Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आजको त्रिपक्षीय वैठक निर्णायक बनाउने कसरत

\"3काठमाडौं । सत्तासाझेदार दल तथा प्रमुख विपक्षी दल कांग्रेस र मधेसवादी दलबीच शनिवार पुनः त्रिपक्षीय वार्ता हुँदैछ । प्रमुप्रमुख विपक्षी दल कांग्रेस र सत्तारुढ दल एमाओवादीले शनिवारको त्रिपक्षीय वैठकलाई निर्णायक बनाउन निकै कसरत गरेका छन् । शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति रामचन्द्र पौडेलबीच शनिवारको त्रिपक्षीय वैठक निर्णायक बनाउने सहमति नै गरेका छन् । त्रिपक्षीय वैठक निर्णायक बनाउनका लागि प्रचण्ड र पौडेलले निकै प्रयास गरिरहेका छन् । उनीहरुले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् । कांग्रेस–एमाओवादी त्रिपक्षीय बैठक बोलाउन शुक्रबार सहमत भएपछि शनिवार त्रिपक्षीय वैठक बोलाइएको हो । संविधान संशोधन विधेयकमा सहमति जुटाउनकै लगि त्रिपक्षीय वैठक बोलाइएको हो । संविधान संशोधनका विषयमा आन्दोलनरत मधेसी मोर्चासँग सहमति नभएकै कारण ब्यवस्थापिका संसदको बैठकमा चलिरहेको विधेयक माथिको छलफललाई पनि लम्ब्याइएको छ । मोर्चाले राखेको ११ बुँदे मागलाई संविधान संशोधन विधेयकमा राख्न प्रमुख तीन दल सहमत भएमा सहमति हुने मोर्चाका नेताहरुको भनाइ छ । मोर्चाको मागलाई संशोधन विधेयकमा समेट्नेबारेमा शनिवारको त्रिपक्षीय वैठकमा छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारबाट जनताको अपेक्षा अनुसारको काम हुन नसकेको भन्दै शुक्रबार प्रचण्ड र पौडेलबीच भएको छलफलमा सरकारको कामको पनि समिक्षा गरिएको थियो । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पछिल्लोपटक तय गरेको संघर्षको कार्यक्रम पनि आइतबार सकिँदैछ । आइतबारसम्म पनि सहमति नजुटे थप संघर्षको कार्यक्रम तय गर्ने मोर्चाको तयारी छ । त्यसैले मोर्चाले थप संघर्ष गर्नु नपर्ने गरी आइतबारसम्ममा सहमति गर्ने प्रमुख तीन दलले कसरत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: