Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मधेसी नेताहरुले पहिला ठुला माग राखेर अहिले सम्झौता गर्न डराए : पौडेल

\"ramchandra\"अर्घाखाँची ।  नेपाली  कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसवादी नेताहरुले पहिला ठुला माग राखेको तर ती मागहरु अहिले पुरा हुन नसक्ने भएपछि अहिले सम्झौता गर्न डराएको बताएका छन् । रिपोर्टस क्लव नेपाल अर्घाखाँचीले आयोजना गरेकोे साक्षात्यकार कार्यक्रमलाई संवोधन गर्दै उनले भने –‘सबै माग पूरा हुन सक्ने अवस्था छैन, उहाँहरु अब जनताले गालि गर्छन् की भनेर सहमतिमा आउन खोज्नु भएको छैन, ‘तर हामीले  आन्दोलनको स्वरुप बदल्नको लागि भूमिका निर्बाह गरेका छौँ ।’ उनले  मधेसी आन्दोलनकारी संग काग्रेसले वार्ता गरिरहेको र वार्ता सहमति नजिकै पुगेकाले छिटै सिमा नाका खोल्ने र दसगजाको  आन्दोलन रोकिने बताए  । पौडेलले आन्दोलनरत मधेसी मोर्चाद्धारा उठान गरिएको सिमाङ्कनको मुद्धा तत्काल हेरफेर हुन नसक्ने बताउँदै मोर्चाले उठाएको मुद्धामा कांग्रेस धेरै लचक रहेता पनि सिमाङ्कनको बिषयमा भने तत्कालै फेरबदल गर्न नसकिने तर कम्तिमा तिन महिनाको अवधिमा टुङ्याउन सकिने  उनको कथन थियो । जारी संविधानमा मधेसी जनताको अधिकार सुनिश्चित भएको भएपनि मोर्चाका नेताहरुको मनोबैज्ञानिक दरारका कारण अहिलेको अवस्था सिर्जना भएको नेता पौडेलको भनाई रहेको छ । उनले काग्रेसभित्र कुनै पनी खेमा नभएको र नेपाली काग्रेस एकढिक्का रहेको बताए । काग्रेस भित्र प्रतिस्पर्धाको राजनीति भए पनि कुनै गुट नभएकासधैँ भागवण्डाबाट पार्टी चल्न नसक्ने बताउँदै पौडेलले अब कार्यकर्ताको लागि मूल्यांकन गर्ने परीक्षाको घडी आएको बताए । उनले दुई नेताले पार्टी र प्रधानमन्त्रीको अनुभव बटुलीसकेको हुँदा उनीहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । नेता पौडेलले सरकाले मन्त्री माथि मन्त्री थप्ने काम गरेको हुँदा यही मन्त्रीको गोलाले सरकार आफै ढल्ने दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: