Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नुवाकोटको तारुकाबासीलाई गोरु जुधाउने चटारो

\"goruकाठमाडौं । ‘तारुकाको पौरख नेपालीको गौरब’ भन्ने मुल नाराको साथ  विगतका वर्षहरु झैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरुजात्रा  प्रतियोगिता आयोजना गरिने भएको छ । माघे सक्रान्तिको अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिरहेको भइरहेको आयोजकले जानकारी दिएको छ । आन्तरिक र बाह्य  पर्यटकको साथै  राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत समेत चर्चा बटुलेको गोरु जुधाई प्रतियोगिताका लागि जनकराज ढुंगानाको  अध्यक्षतामा ९ सदस्यीय माघे सक्रान्ति मेला व्यवस्थापन समितिको गठन गरिएको छ । विगतमा  मेलाबारे राजनीतिक खिचनाती समेत  हुने गरेको भए पनि यसर्ष भने सबै मिलेर मेलालाई व्यवस्थित बनाएर लैजाने समझदारी गरिएको छ । मेलालाई व्यवस्थित बनाएर लैजाने सहमति भएसँगै किसानहरुले प्रतियोगिताकै लागि भनेर पालेको गोरु दर्ता गर्ने क्रम सुरु गरिएको समितिका अध्यक्ष ढुंगानाले  बताए । उनले गाविसको रोहबरमा  भएको भेलामार्फत समिति बनेसँगै   पुस २३ गतेभित्रै सबै गोरुको दर्ता गरिसक्ने कार्यतालिका रहेको  बताए । समितिका अनुसार यसवर्ष तारुका ५ चन्दनीस्थित कटरबोट पाटोमा १८ हल गोरु जुधाइने लक्ष्य छ । विजेता गोरुधनीलाई  नगद र प्रमाणपत्र दिइने दिइने  छ । यस्तै गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दानासहित दुर्घटना बीमा समेतको व्यवस्था गरिने समितिका सचिव होमनाथ सिग्देलले जानकारी दिए । गोरु दर्ता, बीमा, मेला व्यवस्थापना लगायतका कार्यका लागि ९ सदस्यीय अर्को उपसमिति समेत गठन गरिएको छ ।   आवश्यकताअनुसार छोटो समयको लागि ‘होमस्टे’को समेत व्यवस्था गरिने बताइएको छ । भूकम्पको पीडा भुलाउने प्रयास गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पनि उही जोशका साथ गोरु जुधाइ आयोजना गर्न लागिएको हो । तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानवीय क्षति भए पनि  भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै  आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न प्रयास गरिने  ढुंगानाले बताए । १४१५ घरधुरी मध्ये १४०१ घरधुरी भुकम्पले ध्वस्त भएको यस गाविसमा १ जना ले ज्यान गुमाउनु प¥यो भने आधा दर्जन सार्वसाधारण घाइते भएको गाउँ विकास समिति तारुकाका सचिव बालचन्द्र पुनले  जानकारी दिए । विसं २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending