Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विप्लव माओवादीका नेताले राखे राजतन्त्र पुनःस्थापनाको प्रस्ताव

काठमाडौं । गणतन्त्र स्थापनाका लागि १० वर्ष सशस्त्र संघर्ष गरेको नेत्रविक्रम चन्द विप्लव माओवादीका एक नेताले वर्तमान राजनीतिक संकटको निकासको राजतन्त्र पुनस्थापना हुनसक्ने एक विकल्प हुनसक्ने टिप्पणी गरेका छन् । बहुदलीय संसदीय व्यवस्था असफलताको कारण अहिलेको संकट निम्तिएको भन्दै ति नेताले सैनिक शासनलाई अर्को विकल्पको रुपमा प्रस्तुत गरेका छन् ।

\"Bharat-Bom\"सो पार्टीका पोलिटव्यूरो सदस्य भरत बमले अहिलेको राजनीतिक संकट समाधानका लागि राजतन्त्र पुनःस्थापना, सैनिक शासनसहित चार विकल्प प्रस्तुत गरेका छन् । कालिकोटमा जन्मिएका बम सो पार्टीको भेरी–कर्णाली इन्चार्ज हुन् ।

नेता बमले फेसबुक स्टाटस लेख्दै सैनिक कु र राजतन्त्रको पुनस्थापना तथा सामन्ती अधिनायकवाद पहिलो विकल्प हुने दाबी गरेका छन् । दोस्रो विकल्प विप्लव माओवादीको बिद्रोह र जनवादी अधिनायकवाद हुने उनको विश्लेषण छ । तेस्रो विकल्पमा माओवादी र सेना मिलेर राष्ट्रिय विद्रोह गरी राष्ट्रवादी अधिनायकवाद लागू गर्ने तथा चौथो विकल्पमा वर्तमान दलाल सत्ता शासकको निरन्तरता, बिदेशी सेनाको उपस्थिति र उपनिवेसवाद हुने नेता बमले ठहर गरेका छन् ।

उनले आफ्नो पार्टी दोस्रो विकल्पको पक्षमा रहेको उनले स्पष्ट पारेका छन् । ‘हाम्रो पहिलो रोजाई दुई नम्बर बुँदा हो र दोस्रो रोजाई तीन नम्बर बुँदा हो,’ कालीकोट घर भएका बमले आफनो फेसबुक स्टाटसमा लेखेका छन् ।

[caption id=\"attachment_52961\" align=\"alignleft\" width=\"550\"]\"Bharat-Bom-Status\" भरत बमको फेसबुक स्टाटस[/caption]

प्रवक्ताले गरे खण्डन

विप्लव माओवादीका पोलिटव्यूरो तहका नेताबाट राजतन्त्रको पक्षमा सार्बजनिक यो विश्लेषणले नयाँ तरंग सिर्जना गरिदिएको छ । तर, उनकै पार्टीले भने यसलाई हावादारी कुराको संज्ञा दिएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘त्यो उहाँको व्यक्तिगत र हावादारी कुरा हो । हाम्रो पार्टीको आधिकारिक धारणा होइन ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग हुँदा मोहन वैद्यलाई साथ दिएका विप्लवले एक बर्ष अघि आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गरेका थिए । समानान्तर सरकार घोषणा गरेको विप्लव माओवादीले फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending