Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सांंस्कृतिक विचलनले कमरेडको राजनीति सकियो

\"hemanta-prakash-oli\"काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शनको सांस्कृतिक विचलनकै कारण राजनीति सिद्धिएको छ । एकीकृत माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका ओली तत्कालिम मगराँत राज्य समितिका इन्चार्ज समेत थिए । एमाओवादीमा राजनीतिक दर्शनमा अग्रणी मानिने ओली जीवन दर्शनका ब्याख्याता पनि हुन् । एकीकृत माओवादीको मगरात राज्य समिति इन्चार्ज रहेकै बेलादेखि ओलीको प्रेम प्रसंगले चर्चा पाएको थियो । मगराँत राज्य समितिको कार्यालय पाल्पामा थियो । कार्यक्षेत्र मगराँत भए पनि उनी अधिकांंश समय काठमाडौंमा डेरा जमाएर बस्थे । काठमाडौंको कलंकीमा भएको ओलीको प्रेम कहानीले एकताका राम्रै चर्चा बटुलेको थियो । मगराँत राज्य इन्चार्ज ओलीको कार्यालय पाल्पा भए पनि उनी कीर्तिपुर त्याङलाफाँटमा डेरा थियो । ओलीको प्रेम कहानीसँगै त्याङ्रलाफाँटमा फ्ल्याट नै भाडामा लिएर बसेपछि पनि पार्टीमा उनको आलोचना नभएको होइन् । माओवादीले तत्कालिन जनयुद्धको समयमा धेरैलाई सांस्कृतिक विचलनमा परेको भन्दै कारबाही गरिने गरिन्थ्यो । माओवादीमा त्यस्ता अनैतिक कार्यलाई जघन्य अपराधकै रुपमा लिइन्थ्यो । तत्कालिन माओवादी अदालतले पनि बहुविवाह गर्ने तथा सांंस्कृतिक विचलनमा दोषी ठहरिए हदैसम्मको कारबाहीको फैसला गर्दथ्यो । सांस्कृतिक विचलन भन्दै जनतादेखि कार्यकर्तासम्मले श्रमशिविरदेखि माओवादी शब्दमै ‘भाटे कारबाही’ भेटे । यौन सम्बन्ध राख्नेलाई सांस्कृतिक कारबाही कम्युनिष्टहरुमा नेतादेखि कार्यकर्तासम्म कमरेड्ली भावना हुन्छ । तर कमरेड्ली भावना हुने आफ्नै महिला कमरेडमाथि कुदृष्टि लगाएपछि राजनीति पनि धरापमै पर्दथ्यो । नेताका पद खोसिन्थ्यो, कार्यकर्तालाई श्रम शिविरमा राखिन्थ्यो, जनतालाई भाटे कारबाहि भोगिन्थ्यो । त्यहीमध्येको कारबाही पछिल्लो पटक एकीकृत माओवादीका नेता हेमन्तप्रकाशले पनि भोगे । आफ्नी छोरी समानकी कार्यकर्ता अम्बिका चन्दसँगको प्रेमकै कारण नेता ओलीको राजनीति सकिएको छ । चन्द र ओली पाल्पामा छँदा बाउ–छोरीको जस्तै सम्बन्ध थियो । चन्दले नेता ओलीलाई बुवा भनेरै सम्बोधन गर्थिन । तिनै चन्दसँग अनैतिक सम्बन्ध रहेको भन्दै ओलीलाई कारबाही पनि गरियो । केही महिनाअघि मात्रै चन्दको कोखबाट ओलीको सन्तान जन्मिएपछि उनले आफ्नै कान्छी श्रीमती बनाएर घर लगे । ओलीले कान्छी भित्रएपछि पार्टीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि उनी घरतिर लागेका थिए । अहिले पार्टीको कारबाहीपछि पार्टीले आफ्नो राजनीति सिध्याएको भन्दै रुष्ट बनेका ओलीले अन्ततः माओवादी राजनीति नै परित्याग गरि स्वतन्त्र जीवन विताउने घोषणा गरेका छन् । अाेलकाे कुरा मात्र हाेइन, माअाेवादीका धेरै नेताहरू सांस्कृतिक कारबाहीमा परेका थिए । अहिले वैद्य माअाेवादीमा रहेका रामबहादुर थापा बादलदेखि  पम्फा भुसालसम्मले याे कारबाही भाेगे । अहिले अन्त कतै नजाने माओवादी परित्याग गरे पनि आफू अहिले अन्त कतै नजाने ओलीले बताए । ‘अहिले नै अरु कुनै राजनीतिक पार्टीमा जाने सोच बनाएको छैन,’ ओलीले भने, ‘अब स्वतन्त्र भएर बस्ने सोंंचेको छु ।’ एमाओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका डा. बाबुराम भट्टराईको पनि आलोचक ओली बाबुरामको शक्तिलाई पुरानै शक्तिका रुपमा टिप्पणी गरे । उनले यतिमात्र भने–‘एमाओवादी पार्टी नव धनाढ्यहरुले कब्जा गरे, त्यहाँ हामी बस्नुको औचित्य रहेन ।’ आफूलाई एमाओवादीले पनि निस्कासन गरिसकेको स्वीकार गर्दै ओलीले राजनीतिबाट स्वतन्त्र रहन चाहेको बताए । स्रोतका अनुसार ओली वैद्य माओवादीबाट छुट्टिएर गएका विप्लवहरुसँग जाने तयारी गरेका छन् । उनले केही चरणमा विप्लवसँग पनि छलफल गरिसकेको सोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending