Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

भारतका कयौं राज्य, जहाँ रामको होइन रावणको पुजा गरिन्छ

\"91-750\" एजेन्सी । रामलाई भगवान र रावणलाई राक्षसका रुपमा हिन्दु धर्म ग्रन्थहरुमा चित्रण गरेको पाईन्छ । हिन्दु धार्मिक परम्परामा रावणलाई खुङ्खार राक्षसकै रुपमा लिइन्छ। उनलाई खुनी शासक, देवता लोक र पृथ्वी लोककै सबै भन्दा ठूलो भाइरसका रुपमा लिइन्छ । तर संसारको एकमात्र हिन्दुस्तान राज्य भारतको कयौं स्थानहरुमा त्यही हिन्दु धर्ममा राक्षसको पुजा हुन्छ मात्रै होइन ससुराली गाउँ नै छ भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतका कयौं स्थान जहाँ रावणलाई भगवान  मात्रै होइन आफ्ना नातेदार नै सम्झिन्छ्न । भारतको उत्तर प्रदेशको गौतमबुद्ध नगरको बिसरख गाउँमा रावणको विशाल मुर्ति छ । त्यस्तै जोधपुर शहरमा पनि उनको मन्दिर छ । त्यहाँ मानिसहरु हरेक विहान रावणको पुजा गर्छन् । त्यहाँका मानिसहरुले जोधपुरलाई रावणको ससुराल मान्दछन् । रावणको वध पश्चातपनि उनका अरु वंशहरु त्यहाँ आएर बसेका थिए भन्ने जनविश्वास पाइन्छ । \"93-750\" त्यस्तै मध्यप्रदेशको मन्दसौर भन्ने स्थानमा पनि रावणको पूजा हुने गर्छ । त्यहाँपनि रावणको विशाल मूर्ति छ । त्यहाँका मानिसहरुले रावण पत्नी मन्दोदरीलाई त्यहाँका निवासी मान्ने गरेका छन् । त्यस्तै भारतकै उज्जैन जिल्लामा पनि रावणको पूजा हुने गर्छ । त्यहाँका मानिसहरुमा रावणको पुजा गाउँको दुःख पीडा हटाउन गर्नु पर्छ भन्ने धारणा राख्छन् । त्यहाँपनि रावणको विशालकाय मूर्ति रहेको छ । त्यस्तै कर्नाटकको कोलार भन्ने जिल्लामा महोत्सवहरु हुँदा रावणको पूजा धुमधामका साथ हुने गर्दछ । उनीहरु रावणलाई भगवान शिवको भक्त रहेको कारण पुजा गर्ने गर्छन् । जहाँ लङ्केश्वर महोत्सव नै हुने गर्दछ । त्यस अवसरमा भगवान शिवको साथ साथै रावणको पनि प्रतिमामा बनाएर महोत्सव मनाउँने गर्छन् । \"92-750\" त्यस्तै महाराष्ट्रको अमरावती र गढचिरौली जिल्लामा पनि त्यहाँका आदिवासीहरुले रावण र उनका पुत्र मेघनाथलाई आफ्नो देवता मानेर पुज्ने गर्छन् । उनीहरु फागुन महिनामा विशेष पूजा गर्ने गर्छन् । त्यस्तै दक्षिण भारतको कयौं शहरहरुमा पनि रावण पूजा धुमधामले हुने गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies