Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

पुनर्निर्माण अभियान माघ २ देखि शुरु गरिने

\"earthquake-restructure-office\"काठमाडौं । भूकम्प पछिको पुनर्निर्माण महाअभियानको सुरुवात आउँदो माघ २ गतेदेखि शुरु गरिने भएको छ । अभियानको प्रारम्भ काठमाडौबाट नै शुरु गरिने पुनर्निर्माण प्राधिकरण गठन भएपछि सोमबार पहिलोपटक बसेको निर्देशक समितिको बैठकले माघ २ गतेदेखि पुनर्निर्माण अभियान शुरु गर्ने निर्णय गरेको हो । काठमाडौंको रानीपोखरी र ललितपुरको बुङमतीबाट एकसाथ अभियान शुरु गर्ने बैठकले निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट र प्रधानमन्त्री खड्गप्रसाद ओलीले बुङमतीबाट पुनर्निर्माण महाअभियान सुरुवात गर्नेछन् । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले आगामी माघ २ गतेबाट राष्ट्रिय पुनर्निर्माण महाअभियान शुरु गर्ने लगायतका चार बुँदे निर्णय गरेको छ । ११ सदस्यीय निर्देशक समितिको उपाध्यक्षमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट रामचन्द्र पौडैल रहेका छन् । यस्तै प्रधानमन्त्रीले मनोनयन गरेका सदस्यहरुमा अर्थमन्त्री विष्णु पौडेल र गृह मन्त्री शक्ति बस्ने रहेका छन् भने पदेन सदस्य योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र तीनजना विशेषज्ञ मनोनितमा बोलाइएको थियो । सदस्य सचिवमा भने प्राधिकरणका सचिव छन् । निर्देशक समितिको पहिलो बैठकले पुनर्निर्माणका लागि चालु आर्थिक वर्षको प्रशासनिक खर्चका लागि साढे २९ करोडको बजेट स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय र उपक्षेत्रीय कार्यालयहरुको स्थापना र प्रशासनिक कार्य सञ्चालनतर्फ चालू आर्थिक बर्षका लागि २९ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट स्वीकृत गरिएको हो । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न गठित समितिले तयार गरेको संगठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन बमोजिमको संगठन संरचनामा आवश्यक परिमार्जन सहित संगठन संरचना स्वीकृत गरेको छ । क्षेत्रिय संरचनामा दोलखा, काभ्रे, नुवाकोट, गोर्खा, काठमाडौं र ललितपुरमा गरी भूकम्प अतिप्रभावित चौध जिल्लाको समन्वय गर्न र बाँकी १७ जिल्लाको समन्वयको निम्ति पायक पर्ने स्थानमा एक उपक्षेत्रीय कार्यालय राख्ने गरी सात वटा उपक्षेत्रीय कार्यालय राख्ने निर्णय गरिएको छ । प्राधिकरणलाई आवश्यक पर्ने कर्मचारी जुनसुकै निकायबाट सरुवा वा काजमा ल्याइ कामकाज गराउने पनि बैठकले निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending