल मैदानमा जिल्ला स्तरीय नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक हिमालय सामुदायीक केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।\"Himalayan सातौ हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको रुपमा फागुन ८ गतेदेखी २४ गते सम्म सन्चालन हुने उक्त प्रतियोगीतामा कुल १६ टिमले भाग लिने आयोजकले जनाएका छन् । प्रतियोगिताबारे जानकारी गराउदै आयोजक संस्था हिमालय सामुदायीक केन्द्रका अध्यक्ष राज कुमार काउचाले भन्नुभयो “विगतका वर्षमा जस्तै यस पटक पनि घरदैलो अभियान गरेर आर्थिक व्यवस्थापन गरी ७ औ हिमालय गोल्डकप गर्दैछौं । यो प्रतियोगिता बिजयी टिमले १ लाख ११ हजार १ सय ११ रुपैया र हिमालयन गोल्ड कप ट्रफी र उप बिजेताले ५५ हजार ५सय ५५ रुपैया पुरस्कार प्राप्त गर्नेछ । ” प्रतियोगितामा दुव्यर्सनीमा लागी पुर्नस्थापीत भएको युवा तथा युवतिहरुको टिम पनि सहभागी हुने जनाइएको छ । प्रतियागितामा विदेशी खेलाडीहरु पनि सहभागी हुने आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख संगम सिह.थापाले खेलकुद विकास समितीको तर्फबाट विगतमा रुद्रपुरमा खेल मैदान निर्माणमा सहयोग भएको र यो हिमालय गोल्डकपकोलागी पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । ६ बर्ष अघि रुद्रपुरमा घर दैलो तथा बैदेशिक रोजगारमा रहेका रुद्रपुरका युबाहरुको समेत केही आर्थिक सहयोगबाट सुरु भएको प्रतियोगिता सातौ सस्करण सम्म आईपुग्दा रुपन्देहीको ग्रामिण भेगमा सञ्चालन हुने फुटबल प्रतियोगिता मध्ये आफुलाई उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापीत गराईसकेको संस्थाका सल्लाहकार गेम बहादुर थापाले पत्रकार सम्मलनमा जानकारी दिए । निरन्तर वर्षेनी आयोजना हुने बिबिध सास्कृतिक कार्यक्रम सहितको जिल्ला स्तरीय फुटबल प्रतियोगिताले लागु औषध र दुव्र्यसनी नियन्त्रणमा ठूलो भूमिका निर्वाह गरेको जनाउदैं खेलको माध्ययबाट स्वस्थ हुन र समाजलाई स्वस्थ बनाउन उल्लेखनीय टेवा दिएको स्थानिय बताउछन् । फुटबल प्रतियोगिता सम्पन्न गर्न ६ लाख ९३ हजार खर्च हुने आयोजक समितीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । सो खर्च स्थानिय स्तरमै घरदैलो गरेर उठाइएको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending