Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बारामा मधेसी मोर्चाका कार्यकर्ताले बीपीको शालिक ढाले

कलैया । मधेसी मोर्चाका कार्यकर्ताहरुले बारा सदरमुकाम कलैयामा जननायक बीपी कोइरालाको शालिक तोडफोड गरेका छन् । यसअघि गत भदौ १४ गते मोर्चाकै कार्यकर्ताहरुले वीरगञ्जमा गिरिजाप्रसाद कोइरालाको शालिक पनि ढालेका थिए ।

\"Bara-Kalaiya-Tanab\"गठबन्धन लगायतका आन्दोलनकारी दलहरुले बुधबार बारा सदरमुकाम कलैयामा लाठी जुलुश प्रदर्शन गरेका थिए । कलैयास्थित श्री ३ चन्द्र उच्च माविमा जम्मा भएर जुलुस निकालिएको थियो । सरकार र प्रमुख तीन दलको विरोधमा नाराबाजी गर्दै जुलुसमा सहभागी आन्दोलनकारीहरुले कलैया–६ मोतिबाग, पानीट्याकीस्थित कांग्रेस कार्यालयमा तोडफोड गर्दै वीपीको शालिक ढालेका हुन् ।

सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले कांग्रेस पार्टी कार्यालय परिसरभित्र रहेको जननायक वीपी कोइरालाको शालिकको टाउको लिएर कलैया बजार क्षेत्र परिक्रमा गरेका थिए ।

कांग्रेस पार्टी कार्यालयमा सुरक्षार्थ खटेका प्रहरीहरुले पनि आन्दोलनकारीको ठूलो भिड देखेपछि हस्तक्षेप गरेनन् । आन्दोलनकारीले कांग्रेस कार्यालयमा पेट्रोल बम प्रहार गर्दै आगजनीको प्रयाससमेत गरेका थिए ।

कांग्रेस कार्यालयमा तोडफोड गरेपछि प्रदर्शनकारीहरु कलैया–५ पन्नाबागस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्न पुगेका थिए । तर, प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास र हवाइ फायर गरेर भिड तितरवितर पारेको थियो । एमाले पार्टी कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबीच केहिबेर दोहोरो झडप भएको थियो ।

निषेधाज्ञा तोड्दै लाठीसहित निस्किएको जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुसपछि भरत चोकमा परिणत भएको आमसभालाई सम्वोधन गर्दै मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले आफूहरुको माग सम्वोधन नभएसम्म आन्दोलन नरोकिने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: