Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

विप्लव माओवादीका नेताले राखे राजतन्त्र पुनःस्थापनाको प्रस्ताव

काठमाडौं । गणतन्त्र स्थापनाका लागि १० वर्ष सशस्त्र संघर्ष गरेको नेत्रविक्रम चन्द विप्लव माओवादीका एक नेताले वर्तमान राजनीतिक संकटको निकासको राजतन्त्र पुनस्थापना हुनसक्ने एक विकल्प हुनसक्ने टिप्पणी गरेका छन् । बहुदलीय संसदीय व्यवस्था असफलताको कारण अहिलेको संकट निम्तिएको भन्दै ति नेताले सैनिक शासनलाई अर्को विकल्पको रुपमा प्रस्तुत गरेका छन् ।

\"Bharat-Bom\"सो पार्टीका पोलिटव्यूरो सदस्य भरत बमले अहिलेको राजनीतिक संकट समाधानका लागि राजतन्त्र पुनःस्थापना, सैनिक शासनसहित चार विकल्प प्रस्तुत गरेका छन् । कालिकोटमा जन्मिएका बम सो पार्टीको भेरी–कर्णाली इन्चार्ज हुन् ।

नेता बमले फेसबुक स्टाटस लेख्दै सैनिक कु र राजतन्त्रको पुनस्थापना तथा सामन्ती अधिनायकवाद पहिलो विकल्प हुने दाबी गरेका छन् । दोस्रो विकल्प विप्लव माओवादीको बिद्रोह र जनवादी अधिनायकवाद हुने उनको विश्लेषण छ । तेस्रो विकल्पमा माओवादी र सेना मिलेर राष्ट्रिय विद्रोह गरी राष्ट्रवादी अधिनायकवाद लागू गर्ने तथा चौथो विकल्पमा वर्तमान दलाल सत्ता शासकको निरन्तरता, बिदेशी सेनाको उपस्थिति र उपनिवेसवाद हुने नेता बमले ठहर गरेका छन् ।

उनले आफ्नो पार्टी दोस्रो विकल्पको पक्षमा रहेको उनले स्पष्ट पारेका छन् । ‘हाम्रो पहिलो रोजाई दुई नम्बर बुँदा हो र दोस्रो रोजाई तीन नम्बर बुँदा हो,’ कालीकोट घर भएका बमले आफनो फेसबुक स्टाटसमा लेखेका छन् ।

[caption id=\"attachment_52961\" align=\"alignleft\" width=\"550\"]\"Bharat-Bom-Status\" भरत बमको फेसबुक स्टाटस[/caption]

प्रवक्ताले गरे खण्डन

विप्लव माओवादीका पोलिटव्यूरो तहका नेताबाट राजतन्त्रको पक्षमा सार्बजनिक यो विश्लेषणले नयाँ तरंग सिर्जना गरिदिएको छ । तर, उनकै पार्टीले भने यसलाई हावादारी कुराको संज्ञा दिएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘त्यो उहाँको व्यक्तिगत र हावादारी कुरा हो । हाम्रो पार्टीको आधिकारिक धारणा होइन ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग हुँदा मोहन वैद्यलाई साथ दिएका विप्लवले एक बर्ष अघि आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गरेका थिए । समानान्तर सरकार घोषणा गरेको विप्लव माओवादीले फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: