Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विप्लवका प्रवक्ता भन्छन्–मधेसका नेताहरु दलाल र विखण्डनकारी हुन्

\"prakanda\"काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मधेसका नेताहरु दलाल र विखण्डनकारी भएको आरोप लगाएका छन् । मधेसी जनताहरुको आन्दोलन जायज भए पनि आन्दोलनका अगुवाई गर्ने नेताहरु दलल र विखण्डनकारी भएको उनको तर्क छ । मधेसी जनताको आन्दोलनलाई आफ्नो सत्ता स्वार्थको निम्ति, आफ्नो दलाल चरित्रको निम्ति र आफ्नो विखण्डनकारी चिन्तन निम्ति दुरुपयोग गर्ने षडयन्त्र भइरहेको उनी बताउँछन् । ‘कथित मधेसवादी दलका नेता भन्नेहरुले आन्दोलनको नेतृत्व गरिरहेका छन्,’ विश्वकर्माले खबरडबलीसँग भने, ‘त्योबाट मधेसी जनताको आन्दोलन अलग गर्नुपर्छ ।’ ठाकुर र महतोको पछि लागेर अधिकार पाइँदैन प्रकाण्डले मधेसी जनताले विखण्डनकारी र दलालको विरुद्ध संघर्षगर्नु पर्ने बताउँछन् । महन्थ ठाकुर र राजेन्द्र महतोको पछि लागेर गणतान्त्रिक अधिकार प्राप्त नहुने उनको तर्क छ । मधेसी जनाताले नयाँ ढंगले सोंचेर अघि बढ्नुपर्ने उनको सुझाव छ । सत्तास्वार्थको आन्दोलन मधेसी जनताको आन्दोलनलाई आफ्नो सत्ता स्वार्थको निम्ति प्रयोग गर्ने षड्यन्त्र भइरहेका विश्वकर्मा बताउँछन् । आफ्नो दलाल चरित्रको निम्ति र विखण्डनकारी चिन्तनले नै मधेस आन्दोलनको दुुरुपयोग गर्ने षडयन्त्र भइरहेको उनी बताउँछन् । पूर्वका मधेसी र पश्चिमका थारु ठिक विप्लवका प्रवक्ता विश्वकर्माले पूर्वका मधेसी जनता र पश्चिमका थारु जनताको आन्दोलन ठिक भएको बताए । ‘पूर्वका मधेसी जनता र पश्चिमका थारु जनताको आन्दोलन ठिक छ’, उनले भने, ‘त्यसैले रियल जनताको आन्दोलनप्रति हाम्रो समर्थन छ ।’ जनविरोधी संविधानको कारण त्यो आन्दोलन उब्जिएको उनको तर्क छ । अहिलेको संविधानमा मधेसी र थारुको अधिकार नसमेटिएको उनी बताउँछ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending