Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

ग्रेटर नेपालको ब्यानरमुनी पृथ्वीनारायणलाई सलाम !

\"kamal   काठमाडौं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट अगाडि विशाल मुर्ति छ, पृथ्वी नारायण शाहको । त्यही मुर्तिलाई फेरो मारेर दिनरात झण्डावाल गाडीदेखि डण्डावाल गाडीहरु हुइँकिन्छन् । १० वर्षअघिसम्म जयजयकार गरिने पृथ्वीनारायण शाहलाई त्यसयता भने सम्मान गर्न छाडियो । यो वर्ष जब असोज ३ गते नयाँ संविधान जारी गरियो, त्यसपछि गणतन्त्र कार्यान्वयनको प्रक्रियामा अघि बढिरहँदा सरकारका मन्त्रीहरु लावालश्कर लाएर तिनै पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न तस्सिए । उनका तस्विर बग्गीमा राखेर सोमबार रथारोहण गरियो । त्यसका साक्षी दिए वर्तमान एमाले नेतृत्वको सरकारका उपप्रधानमन्त्री कमल थापा । पृथ्वीनारायणको शालिकमा विशाल नेपाल अर्थात ग्रेटर नेपालको ब्यानर झुण्डिएको थियो, ब्यानरमुनी पृथ्वीनारायण शाहको तस्विर । तिनै तस्विरमा पुष्पगुच्छा अर्पण गर्न लामबद्ध देखिन्थे, सरकारका उपप्रधानमन्त्री कमल थापादेखि एमाले बरिष्ठ नेता झलनाथ खनालसम्म । अरु राजावादीको ताँती पनि उस्तै थियो । पृथ्वी नारायण राजतन्त्रकै नाइके तत्कालिन टुक्रे राज्यहरु जोडेर पृथ्वीनारायण शाहले विशाल नेपाल बनाएको इतिहास अहिलेको पाठ्यक्रमहरुमा पनि कायमै छ । इतिहासको अध्ययन गर्दा बाइसे र चौविसे राज्यहरुलाई एउटै मालामा उनेर विशाल नेपाल बनाएको देन उनै पृथ्वीनारायण शाहकै होला । उनैको नेतृत्वमा बनेको नेपालको भूभाग पूर्वमा टिष्ठादेखि पश्चिममा काँगडासम्म फैलिएको थियो । जसलाई ग्रेटर नेपाल भनिँदै आएको छ । विशाल नेपाल निर्माणमा खेलेको भूमिकालाई कदर गर्दै पुस २७ लाई विगतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको थियो । मुलुकमा गणतन्त्र स्थापनापछि भने विशाल नेपालका नाइके मात्र नभई पृथ्वीनारायण राजतन्त्रका पनि नाइके भएकैले पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा मनाउनुको औचित्य ठानिएन र यो वर्ष पनि सरकारी विदा कटौती गरियो । केही वर्षदेखि पृथ्वी जयन्ती मनाउने नमनाउने भन्नेमा बहसहरु हुने गरेका छन् । यो वर्ष पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सव मनाउने नमनाउनेबारे सरकारमै घम्साघम्सी भयो । तर लोकलाजले गर्दा सरकारले राष्ट्रिय उत्सव स्वीकार गरेन । सरकारको द्वैध चरित्र सरकारले पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने औचित्य नठाने पनि सरकारका एक उपप्रधानमन्त्री कमल थापा भने पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउने सरकारले निर्णय गर्न नसकेकोमा सोमबार विहानैदेखि दुःखमनाउ गर्दै थिए । उनले आफ्नै सरकारको पालामा पनि राष्ट्र निर्माता शाहको जयन्तीमा सरकारी निर्णय गराउन असमर्थ भएको भन्दै चिन्तित देखिन्थे । गणतन्त्र नेपालका उपप्रधानमन्त्री भई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा कुदिरहेका थापा महाराजको जयजयकार गर्दै सामाजिक सञ्जालहरुमा कुण्ठा ब्यक्त गर्दै सडकका राजावादीहरुको भिँडमा गएर तमास देखाइरहेका थिए । १० वर्षपछि पृथ्वीनारायणको सम्मान सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकनेर मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट दश वर्षअघिदेखि औपचारिक कार्यक्रम गर्न छाडिएको थियो । सरकारले राष्ट्रिय उत्सव नमाने पनि सरकारकै एउटा निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर रथारोहण गरियो । नेपाली सेना र नेपाल प्रहरी अघिअघि लाएर धिमेबाजाका तालमा पृथ्वीनारायणको तस्विरलाई रथारोहण गरेको दृष्यले गणतन्त्र नेपालको राष्ट्रपतिदेखि सिंहदरबारलाई कुरीकुरी गरिरहेको थियो । वर्तमान सन्दर्भमा पृथ्वीनारायणको योगदानलाई स्वीकार गर्ने हो या होइन खुल्ला बहस र छलफल जरुरी छ । नत्र सिरकमुनी लुकेर म्याउँ भन्नुको कुनै तुक छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending