Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

पूर्व गृहराज्यमन्त्रीलाई एसपीले भगाएपछि...

\"devendra-raj-kandel-munnababu\"नवलपरासी । पूर्व गृहराज्यमन्त्री तथा कांग्रेस नेताले शक्ति आडमा अरुलाई दुःख दिएको भन्दै प्रहरी कार्यालयभित्रै नाराबाजी गरेपछि पूर्वगृहराज्यमन्त्रीलाई एसपीले भगाएका छन् । पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल (मुन्नाबाबु)सँगको विवादपछि उज्जवल गडतौला र योगेन्द्र पटेल सदरमुका परासीस्थित प्रहरी हिरासतमा छन् । शक्तिको आडमा झुठ्ठा मुद्दा लगाएर फसाएको भन्दै थुनामा रहेका अभियुक्तका आफन्तहरुले प्रहरी कार्यालय घेरेपछि एसपी नलप्रसाद उपाध्यायले आफ्नै गाडीमा राखेर कण्डेललाई भगाएका हुन् । अभियुक्तद्वयका आफन्तले सोमवार जिल्ला प्रहरी कार्यालय घेराउ गरी मुन्नाबाबुविरुद्ध नाराबाजी गरेका थिए । त्यतिबेला कण्डेल प्रहरी परिसरभित्रै रहेका थिए । कांग्रेस नेता खुमबहादुर खड्का पक्षधरका कण्डेल नेपाली कांग्रेस नवलपरासीका जिल्ला अध्यक्ष पनि हुन् । भारतको ठूठीबारीस्थित राद्यादेवी इन्टर कलेजको सम्पत्तिको विषयमा कण्डेल र गड्तौलाको विवाद रहेको र सोही कारणले कण्डेलले फसाएको आफन्तको आरोप छ । विवादलाई लिएर गत कात्तिक १३ गते बडहरा दुवौलियाको ललितपुर गाउँमा धान लिन पुगेका गड्तौलालाई पेस्तोलसहित आक्रमण गर्न आएको भन्दै कण्डेलले फसाएको आरोप आफन्तले लगाएका छन् । सोही विषयलाई लिएर प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका कारण गड्तौला र पटेल हिरासतमा छन् । घटनाको अनुसन्धान गर्न अदालतबाट म्याद थप गरी उनीहरुलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । कलेजका संस्थापक राद्यादेवी कण्डेलको मृत्युपछि कलेज प्रबन्धक पद खाली रहेको छ । त्यसमा दुबै जनाले आफ्नो दाबी गरेपछि विवाद उत्पन्न भएको थियो । भारतमा बसोबास गर्दै आएका गड्तौलालाई भारतीय भूमिमा अपहरण गरि नेपाल पु¥याएको भन्दै गड्तौला र पटेलका आफन्तहरुले भारतीय प्रहरीमा  अपहरणको मुद्दासमेत दर्ता गरेका छन् । मुद्दा दर्तापछि अहिले कण्डेल भारतमा जान सकेका छैनन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending