पौष १६ गते, २०७२ बुधवार 30th December, 2015 Wed१४:०३:१० मा प्रकाशित
खोटाङ । हाट भर्न गएर घर फर्किएका खोटाङका एक युवक सात दिनपछि मृत फेला परेका छन् । जिल्लाको उत्तरी गाविस फेदी–४ का २९ वर्षीय मनकुमार राई मङ्गलबार बेलुका मृत फेला परेका हुन् ।
गत पुस–८ गते बाक्सिलास्थित बुधबारे हाट भर्न घरबाट हिँडेका राई छिमेकी गाविस बाँसपानी–५ मा मृत फेला परेको स्थानीयवासीले बताएका छन् । गाई चराउन गएका गोठालाले बाँसपानी–५ र ७ को सिमानामा पर्ने ठाडो खोल्सीमा राईको शव फेला पारेपछि प्रहरी चौकी बाक्सिलालाई खबर गरेका थिए ।
राईको मृत्युबारेको रहस्य खुल्न बाँकी रहेको जिप्रका, खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए । राईको मृत्युबारे थप अनुसन्धान गर्न जिल्लाबाट घटनास्थलतर्फ अनुसन्धान टोली परिचालन गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: