Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बेलुकालाई तय भयो ‘निर्णायक’ त्रिपक्षीय वार्ता

\"barta-660x330\"काठमाडौं । सत्तारुढ घटक, प्रमुख विपक्षी दल र आन्दोलनरत मधेसी मोर्चाबीच निर्णयाक हुने भनिएको आइतबारको वार्ता बेलुकाका लागि तय गरिएको छ । सत्तासाझेदार प्रमु्ख दुई दल एमाले र एमाओवादी, विपक्षी कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बेलुका ६ बजे वर्ता हुने भएको हो । यसअघिका पटक पटकका त्रिपक्षीय वार्तासमेत निश्कर्षविहिन भएकाले आइतबारको वार्ता निर्णायक बनाउने नेताहरुले बताएका छन् । मोर्चासँग वार्ता गर्नुअघि सत्तारुढ दलहरुको वैठक बस्ने र त्यसपछि विपक्षी दलसँग छलफल हुने नेताहरुले बताएका छन् । दिनभरीको कसरतपछि अपरान्ह चार बजे प्रम्ुख तीन दलको बैठक बस्ने छ । तीन दलको बैठकपछि मोर्चासँग वार्ता गर्ने तयार गरिएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बस्ने र तीन दलको बैठकपछि साँझ ६ बजेका लागि मोर्चासहितको वार्ता गर्ने समय तय भएको प्रधानमन्त्रीका संयोजक चेनन अधिकारीले बताए । आजको वार्तामा संविधान संशोधन विधेयकमा मधेसी मोर्चाको मागलाई समेट्नेबारे सहमति गरिने बताइउको छ । दलहरुबीच सरकारबाट समेत अनुमोदन भएको तीन बुँदे अवधारणा र मोर्चाको ११ बुँदे मागबारे निर्णायक वार्ता हुने जनाइएको छ । मोर्चाकै एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारार्थ दिल्लीको मेदान्त अस्पतालमा रहे पनि उनको पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागी हुने भएका छन् । महतोले दिल्लीबाटै छुट्टै आन्दोलन घोषणा गरे पनि वार्तामा सहमति भएमा आन्दोलन फिर्ता हुनेछ । विराटनगरमा प्रहरीसँगको झडपमा घाइते भइ थप उपचारका लागि दिल्ली गएका महतोले शनिवार पार्टीको तर्फबाट छुट्टै आन्दोलनको घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending