मधेस आन्दोलन र नाकाबन्दी चाँडै अन्त्य हुन्छ :प्रचण्ड
पौष १६ गते, २०७२ बुधवार 30th December, 2015 Wed१५:१३:४० मा प्रकाशित
काठमाडौं । एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले लामो समयदेखि सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने बताए ।
अध्यक्ष दाहालले भने –‘मधेसको समस्या समाधान प्रयासमा छौँ, आशावादी छु केही दिनभित्र समस्याको समाधान हुन्छ, नाकाबन्दी पनि टुङ्गिन्छ ।’ उनले वार्ता र संवादबाटै समस्याको समाधान हुने बताए ।
शान्तिका दूत गौतमबुद्ध नेपालमा जन्मिएको भनेर अभियान चलाउनु विश्वभरका नेपालीका लागि गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले विश्वभर रहेका भ्रमलाई चिर्नका लागि अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
गौतमबुद्धबारे अभियान सञ्चालन गर्ने कार्यमा देशभित्र र देश बाहिर केही तहमा अझै हिच्किचाहट बाँकी नै रहेको बताउँदै उनले नेपालीमा रहेको मनोवैज्ञानिक दबाबको अन्त्य हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले भने –‘विश्वभर फैलिएको गलत सूचना सच्याउने अभियानले गति लिएको छ, यो सामान्य प्राविधिक कुरा होइन, हामी सबै नेपालीको पहिचान स्थापित गर्ने कुरा हो, यो पुनित र गौरवशाली काममा सबैको साथ हुनुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: