Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

सिन्धुपाल्चोकका भूकम्पपीडितले गाउँमै पाए रोजगारी

\"sramसिन्धुपाल्चोक । सिन्धुपाल्चोकका भूकम्पपीडितले गाउँमै रोजगारी पाएका छन् । भूकम्पले आफ्नै गाउँमा भत्केका संरचनाहरु निर्माणमा काम गर्ने गरी उनीहरुले रोजगारी पाएका हुन् । भूकम्पले आफ्नै गाउँमा भत्किएका संरचना पनि निर्माण हुने र काम गरे वापतको उचित पारिश्रमिक पनि पाउने भएपछि भूकम्पपीडितहरु खुशी देखिएका छन् । सिन्धुपाल्चोकको फुल्पिङकोटसहित ३८ गाविसमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आफ्नै गाउँको भत्किएका संरचना निर्माण गर्ने सिर्जना गरेपछि उनीहरु निकै खुशी देखिएका छन् । आफ्नै गाउँका संरचना निर्माण भूकम्पले ध्वस्त भएका आफ्नै गाउँ निर्माण गर्ने अवसर सिर्जना गरिएको भन्दै भूकम्प प्रभावित क्षेत्रका पीडितहरु उत्साहका साथ काममा लागेका छन् । आफ्नै गाउँ निर्माण हुने र काम गरेवापतको पारिश्रमिक पनि पाउने भएपछि निकै खुशी लागेको फुल्पिङकोटका अर्जुन नेपालले बताए । डब्लुएफपीको आर्थिक सहयोग र सेवक नेपालको प्राविधिक तथा ब्यवस्थापकीय सहयोगमा शुरु परियोजना अन्तर्गत पीडित कामदार ४० दिन आफ्नै गाउँ निर्माणमा लाग्नेछन् । उनीहरुले श्रम गरेवापतको १६ हजार नगद सहयोग प्राप्त गर्ने परियोजनाले जनाएको छ । अशक्त र वृद्धले तालिम लिएर पैसा पाउने उक्त परियोजनाअन्तर्गत काम गर्न नसक्ने अशक्त, वृद्धवृद्धा र फरक क्षमता भएकाहरुलाई तालिम प्रदान गरी अन्य कामदार सरह तलब सुविधा पाउने भएका छन् । काम गर्न नसक्ने अशक्त भूकम्पपीडितहरुले पनि तालिम पाउने भएपछि उनीहरु पनि निकै खुशी भएका छन् । जिल्लाको ३८ गाविसमा सञ्चालित कार्यक्रम अन्तर्गत २१ गाविसका श्रम गरेवापत नगद प्राप्त गर्नेछन् भने १७ गाविसका पीडित कामदारले सोही रकम बराबरको खाद्यान्न प्राप्त गर्ने सेवक नेपालले जनाएको छ । बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर भूकम्प आएपछि बैशाख २९ गतेको सिन्धुपाल्चोक केन्द्र भएर गएको पराकम्पले सिन्धुपाल्चोकमा ठूलो क्षति पु¥याएको छ । सिन्धुपाल्चोकको फुल्पिङकोटमा मात्रै एक हजार एक सय ५३ घरधुरी भूकम्पले पीडित बनेका छन् । ती मध्ये एक हजार ७२ घरधुरीका पीडित उक्त कार्यक्रममा सहभागी भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending