Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

माओवादी हल्लाउने भूकम्पपीडितको चीन भ्रमण : भ्रमणदलका एक सदस्यको डायरी–१

\"chin_vraman-1124\"अथाह जिज्ञासाको केन्द्र चीन भ्रमणको परिकल्पना नगर्ने मानिस सायद होलान्। संयोगबस निम्तो आयो चीन भ्रमणको । अखिल चाइना युवा संघले को निमन्त्रणामा भ्रमणको चाँजोपाजो नेपाल सरकार गृह मन्त्रालयले मिलायो । भूकम्प प्रभाबित १४ जिल्लाका युवालाई सहानभूति प्रदान गर्दै चीनको सिचुवान प्रान्तमा सन् २००८ मा गएको भूकम्पबाट ध्वस्त संरचना र त्यसपछिका पुनर्निर्मित नयाँ बस्तीका अवलोकन गराउने भ्रमणको उद्देश्य थियो । भ्रमणदलले नेपालमा गठन हुने पुनर्निर्माण प्राधिकरणसँग एकाकार भएर सहकार्य गर्न सक्ने हैसियत हासिल गरेर आउनुपर्ने जस्ता सुझाव पाइएको थियो । भ्रमणदल ठुलै थियो । गृह मन्त्रालयका कर्मचारीका नेतृत्वमा जम्बो टोली आवश्यक जानकारी सम्प्रेषणपश्चात् ज्ञज्ञ म्भअ बिहान ८ बजे बिमानस्थलमा पुग्यौँ । भूकम्पपीडितका कोटामा नेताका छोराछोरी र नातागोता उडेको खबरले पत्रपत्रिका रंगिएका थिए । भ्रमणदलमा पनि चर्चापरिचर्चा हुँदैथियो । भ्रमण रोकिने पक्षमा थिएन । विवादकै सेरोफेरोबाट करिब १ बजे हाम्रो यात्राले उडान लियो । भूगोल कस्तो होला ? बिमानबाट धेरैका आँखा तिब्बती भूमिमा झरे । ल्हासा बिमानस्थल पुग्दासम्म मरुभूमि जस्ता पहाडे श्रृंखला र हिउँले ढाकेको डाँडाकाँडा भन्दा अरु देखिएन । करिब दुई बजेतिर ल्हासा बिमानस्थल ओल्र्यौं । भूगोल पुरै फुस्रो र नांगो देखिन्थ्यो । स्थानीय समयअनुसार करिब ६ बजे ल्हासा टान्जिटको आवश्यक सुरक्षा जाँच सकाएर पुनः सिचुवानतर्फ उड्यौँ । करिब तीन घण्टाको यात्रामा देखिएको भूगोल समान प्रकृतिका थिए । हाम्रो घगडठद्द नं.को बिमान छन्दु अन्तर्राष्टिय बिमानस्थलमा अवतरण भयो । हामीलाई स्वागत गर्न तम्तयार रहेछन् । भ्रमणदललाई तुरुन्तै तीन समूहमा विभाजन गरी रातो, पहेलो र नीलो क्याप वितरण गरे । तीनवटा गाडीमा राखेर सिचुवान प्रान्तको राजधानी छन्दुको सडक नं ८८ मा पर्ने यिनहँ बाँछआउ होटल ृथ्ष्लजभ मथलबकतथ जयतभेि मा गयौं। [caption id=\"attachment_54132\" align=\"alignleft\" width=\"750\"]\"china_12-750\" फोटोमा लेखक ‘अभियान’[/caption] Dec 12 समय तालिकाअनुसार बिहान ८ बजेदेखि पौने नौसम्म बिहानको खाना खाने । ९ बजे आआफ्नो गाडीमा चढिसक्ने । बिहानको खाना खान थाल्यौं । अनेक प्रकारका चिनियाँ परिकार । दुईवटा सिन्काले हरेक खाना च्यापेर खानु हाम्रो लागि मुस्किल थियो । अभ्यास थाल्यौँ । दुईवटा कप्टेरोलाई खानाको हरेक परिकारमा नचाउन थाल्यौँ । सुर, ताल नमिले पनि कप्टेरो नाचिरह्यो । अन्ततः अभ्यस्त भयौँ । जति पनि परिकार खायौं, तीमध्ये एक तिहाईमा मात्र नुन राखिएको थियो । त्यसैले परिकार खल्लो र बेस्वादको लाग्यो । गोलाकार टेबलमा समूह बस्ने र सामूहिक भोजन गर्ने चिनियाँ शैली । सबैले पालैपालो झिक्ने र खाने । हाम्रोमो जस्तो जुठो मान्ने, एकै भाडामा खान घिन मान्ने भन्ने नहुँदो रहेछ । अभ्यास ग¥यौँ । लशान पहाडमा अवस्थित महाबुद्ध स्तुपको अवलोकन गर्न गयौँ । लशान छँन्दु सहरबाट करिब १५० किमीको दुरीमा रहेछ । तीनवटा समूह, तीनवटा कमाण्ड, तीनवटा गाडीमा त्यसतर्फ बढ्यो । अंग्रेजी, नेपाली र हिन्दी अनुवादकले निर्धारित कार्यक्रम र कार्यक्रमस्थल, त्यसको महत्व, विशेषता, ऐतिहासिक पक्षबारे बिस्तृतरुपमा बुझाउँथे । लशानतर्फ बढ्दै गर्दा छँन्दु सहरसँग राम्ररी नजर जुँधाउने अवसर मिल्यो । सडक वारिपारि मध्यभाग आकर्षक बगैचाले सजिएका थिए । फोहरको नाममा एक टुक्रा कागज पनि देखिएन सडकमा । बगैचाबाट झरेका पात पनि तुरुन्तै उठाउने व्यवस्था थियो । सडक वारिपारि धागो तानेजस्तो सिधा देखिन्थ्यो । ट्राफिक जाम कतै देखिदैनथ्यो । कुनै चोकमा गाडी रोकिनु पर्दैन । चोकमा आउनेजाने गाडीले एकअर्कालाई देख्नै पाउँदैनन् । सडकमाथि पुल, पुलमाथि पुल, सडकमुनि बाटो, सुरुङ सडक, पाँच तहको पुलमाथिबाट गाडी बेगवान गतिमा हुँइकन्थे । तीनवटा गाडी आफ्नै बेगमा छन् । गाडीको बेगसँगै जति अघि बढ्यो त्यति नै नयाँनयाँ स्तम्भ देखिदै जान्छ । सिसैसिसाले मोडिएको टिलबिलाउने गगनचुम्बी भवन, व्यापारिक भवन, अपार्टपेन्ट, होटल, बंैक, हेर्दाहेर्दै आँखा थाक्थ्यो । सडकमा प्रहरी त्यति देखिदैनन् । जनता, सवारी चालक निकै सचेत, शिक्षित र अनुशासित देखिन्छ । लापर्बाही, हेलचेक्र्याई उनीहरुको दर्शनमै हुँदैन झै देखिन्थ्यो । त्यहाँको समाज शासन प्रणालीप्रति वफादार र इमान्दार छन् भने प्रणाली जनताको चुस्त र ब्यबस्थित सेवकको रुपमा जीवन्त । करिब एक घण्टाको यात्रापछि खेतीयोग्य भूगोलमा पुग्यौँ । विशाल समथर भूभाग, निश्चित आयतनमा खण्डखण्डमा बिभाजित कृषि प्रणालीको नक्सांकन निकै आकर्षक र ब्यबस्थित देखिन्थ्यो । भिरालो जमिन प्रायः चिया खेतीको लागि प्रयोगमा देखिन्थ्यो । सडकबाट देखिएका बनस्पति योजनाबद्ध बृक्षारोपण झैँ लाग्थ्यो । हाम्रोमा हुने जस्ता ठुलाठुला रुख प्रायः देखिएन । हामी करिब १४० किमी गुडेर लशान सहर पुग्यौँ । लशान ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले प्रसिद्ध मानिदोरहेछ । सरसफाइ र वातावरणीय हिसाबले निकै स्तरीय लाग्थ्यो । तीन करोड भन्दा बढी जनसंख्या भएको सहर अत्यन्तै ब्यबस्थित थियो । लशान किनारमा एउटा नदी बगिरहेको थियो । त्यो निकै सफा र कन्चन देखिन्थ्यो । त्यसलाई मिन्जाउ नदी भनिदोरहेछ । लशानमा दिउँसोको खाना खाएर टोली अमैसान पहाडस्थित बुद्ध मूर्तिको अबलोकन गर्न अघि बढ्यो । यो लशानबाट करिब १० किमीको दुरीमा रहेछ । यहाँ बुद्ध र बुद्धत्वलाई निकै महत्वसाथ हेरिदोरहेछ । जाँदैगर्दा बुुद्धको बिभिन्न आसनमा पत्थरमा कुदिएको मूर्ति देखियो । गुफाभित्र हाँसिरहेको बुद्धको मूर्र्ति देखिन्थ्यो । ीबगनजष्लन द्यगममजब भनिदोरहेछ, जसको दर्शन गर्दा जीवन सुखी हुन्छ भन्ने मान्यता रहेछ । ओरालो झर्दै गरेको सेतो बाघको मूर्ति देखियो । सेतो रंगलाई अप्रिय मानिदो रहेछ । बाघ जंगलको शक्तिशाली जनावर, सेतो रंगको बाघ ओरालो झरेकोलाई दुश्मन हार्दैछ भन्ने अर्थमा लिँदारहेछन् । त्यहाँ रातो रंग प्रिय मानिदो रहेछ । रातो रंगको बाघ उकालो लागेकोलाई उनीहरु आफू बिजयी हुँदैगरेको अर्थमा बुझ्दा रहेछन् । सिँढी चढेर उक्लनुपर्ने, सिढि चढ्दा पुरुषले देब्रे खुट्टा पहिलो सिढिमा टेक्ने र महिलाले दाहिने खुट्टा पहिलो सिढीमा टेक्नाले पुण्य हुन्छ भन्ने बुझाइ रहेछ । गाइडले भनेअनुसार ग¥यौँ । नजिकै एउटा गुफा देखियो । मंक हैतुङ गुफा जुन १० मिटरको गहिराइमा थियो । गौतम बुद्धले आफ्नो कालमा बुद्धत्व प्राप्त गर्ने सिलसिलामा त्यही बसेर तपस्या गरेको भन्ने बिश्वास रहेछ । त्यसैको तल्लोपट्टि मिन्जाउ नदी किनारमा पहराको छातीमा चट्टान कुँदेर बनाएको बुद्धको महामूर्ति थियो । त्यसलाई दष्न द्यगममजब कतबतगभ भनिदोरहेछ । बुद्धपार्क अवलोकन गर्न विश्वभरबाट पर्यटकका जमघट हुँदोरहेछ । विश्व सम्पदा सूचीमा समाबेस बुद्धका ऐतिहासिक स्तम्भका साथ बसेर रहर पुगुन्जेल फोटो खिच्यौँ र खिचायौँ । सिचुवान प्रान्तको राजधानी छँन्दुदेखि करिब १५० किमीको दुरीमा रहेको लशान बुद्धपार्कसम्म पुग्दा अनेकन ऐतिहासिक स्तम्भका अध्ययन गरियो । बिकास र सम्बृद्धिका उदाहरणीय नमूना अवलोकन गरियो । टिम गाइड ज्याकले साढे तीन बजे सबैलाई एकै ठाउँमा भेला गराएर दिनभरको अवलोकनको पुनर्ताजगी गराए । साँझ अमैसान हुवा सम होटल ृज्गकजभलन जयतभेि मा बिश्राम लियौँ । Dec 13 \"china13-750\"अमैसान पहाड  बौद्ध धर्माबलम्बीहरुका लागि बिशेष महत्व रहेछ । जतासुकै बिभिन्न आसनका बुद्धका आकर्षक मूर्ति थिए । जंगलले ढाकेको पहाडको बीचमा अवस्थित यस क्षेत्रमा बुद्ध पछिका बौद्ध धर्मका श्रेष्ठतम् अगुवाका मूर्ति लस्करै देखिए । टिम अर्को गन्तव्य संग्रहालयतर्फ सोझियो । अमैसान पहाडको पर्यटकीय केन्द्र प्रबेश गर्यौ । सताब्दीऔँअघि पहिचान भएका विशेष महत्वका बिभिन्न प्रकारका पत्थर प्रदर्शनीमा थिए । ऐतिहासिक महत्वका प्रतीकात्मक अर्थ बोल्ने आकर्षक तस्विर भित्ताभर सजिएका थिए । संग्रहालयको बीचमा संसारबाटै लोप भइसकेका डाइनोसरका अस्थिपञ्जर सजीव झैँ उभिएको थिए । एक छेउमा सिसाले घरिएको ठुलो लाम्चो घुमाउरो बन्द कोठा थियो जहाँ दुरुस्त देखिने कृतिम जंगल थियो । सम्पूर्ण जीवजन्तुको झलक देखिन्थ्यो । बाघ, भालु, चितुवा, दुम्सी, खरायो, चिल, स्याल, सर्प, गोही, चराचुरुंगी आआफनै शैलीमा देखिन्थे । ती सब कृत्रिम थिए तर वास्तबिक झैँ देखिन्थे । करिब दुई घण्टा त्यस संग्रहालयको बिबिध बिशेषता अबलोकन गर्यौ । दिनको खाना खान अमैसान हुवासम होटलमा फर्कियौँ । बिश्रामपछि तेस्रो गन्तब्यतर्फ पैदल बढ्यौँ । त्यो थियो  डाफो मन्दिर । टोली अनेकन परिकल्पनामा अनेकन अड्कलबाजी काट्दै अघि बढ्यो ।   देखियो बिशाल गुम्बा । त्यहाँ त्यसलाई डाफो टेम्पल भनिदोरहेछ । गुम्बाभित्र प्रबेश गर्यौ । बहुत मनमोहक । आकर्षक सुन्दर । फोटो खिच्न खिचाउन आतुर भयौँ । निस्कियौँ । पुनः उस्तै प्रकृतिको ठुलो आँगन भएको चिनियाँ कला संस्कृतिले सजिएको देख्दा दरबारजस्तै लाग्ने अर्को गुम्बा देखियो । त्यसको प्राङगणबाट बढ्दै गर्दा हाम्रो असी भन्दा बढी संख्यामा रहेको टिम, आआफ्नै पारामा आआफ्नै शैलीमा आआफ्नै रुचिअनुसार फोटो खिचाउँदै अघि बढ्यौँ । दोस्रो गुम्बाभित्र पस्यौँ । बिच भागमा हाँसिरहेको बुद्ध बिगनजष्लन द्यगममजब को ठुलो मूर्ति थियो । त्यसको दायाँबायाँ अगाडिपछाडि बिबिध खाले मूर्ति सजिएका देखिन्थे । क्यामेराहरु छिनभरमै किलिक्क र झिलिक्क गर्न भ्याइहाले । भित्र चै फोटो खिच्न निषेध रहेछ । हामीले भण्टे भन्ने गरेजस्ता मान्छे रेखदेखका लागि बसेका हुँदोरहेछन् । जता हेरे फोटो नखिची चित्तै नबुझ्नेजस्तो । भित्र पनि भण्टेको आँखा छली क्यामेराले किलिक्क गर्न भ्याइहाल्थ्यो । दोस्रो गुम्बाको पछाडिपट्टि निस्कियौँ । फेरि उस्तै अजंगको गुम्बा ठडिएको थियो । भित्र पस्यौँ । उस्तै बीच भागमा मन्जुश्रीका बहुत आकर्षक सुन्दर स्तम्भ । क्यामेरामा कैद गरेर सँगै लिएर फर्कन चाहन्थ्यौँ । अबलोकनकै क्रममा करिब दुई घण्टा बितायौँ । कतिवटा द्वार छिचोलेर भित्र पसियो ? ख्याल भएन । फर्कने बेला गणना गर्न मन लाग्यो । हामी सातौँ गुम्बाको प्राङ्गणमा पुगेका रहेछौँ । लाग्थ्यो यो ठाउँ बौद्ध धर्माबलम्बीहरुको बिश्वबिधालय हो । अबलोकन सकेर  फकर्यौँ र त्यहाँबाट छँन्दु तर्फ लाग्यौँ । तालिकाअनुसार प्रशिक्षण कक्षा र मनोबैज्ञानिक परामर्श कक्षामा सामेल हुने भन्ने थियो । पुनर्निर्माण प्रक्रियाको मार्गदर्शन होला भन्ने लख काट्दै थियौँ । आधा घण्टा गुडेपछि हामी साङ सुङ क्वा पुग्यौँ ।   त्यसको आयतन निकै फराकिलो थियो । सजावट र सुन्दर पनि । यो हो फार्म छँन्दु मेनसिन कृषि बिकास सहकारी लिमिटेडद्वारा निर्मित आधुनिक कृषि आयोजना रहेछ । यो छँन्दुको जिनजिङ जिल्लामा पर्दोरहेछ । करिब ५०० करोड युवान लगानीमा निर्मित योहो फार्म करिब ७५० क्षेत्रफलमा फैलिएको रहेछ । त्यो फार्म हाउस मात्र नभएर सुन्दर पार्क पनि थियो । यहाँ बैज्ञानिक कृषि प्रणाली, सहरिया आधुनिक कृषि बिकास आयोजनाको अबलोकन पनि हुँदोरहेछ । योहो फार्म पार्कलाई सुन्दर फूलको सागर मानिदोरहेछ । पारिवारिक जमघटसहित बिभिन्न प्रकारका चिया र कफीको मज्जा लिनलाई यहाँको बिशेषता मानिदोरहेछ । हरियाली चौरमा केन्द्रित भयौँ । चिसो ज्यादा थियो । तुसारो बर्षिरहेकाले प्लाष्टिकको रेनकोट ओढ्न दिइएको थियो । एक चिनियाँ युवा जोशिलो जसको हातमा सिटि थियो अनि गलामा गोलो घडी झुन्डिएको थियो । देख्दा ऊ रेफ्रीजस्तो देखिन्थे । सबैलाई पंक्तिमा सामेल गरेर चार टिममा बिभाजन गरे । सबैलाई भिन्नाभिन्नै रंगको जर्सी लगाउन दिए । चारै टिमलाई झण्डा दिएर आआफ्नो टिमको नामाकरण, चिनारी र नारा तय गर्न लगाए । टोली बिभाजन कार्य सकिएपछि केही समय अभ्यास गराए । एउटा डम्फु जसको पुरै घेरामा करिब चार मिटरको डोरी १२÷१४ वटा डोरी जोडिएको हुनेरहेछ । १२/१४ जनाले डोरी तन्काएर डम्फुलाई बिस्तार्रै मच्चाउने र त्यसमाथि बल उफार्ने, जसले धेरै गिन्ती पु¥यायो उसैको जित हुने खेल रहेछ । प्रतिस्पर्धामा हाम्रो निलो भेष्ट, चिनारी क्रस खुकुरी, गोर्खाली नाम गरेको टिम बिजयी भयो । उपहार पनि प्रदान गरियो । करिब दुई घण्टा खेल्यौँ । खेल सकिँदा तुसारो पर्ने चिसोमा पनि पसिना बग्यो । त्यसपछि योहो फार्र्म हाउसभित्र लगियो । बिशाल हाउस अत्यन्तै ब्यबस्थित थियो । बिभिन्न प्रकारका बालीबिरुवा ढकमक्क देखिन्थ्यो । यसैको क्यान्टिनमा बसेर दिउँसोको खानपान भयो ।   फार्म हाउसकै बीचमा सबैलाई सामेल गराइयो । दोस्रो कक्षा मनोबैज्ञानिक परामर्श कक्षामा सहभागी भयौँ । कक्षा संचालन भयो । पहिलो चरण सबैलाई ध्यान गराए । दोस्रो चरणमा बिभिन्न रचनात्मक, सिर्जनात्मक क्रियाकलापमा सामेल गराइयो । उद्देश्य भूकम्प प्रभाबितका मानसिकतामा परेको नकारात्मक छाप हटाई पुनर्ताजगी गराउने रहेछ । अनुमान भन्दा फरक प्रस्तुति पायौँ । मनमनै लाग्यो किशोर समूहलाई पढाइने पाठ किन युवाको समूहलाई गरायो ? आश्चर्य पनि लाग्यो । योहो फार्मको कार्यक्रमपश्चात् छँन्दु फर्कियौँ । Dec 14 \"china14-750\"तालिकाअनुसार भ्रमण दललाई स्वागतस्वरुप रात्रिभोजको आयोजना थियो । यो औपचारिक कार्यक्रम थियो । आयोजक संस्थाको प्रतिनिधिले कार्यक्रमको संचालन गरे । जसमा भाषा अनुवादका लागि नेपाली टोलीका तर्फबाट सुरेश महर्जन र चिनियाँ पक्षबाट हिमलत्ता र ग्रिस्मा नामक नेपाली भाषा अनुबादकले अनुवाद गरी भ्रमण दललाई बुझाउन तयार भइन् । आयोजक संस्थाका प्रतिनिधि  ले स्वागत मन्तब्य ब्यक्त गरिन् । जसलाई हिमलत्ताले नेपालीमा अनुवाद गरिन । युवा अथाह उत्साह उमंग, जोश, जाँगरको खानी हो । देशको संबाहक शक्ति हो आदि नेपालीमा हामीलाई अनुवाद गरेर भनियो । प्रायः माओका उक्तिलाई जोडेर आफ्नो भनाइको थालनी गर्दारहेछन । त्यो शैली साह्रै सुन्दर र सान्दर्भिक लाग्यो । भ्रमण दललाई स्वागत गर्दै दुई देशबीचको परम्परागत छिमेकी सम्बन्धको चर्चा गर्दै हमेसा नेपालको असल छिमेकी हुने बिषयलाई जोड दिए । नेपाली भ्रमण दलका प्रमुख प्रतिनिधी लालबहादुर बुढाथोकीले आफ्नो दल र देशको तर्फबाट चीनले गर्दैआएको सहयोगको प्रशंसा गर्दै आफ्नो बक्तब्य वाचन गरे । दोस्रो चरणमा दुबै पक्षबाट मायाको चिनो आदानप्रदान गर्ने काम भयो । तेस्रो चरणमा सांगीतिक प्रस्तुतिद्वारा मनोरञ्जनसहित रात्रिभोजमा सामेल भयौँ । चिनियाँले परम्परागत सांस्कृतिक झलक प्रस्तुत गरे भने नेपाली समूहको तर्फबाट पनि प्रतिनिधिद्वय नवीन खड्का र सागर परियारले सांगीतिक कोसेली प्रस्तुत गरे । बेजोड सांगीतिक प्रस्तुतिको आनन्द लिँदै नाच्दै गाउँदै रात्रिभोज सकियो । ( यो डायरीको दोस्रो भाग शुक्रबारको अंकमा प्रकाशित हुनेछ)

माओवादी हल्लाउने भूकम्पपीडितको चीन भ्रमण : भ्रमणदलका एक सदस्यको डायरी–२

   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy