Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नुवाकोटको तारुकाबासीलाई गोरु जुधाउने चटारो

\"goruकाठमाडौं । ‘तारुकाको पौरख नेपालीको गौरब’ भन्ने मुल नाराको साथ  विगतका वर्षहरु झैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरुजात्रा  प्रतियोगिता आयोजना गरिने भएको छ । माघे सक्रान्तिको अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिरहेको भइरहेको आयोजकले जानकारी दिएको छ । आन्तरिक र बाह्य  पर्यटकको साथै  राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत समेत चर्चा बटुलेको गोरु जुधाई प्रतियोगिताका लागि जनकराज ढुंगानाको  अध्यक्षतामा ९ सदस्यीय माघे सक्रान्ति मेला व्यवस्थापन समितिको गठन गरिएको छ । विगतमा  मेलाबारे राजनीतिक खिचनाती समेत  हुने गरेको भए पनि यसर्ष भने सबै मिलेर मेलालाई व्यवस्थित बनाएर लैजाने समझदारी गरिएको छ । मेलालाई व्यवस्थित बनाएर लैजाने सहमति भएसँगै किसानहरुले प्रतियोगिताकै लागि भनेर पालेको गोरु दर्ता गर्ने क्रम सुरु गरिएको समितिका अध्यक्ष ढुंगानाले  बताए । उनले गाविसको रोहबरमा  भएको भेलामार्फत समिति बनेसँगै   पुस २३ गतेभित्रै सबै गोरुको दर्ता गरिसक्ने कार्यतालिका रहेको  बताए । समितिका अनुसार यसवर्ष तारुका ५ चन्दनीस्थित कटरबोट पाटोमा १८ हल गोरु जुधाइने लक्ष्य छ । विजेता गोरुधनीलाई  नगद र प्रमाणपत्र दिइने दिइने  छ । यस्तै गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दानासहित दुर्घटना बीमा समेतको व्यवस्था गरिने समितिका सचिव होमनाथ सिग्देलले जानकारी दिए । गोरु दर्ता, बीमा, मेला व्यवस्थापना लगायतका कार्यका लागि ९ सदस्यीय अर्को उपसमिति समेत गठन गरिएको छ ।   आवश्यकताअनुसार छोटो समयको लागि ‘होमस्टे’को समेत व्यवस्था गरिने बताइएको छ । भूकम्पको पीडा भुलाउने प्रयास गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पनि उही जोशका साथ गोरु जुधाइ आयोजना गर्न लागिएको हो । तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानवीय क्षति भए पनि  भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै  आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न प्रयास गरिने  ढुंगानाले बताए । १४१५ घरधुरी मध्ये १४०१ घरधुरी भुकम्पले ध्वस्त भएको यस गाविसमा १ जना ले ज्यान गुमाउनु प¥यो भने आधा दर्जन सार्वसाधारण घाइते भएको गाउँ विकास समिति तारुकाका सचिव बालचन्द्र पुनले  जानकारी दिए । विसं २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: