Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

मधेस आन्दोलन र भारतीय नाकाबन्दीले धनकुटामा विकास निर्माण कार्य ठप्प

धनकुटा । करिब चार महिनादेखि जारी भएको मधेस आन्दोलनको असर धनकुटामा निर्माण क्षेत्रमा समेत देखिएको छ । पेट्रोलियम पदार्थ र निर्माण सामग्री अभावका कारण सयौं योजना अलपत्र परेका छन् । जिल्लामा सात महिनायता विकास निर्माणका कार्य ठप्प बनेका छन् । गत वैशाखमा गएको विनाशकारी भूकम्प, वर्षातका तीन महिना सरकारले गरेको गिटी, बालुवा, ढुङ्गा उत्खननमा रोकावट र पछिल्लो समयमा भारतीय अघोषित नाकाबन्दी तथा तराईमा भइरहेको आन्दोलनका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्री अभावका कारण विकास निर्माणका कार्य प्राय ठप्प बनेको धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । जिल्ला विकास समितिको ३४ वटा ग्रामीण सडक, ६ वटा खानेपानी योजना, ९ वटा साना सिँचाइ, ११ वटा झोलुङ्गे पुल, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको ४० वटा, स्वास्थ्यका २१ वटा योजना सञ्चालन हुन सकेका छैनन् । सडक डिभिजन अन्तर्गत धनकुटा र तेह्रथुम जिल्लामा २५ योजना सञ्चालन हुन सकेका छैनन् । पेट्रोलियम पदार्थ, निर्माण सामग्री र कच्चापदार्थको अभावले काम लगाउन नसकेको सडक डिभिजन कार्यालय प्रमुख ईश्वर रिजालले बताए । अहिले सिमेन्ट, रड, गिटी, ढुङ्गा र बालुवाको सहज आपूर्ति हुन सकेको छैन । बजारमा सामान नपाएपछि चिनजानको आधारमा महंगो मूल्यमा सामान किनेर केही योजनाको काम गरिरहेको निर्माण व्यवसायी कमलदिप तिगेलाले बताए । यस्तै, भारतीय अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण निर्माण सामाग्री अभाव भएपछि जिल्लामा सञ्चालित शान्तिका लागि विकास र पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमले चालू आर्थिक वर्षमा पनि पूर्णता नपाउने भएको छ । विगत वर्षमा सरकारले पर्याप्त बजेट निकासा नदिँदा गत पाँच वटा आर्थिक वर्षदेखि अधुरै रहेका निर्माणाधीन ४४ भन्दा बढी साना ठूला क्रमागत योजनाको काम तीन महिनायता प्राय ठप्प बनेको छ । पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणका लागि जिल्लामा चालू आर्थिक वर्षको सुरुमै खर्चको अख्तियारी आएको भएपछि गाविस भवन, स्वास्थ्य केन्द्र, मन्दिर, विद्यालय भवन मर्मत र निर्माण शान्ति पार्क, सामुदायिक सूचना केन्द्र तथा सहिद सरोकार स्मृति केन्द्र लगायत दर्जनौं योजनाको कामले गति लिन नसकेको जिल्ला प्राविधिक कार्यालय प्रमुख जिल्ला इन्जिनियर प्रकाश चौधरीले बताए । यसैबीच निर्माण सामग्री अभाव भएपछि ठेक्का सम्झौता सकेर काम गरि रहेका निर्माण कम्पनी तथा उपभोक्ता समितिले लागत पुनः मूल्यांकन गरेर मूल्य वृद्धि अनुसारको रकम थपिदिन माग गरेका छन् । नाकाबन्दीले बजारमा निर्माण सामग्री नपाइने र पाइहालेमा पनि निकै महंगो मूल्य तिर्नु परेको उनीहरूको गुनासो रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending