Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

एआईजी वज्राचार्यको शंकास्पद ४० लाखले गौरीशंकर सहकारीका सदस्यहरु मर्कामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रमेशशेखर वज्राचार्यले स्रोत नखुलेको ४० लाख रुपैयाँ राखेको फेला पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सबै कारोबार रोक्का राखेको छ । मैतीदेवी, काठमाडौंमा मुख्य कार्यालय रहेको र रञ्जना गल्ली, न्युरोडमा शाखा कार्यालय रहेको उक्त सहकारी संस्थामा एआईजी वज्राचार्यले स्रोत नखुलेको उक्त रकम राखेको रहस्य सार्वजनिक भएपछि अख्तियारले उक्त संस्थाका सबै सदस्यहरुको कारोबार रोक्का गरेको हो । एआईजी वज्राचार्यको जाली भारतीय मुद्रा कारोबारमा संलग्नताबारेको समाचार भारतीय छापामाध्यममा निरन्तर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा एआईजी वज्राचार्यको नाममा स्रोत नखुलेको ४० लाख रुपैयाँ गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्थामा भेटिएको थियो । भारतीय पत्रपत्रिकाहरुले एआईजी वज्राचार्यविरुद्ध भारतीय जालीनोट कारोबारमा संलग्न भनी निरन्तर समाचार छापेपछि त्यसको छानबिन गर्न र बर्दीको रक्षा गर्न सरकारलाई झक्झक्याउँदै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एआईजी वज्राचार्यको सम्पत्तिमाथि छानबिन सुरु गरेको थियो । त्यही छानबिनका क्रममा उनले गौरीशंकर बुहउद्देश्यीय सहकारी संस्थामा राखेको ४० लाख रुपैयाँ भेटिएपछि अरु सबै सदस्य बचतकर्ताहरुको खाता कारोबार रोक्का गरी अख्तियारले छानबिन अघि बढाएको अख्तियारसम्बद्ध स्रोतको दाबी छ । वज्राचार्यको स्रोत नखुलेको उक्त रकम सम्बन्धमा आयोगले छानबिन अघि बढाएपछि गौरीशंकरका सञ्चालक तथा व्यवस्थापकहरु आफ्ना सदस्य र व्यवस्थापन सहयोगीसमेतलाई कुनै जानकारी नदिई विभिन्न बहानामा अन्यत्र पलायन हुँदै आएका छन् । गौरीशंकरका सञ्चालकहरुमध्येका एकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सहकारीमा २५ हजार सदस्यहरु रहेको र अख्तियारले ती सबैको खाता रोक्का गरेको बताए । तर सो सहकारीको २१४०१६२ नम्बरमामा फोन गर्दा एक महिलाले अर्को महिलालाई फोन ट्रान्सफर गरिन् । यस्तै कुराकानीमा ती महिला कर्मचारीले भने संस्थामा रहेका सदस्य संख्या बताउन नमिल्ने उल्लेख गरिन् । मैतीदेवीमा कार्यालय रहेको सो सहकारी संस्थाको ४४१८६८९ नम्बरमा फोन गर्दा फोन काटिएको आवाज आउँछ । उक्त संस्थाको वसन्तपुर काठमाडौंमा रहेको शाखा कार्यालय यतिबेला रञ्जना गल्लीको सोडा पसलअगाडि विना साइनबोर्ड सञ्चालन गरिएको र उक्त सहकारीबारे त्यसका सदस्यहरुलाई समेत सञ्चालकहरुले कुनै जानकारी नगराएको ती सञ्चालकले बताए । वडा नं। २३ मा रहेको कार्यालय लुसुक्क बन्द गरेर सञ्चालकहरु अर्ध–भूमिगत अवस्थामा बस्नथालेको झण्डै चार महिना भइसकेको स्रोतको दाबी छ । यस्तै, मैतीदेवीस्थित उक्त सहकारी संस्थाको मुख्य कार्यालय बन्द अवस्थामा रहेको छ । उक्त सहकारीमा कार्यरत एक कर्मचारीले आइतबार दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाभित्र कार्यक्षेत्र रहेको उक्त संस्थामा करिब १६ सय सदस्यहरु रहेको कारोबार करिब नौ करोड रुपैयाँ रहेको दाबी गरे । उक्त कार्यालयमा कार्यरत कर्मचारीलगायतका तथ्यांकका आधारहरु नै विरोधाभाषपूर्ण देखिएका छन् । दर्ता नं। ५२५–०५५÷०५६ रहेको उक्त संस्थामा यतिबेला अनुसन्धानका क्रममा एआईजी वज्राचार्यको स्रोत नखुलेको ४० लाख रुपैयाँ रहेको खुलासा भएपछि उक्त संस्थामा रकम जम्मा गरेका सयौँ सदस्यहरुको रकम समेत जोखिममा पर्ने देखिएको छ । संस्थामा अख्तियारले गरेको अनुसन्धानका क्रममा उक्त रकम रहेको खुलासा भएपछि कारोबार बन्द हुँदा सयौँ सदस्यहरु मर्कामा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending