उपप्रधामन्त्रीले सङ्केत गरेअनुसार ओली अब दक्षिणी धामको तीर्थाटनका निम्ति पूरै तयारीमा छन् । यमुनाको गङ्गाजल सेंचन गरेर पवित्र हुनका निम्ति खुट्टो उचालिसकेका छन् ।[caption id=\"attachment_44721\" align=\"alignleft\" width=\"150\"]
यहाँका नेतागणले राष्ट्रको जतिसुकै चीरहरण गर्ने खोजे पनि लाज ढाक्ने गुन्यु बन्न तयार छन् सर्वसाधारण जनता र त यति साह्रो महङ्गी, कालो बजारी र अभावमा पनि मुख बाएका छैनन् ।मधेसी आन्दोलनको अन्तर्य र मकसदका विषयमा पनि काफी कुरा आइसकेका छन् र यसको ग्रयाण्ड् डिजाइनको पर्दा पनि लगभग खुलिसकेको छ । को कसको लहैलहैमा लाग्यो र राष्ट्रलाई रिट्ठे भुँमरीमा जाक्यो भन्ने कुराको हिसाबकिताव ऐनमौकामा हुने नै छ चाहे त्यो पछ्र्याैट गर्नै नसक्ने खालको नै किन नहोस् । भँडार खनेर आँगन पुर्नेहरुको सक्कली हैसियत सालाखाला सतहमा आइसकेको छ । यसमा आजसम्म सत्ताको सारथि बनेका कोही पनि चोखा भेटिने छैनन् । यो देशका जनता लडाएर किनारामा बसी थपडी बजाउने कोही कसैलाई पनि छोड्ने छैन भावी पुस्ताले । बात मार्ने स्वर नभएका किच्चकहरु राग ढाल्ने सुर कस्दै छन् र फरक चम्कोमा भात बसाल्दै छन् । थाहा छैन, पारिको इशारामा पाक्ने भात भर्सेला, नभर्सेला । यहाँका नेतागणले राष्ट्रको जतिसुकै चीरहरण गर्ने खोजे पनि लाज ढाक्ने गुन्यु बन्न तयार छन् सर्वसाधारण जनता र त यति साह्रो महङ्गी, कालो बजारी र अभावमा पनि मुख बाएका छैनन् । अन्यथा उत्तरतिरको तेल आयातमा भाँजो हाल्ने देशद्रोही जमातलाई भूतले पाएको मधौरु बनाइदिने थिए । मरी जानु न गरी खानु बनेर मुखमा ठेडी कोच्नु पर्दैनथ्यो उनीहरुले ।
उनी जसरी मोदीलाई मनपेट दिँदैछन् र आफ्नो सत्तालाई लम्ब्याउने खेलमा लिप्त हुँदैछन् यसले उनलाई पुनः एक पटक महले छोपेको विष सावित गर्नेछ ।हो, ओलीले यो भुइँमान्छेको सदाशयतालाई किमार्थ नसम्झियू्न् उनीहरुको कमजोरी । अहिले भित्रभित्र जस्तो खिचडी पाक्दैछ त्यसले उनले हालको कालखण्डमा आर्जित मर्यादा पुनः क्षीण हुनेछ र मान्छेले उही पञ्चेश्वर सौदा गर्ने ओलीलाई दिलदिमागमा राख्ने छन् । उनी जसरी मोदीलाई मनपेट दिँदैछन् र आफ्नो सत्तालाई लम्ब्याउने खेलमा लिप्त हुँदैछन् यसले उनलाई पुनः एक पटक महले छोपेको विष सावित गर्नेछ । जसरी बुद्धिजीवीहरुले उनलाई धापको किलो सम्झन्थे उनी त्यही बुझाइलाई सिद्ध गर्ने दिशामा यात्रारत छन् यतिबेला । यदि यो पङ्क्तिकारले उनलाई पानी खेदो गरेको अर्थ लाग्दैन भने उसले एउटा नागरिकका रुपमा भन्नैपर्छ– डङ्का पिटाएर जोगिँदैन राष्ट्रियता र स्वाधीनता । त्यसका निम्ति केही न केही उनले पनि त्याग गर्नैपर्छ जसरी जनताले गरे यतिन्जेल । अन्ततोगत्वा अरस्तुले भनेझैं ‘म त्यसलाई बहादुर मान्छु जसले आपैmँलाई जित्नसक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ’ भन्नै पर्दछ तमाम देशभक्त नागरिकहरुले । उनले आफूलाई त के शत्रुलाई जित्ने पनि छनक देखाएका छैनन् । के यही हो त उनको निभ्न लागेको जिन्दगीको उपहार नेपाली जनतालाई ?
प्रतिकृया लेख्नुहोस्: