Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

राष्ट्रपति भण्डारीद्वारा बालमन्दिरका बालबालिकासँग भलाकुसारी

\"bidhya-bhandari-358x300\"काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल बाल सङ्गठन बालमन्दिर नक्साल गई त्यहाँ संरक्षणमा रहेका बालबालिका तथा भूकम्पबाट क्षतिग्रस्त बालमन्दिर भवनको आज जानकारी लिएकी छिन् । सो अवसरमा उनले संरक्षणविहीन रही बालमन्दिरको संरक्षणमा रहेका तीन वर्षमाथि तथा पाँच वर्षमुनिका ३५ तथा नौजना अपाङ्ग बालिकासँग भलाकुसारी गरी उनीहरुलाई बिस्कुट, चकलेट तथा मिठाइ बाडिन् । बालबालिकाले आफूलाई मन पर्ने खानेकुरा पाएर औधी रमाएका देखिन्थे । उनीहरुले नमस्कार नमस्कार भन्दै आफ्नो बालसुलभ प्रतिभा प्रस्फूटन गराएका थिए । साथै, तीन वर्षमुनिका २२ दूधे बालबालिकलाई चिसोबाट जोगिन ब्ल्याङ्केट तथा बालमैत्रीयुक्त खाद्य सामग्रीसमेत राष्ट्रपति भण्डारीले वितरण गरिन् । गत वैशाखमा गएको भूकम्पले बालमन्दिरको मूल भवनपूर्ण रुपमा क्षति भएपछि अहिले बालबालिकालाई प्रि–प्mयाभ कोठामा राखिएको छ । ती प्रि–प्mयाभ कोठा पनि सोही मन्दिरमा आश्रित रही निस्केका युवाले सक्रियतामा स्थापना गरेको क्रियटिभ नेपाल नामक संस्थाको पहलमा निर्माण भएका हुन् । भूकम्पले बालमन्दिरअन्तर्गत रहेका बाल संरक्षण गृह नक्साल, सिफल, भीमफेदी लगायतका भवनलाई पूर्ण क्षति बनाइदिएको थियो । भवनमा क्षति पुगे तापनि बालबालिकालाई असर पुगेको थिएन । राष्ट्रपति भण्डारीलाई उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनाली, सोही मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी, नेपाल बाल सङ्गठनका अध्यक्ष रीता वैद्य तथा महासचिव सुरेश दाहाललगायतले स्वागत गरेका थिए । संरक्षणविहीन बालबालिकालाई संरक्षण दिने बालमन्दिर अहिले चरम आर्थिक अभावमा पुगेको छ । महासचिव दाहालले सो अवसरमा राष्ट्रपति भण्डारीलाई सङ्गठनका बारेमा जानकारी दिँदै आर्थिक अभावका कारण संस्था चलाउन अप्ठ्यारो परेको बताए । हाल ७५ जिल्लामा बालमन्दिर रहेका छन् । संस्थाले  आमा तथा बाबु दुबै गुमाएका, द्वन्द्व प्रभावित, मानसिक तथा शारीरिक रुपले अशक्त, आमा, बाबु दुबै जेलमा रहेका, आमाबाबुले स्वेच्छिक रुपमा परित्याग गरेका, बालबालिका खोजतलास केन्द्रबाट सिफारिसमा आएका बालबालिकालाई उसले संरक्षकत्व प्रदान गरी १६ वर्षसम्म शिक्षादीक्षा दिने काम गरिरहेको छ । हाल संस्थाअन्तर्गत यस्ता २९८ बालबालिकालाई संरक्षणमा रहेका छन् । अनाथ बालबालिकालाई संरक्षकत्व दिन तत्कालीन राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत रही २०२१ भदौ ४ गते बालमन्दिरको स्थापना भएको थियो । सो अवसरमा नेपाल बालसङ्गठनका अध्यक्ष वैद्यले राष्ट्रपति भण्डारी तथा उपप्रधानमन्त्री मैनालीलाई मन्दिरको भवन अङ्कित तस्बिर उपहारस्वरुप प्रदान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending