Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

डा. केसीले सरकारलाई दिए एकहप्ते अल्टिमेटम

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदमा पेश गरेकोमा आपत्ति जनाउँदै खारेज गर्न सरकारलाई एक साताको समयसीमा दिएका छन् ।

\"gobinda_kc-400\"डा. केसीले चिकित्सा शिक्षा आयोग र नीति बनाउने निर्णय कार्यान्वयन गर्न आनाकानी गरेको र पछिल्लो समय त्यस विपरित गतिविधि भएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार विज्ञप्ति जारी गरेर डा. केसीले भनेका छन्, ‘नीति आइसकेपछि त्यस अनुसार मात्र चिकित्सामा थप शिक्षण संस्थाहरुलाई अनुमति दिने सहमति विपरीत प्रतिष्ठान वा त्यस्तै अन्य कुनै वहानामा त्यस्ता शिक्षण संस्था ल्याउनु विगतका सहमतिको घोर उल्लंघन हो । ‘त्यसले सहमतिको उल्लंघन मात्र गर्दैन, सरकारले मेडिकल शिक्षाको क्षेत्रमा अहिलेसम्म भएका उपलब्धिलाई समेत कुल्चेर थप भद्रगोल स्थिति सिर्जना गर्न चाहन्छ भन्ने देखाउँछ ।’

देश भूकम्प, आन्दोलन र नाकाबन्दीको तेहेरो चेपुवामा परेको र नागरिकहरुको दैनिक जीवन दयनीय भएको अवस्थामा संसदमा विगतका सहमति र राज्यकै नीतिविरुद्ध गएर बनाइएको विधेयकले प्रवेश पाउनु लज्जाजनक भएको केसीले बताएका छन् ।

चिकित्सा शिक्षा नीति ऐन बनाउन सरकारले ढिला गरेको भन्दै केसीले विगतको सहमति विपरीत ल्याइएको विधेयक हतारहतार संसदमा पुर्याउनुले सरकारको नियत मेडिकल शिक्षामा सुधार गर्नु नभई हालसम्म भएका प्रगतिलाई पनि उल्टाउनु तथा केही व्यक्तिहरुको निहित स्वार्थ पूर्ति गर्न सघाउन उद्दत रहेको दाबी गरेका छन् ।

सरकार र सर्वोच्चको आदेश विपरित मेडिकल कोर्समा भर्ना प्रक्रिया अघि बढाउँदा कारवाही नगरेको तर, हतारहतार नाफाका लागि खोलिएको संस्थालाई जबर्जस्ती प्रतिष्ठानको रुप दिन खोजिरहेको, विभिन्न विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको प्रक्रियामा राजनीतिक हस्तक्षेप हटाउने कानुनी व्यवस्था गर्ने सहमति लत्याइएको केसीको आरोप छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: