Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मेसी कीर्तिमानी पाँचौपटक विश्वकै उत्कृष्ट फुटबलर

\"lionel-messi-2015-ballon-dor_8z2g3oke4rg01wjzjq3cg6huh\"काठमाडौं । बार्सिलोनाको अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीले पाँचौपटक विश्वकै उत्कृष्ट फुटबलर घोषित भएका छन् । गएराती फिफाको मुख्यालय स्वीटजरल्याण्डको ज्यूरिचमा रियल म्याड्रिडका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाकै नेयमारलाई पछि पार्दै मेसी २०१५ को फिफा बेलन डिओर जित्दै पाँचौ पटक कीर्तिमानी रुपमा यो उपाधि जित्न सफल भएका हुन् । सन् २००९, २०१०, २०११ र २०१२ मा यो उपाधि मेसीले लगातार चौथोपटक जितेका थिए । २०१३ र २०१४ मा रियलका रोनाल्डोले उपाधि जिते । यस अघि कुनै पनि खेलाडीले पाँचौ पटक उत्कृष्ट खेलाडीको अवार्ड हात पार्न सकेका छैनन् । गएराती घोषणा भएको मत अनुसार विजयी मेसीले ४१.३३ प्रतिशत मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका रोनाल्डोले २७.७६ तेस्रो भएका नेयमारले ७.८६ प्रतिशत मत प्राप्त गरे । मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले गतवर्ष च्याम्पियन्स लिग, ला लीगासहितका पाँच उपाधि जितेको थियो । मेसीले क्लब र देशका लागि ५२ गोल गरेका थिए । ६१ खेलमा २६ गोलका लागि पास उपलब्ध गराएका थिए । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि बार्सिलोनाकै इनरिके भएका छन् । उत्कृष्ट महिला खेलाडीका उपाधि महिला विश्वकप विजेता अमेरिकी कप्तान कार्ली लियोडले जितेकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending