Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

माओवादी हल्लाउने भूकम्पपीडितको चीन भ्रमण : भ्रमणदलका एक सदस्यको डायरी–२

\"china_cover\" Dec 15 \"chinaपाण्डा पार्क र शुद माध्यमिक बिद्ययालय अबलोकन थियो । असीभन्दा बढी हाम्रो भ्रमण दललाई खर्चको कुनै पर्वाह नगरी सुबिधाजनक ढंगले भ्रमण गराइरहेको छ । भ्रमण बिशुद्ध घुमफिर र मनोरञ्जनमै सीमित रहने संकेत देखिदै थियो । सुरुका दिनहरुमा त घुमफिर रमाइलै लाग्ने नै भयो । त्यसपछि भने हाम्रो अबस्थाले कुनै निश्चित उपलब्धीको अपेक्षा साँच्दै थियो । यस्तै अपेक्षा सलबलाइरहेको बेला करिब ४० किमी पार गरेर हाम्रा गाडी पाण्डा पार्कको नजिकै रोकियो । लेखिएको थियो, ऋजबलमनग च्भकभबचअज द्यबकभ या न्बष्लत एबलमब द्यचभभमष्लन । भित्र पस्यौँ । जताततै निगालोघारी । निगालो पाण्डाको मुख्य आहार मानिदोरहेछ । सडकको दायाँबायाँ बीच भाग खाली भाग सबै निगालोले सजिएको । पाण्डा घर अलि माथि रहेछ । बिद्युतीय गाडीले पालैपालो लग्यो । पाण्डा सुनेको हो, फोटोमा देखेको हो । तर प्रत्यक्ष पहिलो पटक देख्न पाइयो । पाण्डा त्यहाँको बिशेष प्रकारको जनावर रहेछ । गाइडका अनुसार पाण्डा चीनमा मात्रै बस्छ भन्ने बुझियो । धेरै देशले पाण्डालाई चीनबाट लगेका थाहा भयो । त्यहाँ पाण्डाको प्रजनन केन्द्र भएकाले उत्पादन र बिस्तारलाई बिशेष जोड दिँदोरहेछ । रेड पाण्डा भएको ठाउँ पनि अबलोकन गरियो । करिब तीन घण्टा पाण्डा पार्कमा रह्यौँ । दिउँसो शुद माध्यामिक बिद्ययालय प्रबेश ग¥यौँ । बिद्यालय अत्यन्त ब्यबस्थित र सुन्दर थियो । १९२९ मा सुन जम जेनेरलले स्थापना गरेका रहेछन् । जसको उद्देश्य बिद्यार्थीलाई असल मान्छे बनाउन भक्ति, साहसी, मिहेनती भन्ने नारा लेखिएको रहेछ । जुन सिचुवान प्रान्तको सबैभन्दा राम्रो बिद्यालयको रुपमा लोकप्रिय रहेछ । शुद बिद्यालय ८६ बर्षको इतिहासमा एउटा आधुनिक र अन्तर्राष्ट्रिय प्रसिद्ध माध्यमिक बिद्यालय बन्न पुगेको रहेछ । जसका तीनवटा क्याम्पस रहेछन् । यिन स्य क्याम्पस, बिदेश भाषा क्याम्पस, र कुवाम हुवा क्याम्पस । शुद बिद्यालयमा १० हजार बिद्यार्थी र हजार जति शिक्षक रहेछन् । बिद्यालयले कमाएको लोकप्रियता प्रशिद्धि देखी त्यहाँका बिद्यार्थी र शिक्षकहरु गर्व गर्दारहेछन् । शिक्षण भवन, प्रयोगशाला भवन, सूचना भवन, रातो भित्ता, पहेलो फूल, हरियो रुख, निलो आकास आदि दृश्यले वातावरण मनमोहक देखिन्थ्यो । करिब ४०० मि को लामो खेलमैदानले त्यसको आकर्षण बढाएको थियो । करिब तीन हजार बिद्यार्थी सँगै खाने भोजनालय र बस्ने छात्रबास जसलाई बिद्यार्थीले बिद्यालय मात्र नभएर घर पनि मान्दारहेछन् । त्यस बिद्यालयमा बिद्यार्थीहरुको २० वटा संगठन रहेछ । हरेक संगठनले हरेक हप्ता पालैपालो बिभिन्न कार्यक्रम आयोजना गर्दारहेछन् । मुलुकको संस्कार, पहिचान, इतिहास तथा मानवता पढाइदोरहेछ । त्यहाँ हरेक संगठनले पालैपालो ब्यक्तित्व बिकाशमा टेवा पु¥याउने खाले सिर्जनशील कार्यक्रम गर्दारहेछन् । शुद बिद्यालयका बिद्यार्थीको तीनवटा संस्थान रहेछन् । १, माओ अ बाजा संस्थान जुन जुन शुद बिद्यालयको कुआम हुवा क्याम्पसको संगीत सम्बन्धी संस्थान रहेछ । उनीहरुको नारा यस्तो थियो, हामीसँग संगीतको क्षेत्रमा बिशेष जोश छ, सबै संगीत भएको ठाउँमा हामी छौँ । २, स्युन लिन सबर्द संस्थान जहाँ बिद्यार्थीको शारीरिक सुसंगठन र मजबुत पार्नु हुनेरहेछ । ३, हान वंशको लुगा संस्थान जहाँ हान वंशको लुगा र संस्कृति मन पराउने बिद्यार्थीका लागि बिशेष रहेछ । जसले हान वंशको लुगा र संस्कृतिलाई सिकेर बुझेर प्रचारप्रसार गर्नु भन्ने रहेछ । विद्यालय परिवारले हामीलाई स्वागत गर्दै कार्यक्रम हलमा आसन ग्रहण गरायो । हल निकै ठुलो थियो । प्रधानाध्यापकले हाम्रो भ्रमण दललाई स्वागत गरे । नेपाल र चीनबीचको परम्परागत सम्बन्धको पृष्ठभूमिको चर्चा गर्दै असल छिमेकी सम्बन्धलाई अझ बिकास गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरुबाट सांगीतिक प्रस्तुतिको माध्यमबाट स्वागत ब्यक्त गरिए । विद्यालय प्रमुखले भ्रमणदल प्रमुखलाई मायाको चिनो प्रदान गरे । त्यसपछि अनुभब साटासाट गर्न हाम्रो टोलीलाई पाँच भागमा बिभाजन गरियो । कागज काट्ने कलाद्वारा बनाइने आकर्षक फूल बनाउने कार्यमा लागियो । त्यहाँका शिक्षक बिद्यार्थी र हामी सँगसँगै अभ्यास थाल्यौँ । भाषाका कठिनाइका बाबजुद पनि हामीले आपसमा साक्षात्कार ग¥यौँ । त्यस बिद्यालयमा जति पनि बिद्यार्थी देखिन्थे ती सबै आफ्ना आमाबाका एक्ला सन्तान थिए । यस अर्थमा कि चीनको नीतिअनुसार एक सन्तानले मात्रै कानुनी मान्यता पाउँछ । आफ्नो घरबारे सोध्दा उनीहरुको जवाफ हुन्थ्यो, हाम्रो घर पनि यही हो, विद्यालय पनि । बच्चाहरुको पठनपाठन र भविश्य निर्माणको जिम्मा सरकाले नै लिने हुँदा उनीहरुको बसोबास पनि विद्यालयकै होस्टलमा हुँदोरहेछ । त्यहाँको चलन गज्जबको रहेछ । वच्चालाई आमाबाबुले त आफ्नो सन्तान मान्ने नै भयो राज्यले पनि आफ्नो सन्तान मान्दोरहेछ । राज्यलाई जस्तो जनशक्तिको अवश्यक छ उस्तै बनाउन अभिप्रेरित गरिदो रहेछ । सबै बालबच्चाको क्षमता अभिवृद्धि गर्नेदेखि भविश्य सुनिश्चित गर्न काम राज्यले नै गर्दोरहेछ । त्यहाँको वातावरणले हाम्रो मन छुन्थ्यो । त्यस्ते परिकल्पनामा लान्थ्यो । हाम्रो राज्य पनि यति नै व्यवस्थित भैदिए ! विदाइपछि होटलतर्फ लाग्यौँ । कताको प्रान्तीय राजधानी छँन्दु कताको नेपालको राजधानी काठमाडौं । काठमाडौंले छन्दुको स्तर किन चुम्न सकेन ? दसकौंदेखि काठमाडौंले किन गति लिन सकेन ? काठमाडौंका दौतरीहरुले छलाङमय विकास गर्दा काठमाडौँ किन गतिहीन ? यसको जवाफ चीनिया युवाहरुले नै दिए । त्यहाँका युवा प्रतिनिधिसँग अनौपचारिक कुराकानी भयो । नेपालको सन्दर्भमा चित्तबुझ्दो विश्लेषण हुन्थ्यो उनीहरुको । उनीहरुबाट व्यक्त भएका एउटा बाक्य निकै घतलाग्दो थियो । नेपालको आन्तरिक विकासको लागि बहुदलीय प्रणाली निकै बाधक छ । दलदलको खुट्टा तान्ने प्रवृत्तिले नेपाल उठ्न नसकेको हो । अर्को कुरा पनि थपे, चीनमा जनता छ र सरकार छ । नेपालमा जनता छ, राजनितिक दल र त्यसका थुप्रै नेता छन् अनि सरकार छ । चीनमा राजनीतिक ब्यक्तित्वले आफूलाई सरकारको कर्मचारीको रुपमा पेश गर्छन् भने नेपालमा जनता र सरकार भन्दा पनि ठुलो हुँजस्तो पार्टी र नेता देखिन्छन् । शक्तिकेन्द्रको रुपमा आफूलाई उभ्याउँछन् । गाडी होटलको आँगनमा रोकियो । बेलुकाको खाना खाएपछि अबेरसम्म निद लागेन । नौ तलामाथिबाट बाहिर नियाल्दा सामुन्नेमा एउटा गगनचुम्मी टावर देखिन्छ । भm्यालबाट बाहिर हेर्दा देखिने सहरको रात्रिकालीन झिलीमिली देखिन्छ । छँन्दु जनसंख्याको हिसाबले चौथो ठुलो सहर रहेछ । जहाँको जनसंख्या १४ करोडको हाराहारीमा रहेछ । बिकासको हिसाबले संघाई, बेजिङ, गोन्जाओ, सेनजेनपछि पाँचौ स्थानमा रहेछ । सिचुवानको प्रमुख शहरहरुमा छँन्दु, मेनयाङ, नानचोङ, लुझौ, डेयाङ, लशानजस्ता सहर रहेछन् । जसमध्ये छँन्दु र लशान भ्रमण ग¥यौँ । पाँचौं स्थानको छँन्दुले नै हामीलाई चकित पा¥यो । यस भ्रमणको सिलसिलामा एकपटक बेजिङ टेक्न चाहन्थ्यौँ । ग्रेटवाल चढ्न लालयित थियौँ । भ्रमणतालिकामा थिएनन् ती । पूर्वनिर्धारित कार्यक्रमको आधा हिस्सा कटौति भएको बुझियो । छँन्दु र कुन्मिङ दुई प्रान्तको दुई सहर भ्रमणको लागि दुई साताको भिसा थियो । कटौतिको कारणबारे जानकार थिएनौँ । एक प्रान्त एक सातामै सीमित रह्यो हाम्रो भ्रमण । ऐनान प्रान्तमा अबस्थित कुन्मिङ भ्रमणको लागि बिशेष क्षेत्र मानिदो रहेछ । जुन चीनको दक्षिण पश्चिम भागमा पर्दोरहेछ । छँन्दुबाट करिब १००० किमीको दुरीमा रहेछ कुन्मिङ । अधुरै रह्यो कुन्मिङ भ्रमण । भ्रमणबाट मैले एउटा जवाफ पाउन सकिरहेको थिइनँ कि हामी भुकम्प प्रभाबित क्षेत्रका प्रतिनिधि चीनमा २००८ मा गएको भुकम्पले ध्वस्त संरचना र त्यसपछि निर्मित नयाँ भौतिक संरचना, नयाँ बस्ती कस्तो छ ? सात बर्षको अबधिमा त्यहाँ भएका बिकासको स्तर तुलना गर्न चाहन्थ्यौँ । सोही अवसरको नजिक हामी पुग्न सकेनौँ । त्यो बिशेष क्षेत्रलाई पनि कार्यक्रम तालिकामा समाबेस गरिएको रहेनछ । २००८ पछि निर्मित नयाँ सहरको नाम बेईचुन द्यभष्अजगल अष्तथ रहेछ । जुन अबलोकन गर्नै पथ्र्यो । संम्भब भएन । बेईचुन सहर छँन्दुबाट करिब ७३ किमी मात्र टाढा रहेछ । त्यहाँ जान सम्भब थियो । तर योजनामा पारिएन । यस सहरको अबलोकन गर्न नपाउनु यस भ्रमणमा खड्किएको खल्लो बिषय हो ।   dec 16 \"chinaसाबिककै गतिमा शैलीमा निर्धारित समयमा निर्धारित गन्तब्यतर्फ बढन तयार भयौँ । त्यो भ्रमणको अन्तिम दिन थियो । टिम गाइड ज्याक जिम्मेवारीपूर्बक आफ्नो भूमिका निभाउँदै थिए । जाँदैगरेको स्थलबारे उसको बुझाउने कोशिस जारी थियो । हाम्रो ३ नं टिममा प्रमुख गाइड ज्याक, नेपाली अनुबादक हिमलत्ता, हिन्दी अनुबादक वाङ, स्थानीय बिद्यालयका शिक्षक ज्याकलगायतका टिम हामीसँगै थिए । ज्याक अंग्रेजीमा बोल्थे, हिमलता नेपालीमा अनि वाङ हिन्दी बिशेष रहेछ । अरुसँग सामान्यतः अंग्रेजीमै कुराकानी हुन्थ्यो । करिब पाँच किमी गुडेर हामी उ होउ किशोर बिकास केन्द्रमा पुग्यौँ । त्यो किशोरकिशोरीका सिर्जनशील क्षमताको बिकास गराउने, प्रतिभा प्रस्फुटन र प्रदर्शन गराउने थलो रहेछ । त्यहाँ हस्तकला सिकाइदोरहेछ । एउटा ठुलो हलमा जम्मा गराएर सबैलाई आआफ्नो रुचिअनुसार ६ भागमा बिभाजित हुन आग्रह गरे । एक, चिनियाँ लिपिमा आफूलाई मनपर्ने कुरा लेख्ने । दुई, बिभिन्न थरीका मुकुण्डो बनाउने । तीन, माटोको पाण्डा बनाउने अभ्यास । चार, चाइनिज मोमो बनाउने अभ्यास । पाँच, बिभिन्न रंगका रुमाल बनाउने अभ्यास । छ, कम्फु अभ्यास । सबेै निर्धारित रचनात्मक कार्यमा लाग्यौँ । म पाण्डा बनाउने समूहमा थिएँ । केही समयको मेहेनतपश्चात् पाण्डा तयार भयो । सबैले आआफ्नो कार्य सकाएर प्रदर्शनीको लागि तयार भयौँ । आग्रह भएअनुसार पालैपालो आआफ्नो सिर्जना प्रस्तुत गर्न थाल्याँैँ । पहिलो प्रस्तुति थियो, मुुकुण्डो बनाएको देखाउने । दोस्रोमा, चिनियाँ लिपिको प्रदर्शनी । तेस्रोमा हाम्रो पाण्डा टिमले प्रदर्शन ग¥यौँ । छैठौ टोलीले मोमो बनाएर सबैलाई चखाए । अन्तमा सामूहिक फोटो खिचाएर छुट्यौँ । त्यहाँबाट हामी बिश्वबिद्यालयतर्फ सोझियौँ । क्यगतजधभकत ग्लष्खभचकष्तथ ायच ल्बतष्यलबष्तिष्भकु नाम गरेको युनिर्भसिटि १५ किमीको दुरीमा थियो । बहुत सुन्दर थियो । सजिसजाउ बगैचा, ढकमक्क रंगीचंगी फूल, बगैचा छिचोलेर अलि अघि प्ुग्दा युनिभर्सिटिको प्राङ्गणमा पुगियो । प्राङ्गणमा संस्थापक हेडमाष्टरको सालिक रहेछ । चिनियाँ शैलीमा निर्मित दरबार झैँ लाग्थ्यो । युनिर्भसिटिलाई पृष्ठभाग बनाएर फोटो खिच्याँै खिचायौँ । तेस्रो तलामा उक्लियौँ । प्रदर्शनी कक्षमा राखिएका बिबिध चिनियाँ बिशेषताका हस्तकला सामग्री अबलोकन ग¥यौँ । चौथो तलामा उक्लियौँ । जहाँ चिनियाँ क्रान्तिकालको इतिहास झल्कने तस्बीर भित्ताभर थिए । क्रान्तिकालीन लालसेनाको तस्विर, क्रान्तिकालको जीवन्त झँै लाग्ने लडाइँका दृश्य, क्रान्तिकालका अगुवा नेता कार्यकर्ताका सामूहिक तस्बिर, लम्बे अभियानका लर्को । यिनीसित साक्षात्कार गर्दा बल्ल माओको देशमा माओलाई भेट्न आएजस्तो अनुभूति भयो । एकाछेउमा माओको शालिक रहेछ । सँगै टाँसिएर फोटो खिचाएँ । माओको प्रतिमासँग मात्रै भेट भयो । माओको समाधिस्थल, अचेत भौतिक शरीर अबलोकन गर्ने रहर अधुरै रह्यो । त्यहाँ देखिएका ऐतिहासिक दृश्यले नेपाली क्रान्तिको झझल्कोलाई पनि सम्झायो । ती दृश्यसित हाम्रो साइनो जोडिएको थियो । हाम्रो जात मिल्थ्यो अनि कर्म पनि । ज्याकीलाई माओबारे बुझ्दा उनको जवाफ थियोः माओ चीनको सुप्रिमो हुनुहुन्थ्यो । माओलाई हामी नयम ाबतजभच को रुपमा मान्छौँ । चीन आधुनिक चीन बन्न माओको प्रमुख योगदान छ । उनको जवाफमा दम थियो । उनी चिनियाँ जनमुक्ति सेनाका मेजरका एक्ला छोरा रहेछन् । बाबुजस्तै जनमुक्ति सेना बन्ने रहर थियो तर शिक्षक बन्न पुगेको बताए । उनलाई मैले जनमुक्ति सेना कालको बर्दिधारी तस्विर देखाएँ । आफ्ना सुप्रिमोसँंग खिचिएका तस्विर देखाएँ । प्रतिक्रियास्वरुप उनले भने, तपाईंसँग भेट गर्न पाउँदा ज्यादै खुसी लाग्यो । सायद यो हामीबीचको सुन्दर संयोग थियो । उत्सापूर्बक उनले मेरो सम्पर्कसूत्र मागे । अन्तिम गन्तब्यतर्फ सोझिन टिम गाइड ज्याकले सबैलाई सामेल गराए । छँन्दु ध्रुबीय महासागर पार्क जुन ३ किमीको दुरीमा थियो । महासागर पार्क भन्दा सागरकै समुन्द्रकै किनार होला भन्ने लख काटेका थियौँ । कस्तो होला त्यहाँको पार्क ? परिकल्पनाभित्र खोतल्दै थियो मनले । महासागर पार्कमा पस्यौँ । समुन्द्र किनारमा पुगेजस्तो लागेको थियो । नजरले समुन्द्र खोज्दै थियो कतै देखिएन । त्यो त डल्फिन पार्क रहेछ । डल्फिन समुन्द्रको प्राणी समुन्द्रलाई तीनवटा पोखरीमा कैद गरी सेता र कालो गरी ६ वटा डल्फिन राखिएको रहेछ । त्यहाँ डल्फिन सर्कस देखाइदो रहेछ । डल्फिन कति सचेत, कति चलाख, कति नक्कल गर्न जानेको । प्रत्येक दुई डल्फिनसँग दुई युबा गज्जबले खेल्थे । उनीहरुबीच भाषाको तादम्यता थियो । ती युबाले डल्फिनलाई मुसार्दै जे गर्न भन्यो त्यहि गर्दथ्यो । डल्फिनका गतिबिधि देख्दा लाग्थ्यो कि माछारुपी सचेत मानब हो । पानीमाथि निस्किएर टाउको झुकाएर पखेटा जोडेर नमस्ते गथ्र्यो । पानीमाथि पुच्छर निकालेर पुच्छर हल्लाई बाइबाई गर्दथ्यो । साह्रै रोचक । फोटो खिचाइयो । भिडियो बनाइयो । निस्कँदा एका छेउमा सिसाले घेरिएको बन्द पोखरीमा एक जोडा कभबािष्कज देखियो । त्यो पनि हेरिरहूँजस्तो लाग्यो । अर्का छेउमा सिसाको बन्द कम्पाउण्डभित्र जल थल दुबै भागमा खेल्ने सेतो भालु उयबिच दभबच थियो । अर्को, त्यस्तै ठाउँमा कछुवाको जोडी थियो । सबै सामुन्द्री प्राणी थिए । त्यसैले धु्रबीय महासागर पार्क भनिएको रहेछ । होटल फर्कियौँ ।   dec 17 \"chinaअर्थात पछिल्लो दिन स्वदेश फर्कने कार्यक्रम थियो । केही किनमेल गर्नुपर्ने सबैको आबश्यकतालाई मध्यनजर गर्दै सबै टोलीलाई समय दिइयो । किनमेलको लागि सहर पसियो । घुमियो । जमिन माथिको सहर पनि घुमियो र जमिन मुनिको पनि । जमिनमाथिको सहर त सहर नै भैगए । जमिनमुनिको सहर पनि हेरियो । हामी बसेको होटल डाइनाष्टीमुनि तीन तल्लाको ब्यापारिक बजार । देख्दा सुरुङमार्ग जस्तो लाग्थ्यो । कहाँ्बाट जादाँ कहाँ निस्कन्छ ? मेसो पाउनै गाह्रो । पस्ने र निस्कने बाटा थुप्रेै थिए । त्यो भूमिगत सुरुङ बजार कति लम्बाइमा फैलिएको छ ? बाटो भुल्ने डरले जुन बाटो गएको त्यही बाटो फर्कियौँ । माथि सडकमा निस्कँदा त सडक पारि पो पुगिसकेछौँ । भूमिगत बजार संजाल भयङ्कर देखिन्थ्यो । केही समय किनमेलमा रह्याँै । छँन्दुसँग हाम्रो आर्थिक तह मिल्दैन थियो । तैपनि चिनोस्वरुप केही किनमेल गरी फर्कियौँ । राति अबेरसम्म निद लागेन । भ्रमणले के दियो हामीलाई र हामीले के लिन सक्यौँ ? उपलब्धीको कुनै ठोस आकार छैन । नयाँ संसार घुमियो । के नयाँ संसार लिएर जान सकिएला ? स्वदेशको तातो खबर कानमा ठोकिनै रहन्थ्यो । हाम्रो भ्रमण सुरुदेखि नै बिबादित रह्यो । जुन मुद्दाले हंगामा मच्चाएछ । शक्तिवान मानिने पद र प्रतिष्ठा हल्लिनसम्म हल्लिएछ । दुनियाँसामु शिर झुकाउनु पर्ने बाध्यता आइलागेछ । दूरदर्शिताको अभावमा तनाब झेल्नसम्म झेलेछन् । भ्रमण बिबादित भएपछि चिनियाँलाई खल्लो लाग्ने नै भयो । जे होस बिबादकै बीचबाट एउटा जम्बो टिम, सरकारी भ्रमण दलले आफ्नो भ्रमण सम्पन्न ग¥यो । सिचुवानले धेरै कुरा सिकायो । सिक्न र ग्रहण गर्न सक्दा सिचुवानले एउटा परिष्कृत संस्कार भोगाएर पठायो । सम्बृद्धिको एउटा सुन्दर दुनियाँ देखाएर पठायो । चिनियाँले पनि भ्रमणको अबधिमा देखिएका र देखाइएका बिम्ब प्रतिबिम्बलाई नेपालमा लगी रोपियोस्, हुर्काइयोस भन्ने सकारात्मक सोच हुँदो हो । सरकारी भ्रमण दलका सदस्यमा त्यस भ्रमणको प्रतीकात्मक अर्थ र महत्वबोध भयो भएन सम्बन्धित सदस्यसँगै हुनुपर्छ जवाफ । खैर चीनले एउटा महत्वपूर्ण अबसर प्रदान गरी नेपाली युवाको भ्रमणदललाई अद्भूत बिकासको नमूना चखाएर पठायो । स्वदेशको पुनर्निर्माणमा त्यो स्वादले काम गर्ला नगर्ला ? प्रतिकुलतालाई अनुकुलतामा ढालेर स्वबिबेक अतिरिक्त शिक्षा आर्जेर जोशसहित फर्किएका युवाले पुनर्निर्माणका पहरेदार बन्छौँ भन्दा प्राधिकरणले चिन्ला या नचिन्ला ? जे होस्,। भ्रमण सफल रह्यो । सानदार रह्यो । ग्रहण गर्न सक्दा उपलब्धीमूलक रह्यो । र, अन्तमा सिंगो चीन सरकार र चीन नीतिप्रति नेपाली युवा भ्रमण दल हार्दिक आभार ब्यक्त गर्दछ ।

माओवादी हल्लाउने भूकम्पपीडितको चीन भ्रमण : भ्रमणदलका एक सदस्यको डायरी–१

(स्मरण रहोस् लेखक सिन्धुपाल्चोक निवासी हुन् र उनी वास्तविक भूकम्पपिडत युवा हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy