Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सीताको जन्म कसरी भएको थियो ?

\"sita_navami-750\" कक्षा १२ मा अध्ययनरत मेरी बहिनीले सीताको बारेमा भनिन् ‘राजा जनककी छोरी सीता हुन् । राजा जनकले सीतालाई जोत्दा जोत्दै हलोको डोबबाट भेटेकी । पछि भगवान रामसँग विवाह भएपछि उनी पनि भगवान नै भइन् ।” त्यसपछि मैले भने नेपालमा एउटा भगवान राष्ट्रिय विभूति हुन सक्छिन् भने पशुपतिको महादेव किन राष्ट्रिय विभूति बन्न नसक्ने ? उनी अलमलमा परिन् । यो उनको मात्रै दोष थिएन । नेपालको समग्र राज्य व्यवस्थाले आम मानिसमा पारेको प्रभाव थियो । एक प्रकार भन्दा सांस्कृतिक प्रभुत्व नै थियो । आज पनि विद्यालयहरुमा सानासाना नानीहरुले सीता जनककी छोरी, हलोको डोबमा फेला परेकी भनेर पढिरहकै छन् । नेपाल गणतान्त्रिकमूलक हो । देशमा जस्तो भए पनि एक थान संविधान आयो । तर पुराना कतिपय सांस्कृतिक मान्यताहरु, प्राचिनकालिन मूल्य मान्यताहरु जस्ताको तस्तै छन् । जन्मदै ल्याब टप र आईफोनमा रमाउने नयाँ पुस्तालाई अव ती धार्मिक किंमदन्तीहरु हाँस्यास्पद बन्न सक्छन् । शिक्षकले पढाउँदा विद्यार्थीहरुले उल्टै प्रतिप्रश्न गरेर हलोको डोबमा त किरा–फट्याङ्ग्रा मात्रै जन्मिएको देखेका छौं मान्छे कसरी जन्मिन्छन् सर ? भन्दै विद्यार्थी हाँस्नुपर्ने कतिपय विषयलाई गणतन्त्रिक मुलुकमा मिलाउन जरुरी छ । नेपालका राष्ट्रिय विभूतिहरु मध्ये सीतालाई राजा जनककी छोरी भनेर भनिन्छ । सीतालाई मिथिलाका राजा जनकको सबैभन्दा जेठी छोरी पनि भन्ने गरिन्छ । उनको विवाह अयोध्याको राजा दशरथको ज्येष्ठ सुपुत्र रामसँग भएको धार्मिक इतिहास छ । रामले स्वयंवरमा राखिएको शिव धनुष भाँचेपछि सीतालाई उनले बेहुली बनाएर लगेको कथा रामायणमा उल्लेख छ । सीताको अनेक रुप   सीतालाई मर्यादापुरूष रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजर्षि जनककी छोरी सीता भनेर भनिएको पाइन्छ । साथै उनलाई नेपाल भूमिकी गरिमामयी पुत्री, आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजु, आदर्श बुहारी, आदर्श महारानी र आदर्श नारीका रूपमा चर्चा गर्ने गरिन्छ । अझ कतै कतै त नेपालकी पौराणिक प्रथम नेपाली विभूति हुन् पनि भनिन्छ । \"SiyaRama7-750\"जन्म नै मिथक उनको जन्मको विषयलाई विभिन्न मिथकका रुपमा आज पनि चित्रण गरेको पाइन्छ । सीताको जन्म रोचक र रहस्यमयी ढंगले व्याख्या गरिएको पाइन्छ । भनिन्छ, यज्ञभूमि तयार पार्न राजषि जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएकी थिईन् । सीताको जन्मका सम्बन्धमा विभिन्न धार्मिक पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मिकीरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण र तमिलरामायण र देवी भागवत आदि पुराणमा फरक फरक कथा पाइन्छ । धार्मिक ग्रन्थहरुमा फरक फरक कथा ‘लङ्काका राजा रावणले आफ्नो पहिलो सन्तानलाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो’ भन्ने देवी भागवतमा उल्लेख छ । मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको भनिएको छ ।
मातृसत्ता समाज विकासको त्यो चरण थियो, जुन चरणमा आमाहरुको हैकम हुन्थ्यो । बुवाहरु को हो चिनिदैन थिए । मानिसहरु घुमन्ते जीवनमै रहेका कारण आमाहरु बच्चा हुर्काएर बस्थे भने बाबुहरु सिकार खेल्न टाढा टाढा जान्थे ।
त्यस्तै अद्भूत रामायणमा सीताको जन्मको रहस्यबारे यसरी ब्यक्त गरेको छ – रावणको अत्याचार ज्यादै बढेको ऋषि तपस्वीहरुलाई उसले निकै कष्ट दिन्थ्यो । तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्याे । गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए । उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे । रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेकका थिए । रावणबाट वाक्क भएर मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो । यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन् । त्यही गर्भ राजा जनकले हलो चलाउँदा फेला पारेका हुन् । आनन्द रामायणका अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए । त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो । सीताको लालनपालन सीता जन्मिएपछि पालनपोषण गर्ने काम राजा जनक र रानी सुनैनाबाट भयो भन्ने त्रेता युगको कथामा उल्लेख छ । सीता सानैदेखि विलक्षण प्रतिभाकी थिईन् । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला सजिलै वर, पर राख्ने गर्थिन् भन्ने जस्ता किम्बदन्तीहरु जोडिएको पाइन्छ । शूरवीर अथवा बलवान पुरुषले समेत उचाल्न नसक्ने धनु कसरी एउटी बालिकाले उचाली ? यो विश्वसनिय पटक्कै छैन । पछि उनको अयोध्याका राजकुमार रामसँग विवाह भयो । पतिसँगै १४ वर्ष बनबास गइन् । रावणले हरण गरी लग्यो । पछि रामले रावणको बध गरेपछि उनलाई अग्नी परिक्षा लिई पुनः अयोध्या ल्याईयो भन्ने जस्ता कुराहरु रामायणमा पाइन्छ । अयोध्या आएपछि रामले गरेको अविश्वासका कारण उनी पुन बनबास जान बाध्य भइन् । बनवासमा वाल्मीकिको आश्रममा पुग्छे । त्यही लभ र कुश दुई पुत्रको जन्म दिन्छे । अन्तमा धर्ती माता सामु उनले आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार गर्छिन् । त्यसपछि धर्ती फाट्छ, अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन् । नेपालको राष्ट्रिय विभूति भनेर गर्व गर्ने सीताको जीवनकहानी आजसम्म यसै अनुसार पढ्दै आएका छौं । \"sita_agni-750\"वैज्ञानिक खोज मानव उत्पतिको व्याख्या गर्ने सवालमा हमेसा दुइवटा परस्पर दृष्टिकोण अगाडि आउने गर्छन् । ति हुन् पहिलो, अध्यात्मवादी दृष्टिकोण, दोस्रो, भौतिकवादी दृष्टिकोण । अध्यात्मवादले आत्मालाई प्रधान मानेर संसारको रचना कुनै अलौकिक शक्तिले गरेको हो भन्छ भने भौतिकवादले संसारको उत्पति कुनै अदृष्य शक्तिले गरेको नभई दुई विपरित बस्तुहरुको द्धन्द अथवा विकास र बिनासको अनन्त श्रृङ्खलाबाट पैदा भएको मान्दछ । भौतिकवादले पदार्थलाई प्रधान मान्दै तथ्यको आधारमा संसारको ब्याख्या गर्न भने अध्यात्मवादले अदृष्य कुनै दैवी शक्तिको विश्वास गरि संसारको सृष्टि उसैले गरेको हो भन्ने गर्छ । भौतिकवादी सिद्धान्तमै आधारित रहेर डार्विनले प्रजातिको उत्पति सम्बन्धी उद्विकासवादी सिद्धान्तको प्रतिवादन गरेपछि दुनियाँमा ठूलै हलचल गयो । सीताको जन्म सम्बन्धी माथि उल्लेखित दृष्टान्तहरु मूलत अध्यात्मवादबाट निर्देशित रहेको तथ्य सिद्ध हुन्छ । नेपालको राष्ट्रिय विभूति मानिएको सीताकोबारेमा यस्तै भ्रमपूर्ण अर्नगल प्रचारकोपछि नलागी खास सीता कस्की छोरी हुन् भन्ने विषयमा जानकारी राख्न आवश्यक छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकासको यो शताब्दीमा समेत नेपालको राष्ट्रिय विभूतिको बारेमा अन्दाजमै जनककी छोरी हलोको डोबमा भेटिएको कुरा हाँस्यास्पद हुन सक्छ । यसको बारेमा वैज्ञानिक तथ्य संगत जानकारी राख्नु आवश्यक छ । के सीता जनकले हलो जोत्दा डोबमा भेटिएकै हुन् त ? त्यसो भए आज किन नभेटिएको ? के एउटा मानिस हलोको डोबमा भेटिन सक्छ ? यी यावत प्रश्न आजसम्म अन्योलमा नै रहेको छ । पृथ्वी र मानव सभ्यताको उत्पतिको विषयमा मानवशास्त्रीय र समाजशास्त्रीय अध्ययनबिना सीताको जन्मको बारेमा उल्लेख गर्न सकिँदैन । वैज्ञानिकहरुका अनुसार सूर्यको उत्पत्ति ४ अर्ब ६० करोड बर्ष अगाडि भएको र पृथ्वीको उत्पत्ति ४ अर्ब ५६ करोड वर्षअघि भएको बताएका छन् । त्यस्तैपछि अमेरिकी युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुले पृथ्वीमा जीवको उत्पत्ति पनि ४ अर्ब १० करोड वर्ष पहिले भएको दाबी गरेका छन् । यसअघि पुराना दस्तावेजहरुले ३० करोड वर्ष पहिले पृथ्वीमा जीवको उत्पति भएको देखाएको थियो । यद्धपि अघिल्लो अनुसन्धानलाई आधार मान्दा ३२ करोड वर्ष अगाडि जलचर माछा संसारमा जन्मिएको र त्यसपछि जलथल दुबै क्षेत्रमा बस्ने कछुवा जस्ता प्राणीहरु देखिए । १९ करोड वर्षअगाडि पन्छीहरु देखिए भने सोह्र करोड वर्ष अगाडि स्तनधारी जन्तु देखिन्दै गए । यिनै प्राणीहरुको उत्पति सँगसँगै मानवको उत्पति भएको मान्न सकिन्छ । डार्विनको विकासवादको सिद्धान्तलाई आधार मान्दा मानिसको उत्पति यी नै पृथ्वीमा अरु प्राणीको जन्म भएसँग विस्तारै मानवको उत्पति भयो । त्यसपछि मानिस नरबादरबाट विकास हुँदै आजको अवस्थासम्म आईपुगेको कुरा डार्विनले बताईसकेका छन् । \"janki-mandir-750\"समाज विकासका चरण ः मानवशास्त्रीहरुले मानवसभ्यताको विभिन्न चरणहरु उल्लेख गरेका छन् । उनीहरुका अनुसार पुरापाषण युग भनेर १० लाख देखि १० हजार ईसा पूर्वको अवधिलाई भनेका छन् । तर कतिपयले भने ३० लाख देखि २० लाख सम्मको अवधि भने भनेका छन् ।  त्यसबेला मानिसहरु घुमन्ते अवस्थामा थिए । त्यसलाई ढुङ्गे युगपनि भन्न सकिन्छ । मानिसहरु गुफा र रुखको फेदमा बस्थे । सिकार लेख्ने कन्दमूल खाने युग थियो । त्यस्तै मध्यपाषण युग भनेर १० हजार इसा पूर्व र ८ इसा पूर्वको समयलाई मानेका छन् । प्राचिन ढुङ्गे युगको समाप्ति र नयाँ युगमा प्रवेशको चरणका रुपमा मानवशास्त्रीहरुले चित्रण गरेका छन् । काठ र ढुङ्गाको हतियार बनाउने, हरिण तथा मृगको सिकार गर्ने त्यही बेला थियो । त्यही समयमा पृथ्वीमा ठूला ठूला प्राकृतिक विपत्तीहरु भए । त्यति विपत्तिहरु देखा परे पनि अलौकिक शक्तिमा विश्वास गर्न थालिएको देखिन्छ । सुँगुर, भेडा, बाख्रा, घोडा जस्ता सोझा जातका पशु पाल्ने चलन त्यही बेला भयो । आगो पत्ता त्यही बेला लगाए । पुनर्जन्मप्रति विश्वास पनि त्यही बेलादेखि सुरु भयो । त्यसपछिको चरणलाई मानवशास्त्रीहरुले नवपाषण युग भनेर नामाकरण गरेका छन् । इ.सा.पूर्व ८ हजारदेखि ४ हजारसम्मको अवधिलाई मानिन्छ । त्यसयुगमा कृषिको आविस्कार भएको थियो । घुमन्ते युगबाट विस्तारै स्थायी प्रकृतिको बसोबासमा मानिसहरु जान थालेका थिए । पशुपालन, भाडाँ कुडा निमार्ण भयो । हलो, कोदालो, चक्कु, बन्चरो, माछा मार्ने बल्छी जस्ता हतियारहरु बने । यसै युगबाट मानिसहरु नदी किनार, समथर भूभाग, पानी भएको स्थानमा बस्न थाले । त्यही बसाई नै विस्तारै नगरमा परिणत हुँदै गयो र पछि त्यही नगर राज्य व्यवस्थामा परिणत भयो । त्यही समयमा निजिसम्पति माथि विश्वास, नाता सम्बन्ध जस्ता धारणाहरु विश्वास हुन थाल्यो । मिथिला राज्यको अस्तित्व सम्भवतः त्यही कालखण्डमा पृथ्वीका विभिन्न स्थानहरुमा मानव सभ्यताको विकास भयो । नाइल नदिको सभ्यता, दक्षिण एसियाको सिन्धुघाटीको सभ्यता, ग्रीकको सभ्यता, मेसोपोटामियाको सभ्यता र चिनको ह्याङ्हो र याङ्से क्याङ नदीको सभ्यता विकास भयो । त्यही सभ्यताहरु मध्ये सिन्धुघाटीमा आर्यहरुले वैदिक सभ्यताको सूत्रपात गरे । त्यही स्थानबाट अन्यत्र फैलिन थाले । समाजविकासको विभिन्न चरण पार गर्दै आउँदा इशापूर्व ५ औं शताब्दीतिर कैयौं स्वतन्त्र राज्यहरु बने । त्यही कालखण्डमा मिथिला राज्य अस्तित्वमा देखा प¥यो । रामायणका अनुसार जनकले मिथिलाका एक शासक सुधन्वालाई मारेर आफनो भाईलाई शासक बनाएको कुरा उल्लेख छ । अर्को भनाई अनुसार यमुना नदीको बाढिबाट हस्तिनापुर ध्वस्त भएपछि राजा जनक विदेह आएका थिए । विदेहको इतिहासमा राजा जनकको शासनकाल भने महत्वपूर्ण मानिन्छ । यिनको राजधानी मिथिला थियो, त्यसैले यो क्षेत्र मिथिला प्रदेश नामले चिनिन्छ । सत्यता के हो ? वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले राजा जनकको समयमा समाज पितृसत्तात्मक समाजमा उक्लिसकेको र सीता मातृसत्तात्मक समाजको अवशेष रहेको बताएका छन् । उनले पुरुषसत्तावादी नजरबाट सीतालाई जबरजस्ती जनककी छोरी र हलोको डोबमा भेटिएको किंवदन्तीसँग जोडेको बताएका छन् । उनले भनेका छन् “सीता हलोको डोबभित्र भेटिएकी होइनन्, तर यस प्रकारका किंवदन्तीबाट कुन कुरा सङ्केत गर्दछ भने उनका पिता अज्ञेय हुन् । उनी मातृसत्तात्मक समाजकी अवशेष हुन् ।” विद्धान चैतन्यको माथि उल्लेखित कुराबाट के प्रष्ट हुन्छ भने सीता बाबुआमा दुबै नचिनिएकी आजको भाषामा भन्दा अनाथ छोरी थिइन् । उनी न त हलोको डोबमा भेटिएकी छोरी हुन् न त विभिन्न रामायणमा भनिए जस्तो नै । मातृसत्ता समाज विकासको त्यो चरण थियो, जुन चरणमा आमाहरुको हैकम हुन्थ्यो । बुवाहरु को हो चिनिदैन थिए । मानिसहरु घुमन्ते जीवनमै रहेका कारण आमाहरु बच्चा हुर्काएर बस्थे भने बाबुहरु सिकार खेल्न टाढा टाढा जान्थे । आज पनि नेपालका अधिकांश जनजाति समुदायभित्र रहेको मातृसत्तात्मक समाजको अवशेषले त्यही कुरा संकेत गर्दछ । जनजाति समुदायमा आर्यसभ्यताबाट विकास भएका समुदायमा जस्तो पुरुष हैकम कम आज पनि देख्न सकिन्छ । त्यही मातृसत्तात्मक समाजको अन्ततिर सीताको जन्म भएको विद्धानहरुको धारणा पाइन्छ । सम्भवतः सीतालाई जन्म दिएपछि उनकी आमाको मृत्यु भएको हुनुपर्छ र उसको बाबु को हो नचिएको हुनुपर्छ । त्यसैले आजका नयाँ पुस्तालाई सीताको बारेमा अर्नगल प्रचार गरी सत्यताबाट टाढा राख्नुभन्दा राष्ट्रिय विभूतिको बारेमा समयमै प्रष्ट पार्न जरुरी छ । सुम्निामा र पेङदोर्जे पनि राष्ट्रिय विभूति हुनसक्दैन ? अन्तमा गणतान्त्रिक मूलुकमा राष्ट्रिय विभूतिहरुको बारेमा पर्नपरिभाषित गर्न आवश्यक छ । धार्मिक मिथक र किंमदन्तीसँग जोडिएका पात्रहरुलाई धार्मिक आवरणबाट निकालेर वैज्ञिानिक पुर्नब्याख्या गरिनुपर्छ । शंखधर सख्वाले जस्तो रिन मोचन गरेको प्रमाण चाहियो कि त अरनिकोले बनाएको जस्तो भौतिक प्रमाण चाहियो । होइन भने किरात समुदायको पारुहाङ र सुम्निामा, त्यस्तै तामाङ जातिको पेङदोर्जेलाई पनि राष्ट्रिय विभूति घोषित गर्नुपर्ने हुन्छ । स्रोतः चैतन्य : नेपाली समाज र संस्कृतिः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.(२०६५) बाबुराम आचार्यः चीन तिब्बत र नेपाल, डा.केशवकुमार श्रेष्ठः नेशनल बुक सेन्टर, (२०७०) समाजशास्त्र र मानवशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरु विभिन्न वेवसाइटहरु              
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy