Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

विप्लवका प्रवक्ता भन्छन्–मधेसका नेताहरु दलाल र विखण्डनकारी हुन्

\"prakanda\"काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मधेसका नेताहरु दलाल र विखण्डनकारी भएको आरोप लगाएका छन् । मधेसी जनताहरुको आन्दोलन जायज भए पनि आन्दोलनका अगुवाई गर्ने नेताहरु दलल र विखण्डनकारी भएको उनको तर्क छ । मधेसी जनताको आन्दोलनलाई आफ्नो सत्ता स्वार्थको निम्ति, आफ्नो दलाल चरित्रको निम्ति र आफ्नो विखण्डनकारी चिन्तन निम्ति दुरुपयोग गर्ने षडयन्त्र भइरहेको उनी बताउँछन् । ‘कथित मधेसवादी दलका नेता भन्नेहरुले आन्दोलनको नेतृत्व गरिरहेका छन्,’ विश्वकर्माले खबरडबलीसँग भने, ‘त्योबाट मधेसी जनताको आन्दोलन अलग गर्नुपर्छ ।’ ठाकुर र महतोको पछि लागेर अधिकार पाइँदैन प्रकाण्डले मधेसी जनताले विखण्डनकारी र दलालको विरुद्ध संघर्षगर्नु पर्ने बताउँछन् । महन्थ ठाकुर र राजेन्द्र महतोको पछि लागेर गणतान्त्रिक अधिकार प्राप्त नहुने उनको तर्क छ । मधेसी जनाताले नयाँ ढंगले सोंचेर अघि बढ्नुपर्ने उनको सुझाव छ । सत्तास्वार्थको आन्दोलन मधेसी जनताको आन्दोलनलाई आफ्नो सत्ता स्वार्थको निम्ति प्रयोग गर्ने षड्यन्त्र भइरहेका विश्वकर्मा बताउँछन् । आफ्नो दलाल चरित्रको निम्ति र विखण्डनकारी चिन्तनले नै मधेस आन्दोलनको दुुरुपयोग गर्ने षडयन्त्र भइरहेको उनी बताउँछन् । पूर्वका मधेसी र पश्चिमका थारु ठिक विप्लवका प्रवक्ता विश्वकर्माले पूर्वका मधेसी जनता र पश्चिमका थारु जनताको आन्दोलन ठिक भएको बताए । ‘पूर्वका मधेसी जनता र पश्चिमका थारु जनताको आन्दोलन ठिक छ’, उनले भने, ‘त्यसैले रियल जनताको आन्दोलनप्रति हाम्रो समर्थन छ ।’ जनविरोधी संविधानको कारण त्यो आन्दोलन उब्जिएको उनको तर्क छ । अहिलेको संविधानमा मधेसी र थारुको अधिकार नसमेटिएको उनी बताउँछ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: