Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

भावनाको एकीकरण गराैं, द्वेषको खेती नगरौं

चोक–चोकमा धुँवाको मुस्लो निकाल्दै पकाउने चिया पसलदेखि सुरापानले सुर्रयाउने मदिरालयसम्म यतिबेला चर्चाको चुलीमा रहेको विषय हो–राष्ट्राध्यक्षको जानकी मन्दिर भ्रमण र त्यसमाथि आन्दोलनकारीहरुले प्रदर्शन गरेको उत्तेजक प्रतिक्रिया । यो विषयले राष्ट्रका भयानक एवं तुरुन्त समाधान गर्नुपर्ने समस्यालाई मात्र ओझेलमा पारेको छैन, अपितुः ज्वलन्त विषयलाई विषयान्तर समेत गरेको छ । दुनियाँलाई थाहा छ भयङ्कर भूकम्पको मार खेपेका जनताहरु तराईको आन्दोलनमा ज्यान जाने निमुखा जनताकै हाराहारीमा मृत्युको मुखमा परिसकेका छन् र एक–डेढ महिनाको अवधिमा यो संख्या तेब्बरभन्दा बढी हुने आँकलन पनि गरिएको छ । [caption id=\"attachment_44721\" align=\"alignnone\" width=\"150\"]\"लेखक\" लेखक[/caption] गरिबी र पीडाले यत्रो सङ्ख्यामा जनता मरिरहँदा सरकार खोक्रो राष्ट्रवादको बाँसुरी बजाइरहेको छ, अन्धराष्ट्रवादको मन्त्रोच्चारण गरिरहेको छ । नाकाबन्दीको भुङ्ग्रोमा बाँचिरहेका आम जनताप्रति सरकार हदैसम्म उदासीन देखिएको छ । न नाका सुचारु गर्न कूटनीतिक पहल पुगेको छ न अन्य भरोसालाग्दा विकल्पतिर उन्मुख भएको देखिएको छ । सरकारका सकल पहलकदमी अर्थहीन भएका छन् । देश थलिएको छ, जनता शिथिल छन्, कालोबजारीले अर्थतन्त्र डामाडोल छ, जनताको ढाड सेकिएको छ । कैयन् अहंकारी अभिव्यक्तिका कारण पहाड र मधेसको भूगोलबीच भयावह खाडल खनिएको छ । शीतको छाना मुनि आकाशलाई सिरक सोच्नुपर्ने निरीह जनतालाई सरकार राष्ट्रवादको दुन्दुभी बजाउन आह्वान गरिरहेको छ । कहिले केरुङ नाकाको गीत गाउने त कहिले कोरला नाकाको मादल बजाउने सरकारी दैनिकीबाट वाक्क भएका छन् महङ्गीको मार खेपेका सामान्य जनहरु । ठीक यस्तो घडीमा आफ्नी आमाको नाम मिथिला र ठूली आमाको नाम जानकी भएकै कारण मिथिलाञ्चलप्रति आफ्नो असीम प्रेम भएको काइते कथन बोकेर जब राष्ट्राध्यक्ष धार्मिक थलोमा पदार्पण गर्छ, मुटुमा चोट बोकेका मान्छेहरु स्वाभाविक रुपमा पत्थर बोकेर आउँदा रहेछन् भन्ने कुरा पुनः सिद्ध भएको छ । हालैका दिनमा राष्ट्राध्यक्ष भएर कुनै राजनैतिक दलको सदस्य नरहे पनि अनुदार प्रधानमन्त्रीको कलङ्क बोकेका वर्तमान प्रधानमन्त्रीसँगको उनको चोचोमोचो र हिमचिम युगौं पुरानो हो भनेर जान्नेबुझ्नेहरुले हत्पती उनको पदीय गरिमालाई स्विकारेनन् दिलैदेखि र त भयो यो अनपेक्षित दुर्घटना । मूलतः उनलाई यो घडी अर्चना गर्नका निम्ति असहज हुने कुरा सम्बन्धित मूल पुजारी र सुरक्षा सम्बद्ध निकायले पनि पूर्व जानकारी गराएका कुरा सञ्चारमाध्यममा आएका छन् । यदि यो सत्य हो भने उनी त्यहाँ जानु पदीय अहंकार र अभिमान हो भनेर अथ्र्याउन आवश्यक छ । राष्ट्रपति जस्तो गरिमामय पदमा आसीन व्यक्तित्वले भ्रमणपूर्व विस्तृत जानकारी लिन चुकेको कारण वा त्यहाँ जे नाम वा निहुँमा चलेको आन्दोलन नै किन नहोस् त्यसको रतिभर परवाह नगरी परिभ्रमणमा निस्कनु पनि यो मानवता र सभ्यता सँगसँगै जलेको याममा सान्दर्भिक हुने थिएन ।
मूलतः उनलाई यो घडी अर्चना गर्नका निम्ति असहज हुने कुरा सम्बन्धित मूल पुजारी र सुरक्षा सम्बद्ध निकायले पनि पूर्व जानकारी गराएका कुरा सञ्चारमाध्यममा आएका छन् ।
समाजलाई सङ्कुचित परिधिमा सीमित गर्ने दरिद्र मानसिकता बोकेकाहरुले नेतृत्व गरेकै कारण बोक्सीको आरोपमा निर्दोष आमाहरुले रोजिन्दा दिसा खानु परेको, दहेजको असन्तुष्टिमा असङ्ख्य बहुहरुले ज्यूँदै जल्नुपरेको र सिनो खान आनाकानी गरेकै कारण कैयन् दलितहरु लखेटिनु परेको जस्ता घृणित कर्महरु दिनानुदिन भएको जगजाहेर नै छ । अझ बढी भन्ने हो भने हरखाले पूर्वाधार उपलब्ध हुँदासमेत मधेश यति धेरै पिछडिनुको कारकतत्व कुनै चुच्चे नाक भएको खस शासक भन्दा बेसी त्यहीँ युगौं बसोबास गर्दै आएका रैथाने जमिन्दार हुन् भनेर तराईका अपठित, पेलिएका, हेपिएका आम मधेशवासी दाजुभाइ, दिदी बहिनीले बेलैमा बुझ्नु जरुरी छ । भलै सिङ्गो देश लुट्ने शासकमा खस, आर्य नभएको भने बिलकुल होइन, बहुसङ्ख्यक तराईवासीका निम्ति । सीमाना वारि र पारीका सामन्तहरुको अधिकार अक्षुण्ण राख्न र संविधान किञ्चित प्रगतिशील हुँदाखेरि खाईपाई आएको सुविधाबाट वञ्चित भइएला भन्ने भय बेसी हो युगौं सोझासाझा मधेशी लुटेका फटाहाहरुको । अन्यथा वर्षौंदेखि पीँधमा पारिएका बहुसङ्ख्यक निरीह मधेशीका निम्ति जमिनको समान वितरण, वैज्ञानिक भूमिसुधार, छुवाछूतलगायत सामाजिक विभेदको अन्त्य, महिला अधिकारको प्रत्याभूति, बालअधिकारको सुनिश्चितता जस्ता दर्जनौं मुद्दाहरुलाई प्राथमिकतामा राखेर उठाइन्थ्यो आन्दोलन न कि फलानो जिल्ला मधेशलाई नभइ हुन्न; टाउका गनेर हामीलाई अनन्तकालसम्म लुट्न दिनुपर्छ; पारिबाट वारि आई नागरिकता नामक चिर्कटो पाउनासाथ राष्ट्रप्रमुख बन्न पाउनुपर्छ जस्ता मुद्दाहरुले मात्र महत्व पाउँदैनथे । त्यतिमात्र नभई यो आन्दोलनकै सिलसिलामा समेत मोर्चाका कार्यकर्ताले मात्र तेल, ग्यास तस्करी गर्न पाउने र अरुले गरे तिनका सवारी ठाउँ कुठाउँ खरानी पारिँदैनथे होला ।
सीमाना वारि र पारीका सामन्तहरुको अधिकार अक्षुण्ण राख्न र संविधान किञ्चित प्रगतिशील हुँदाखेरि खाईपाई आएको सुविधाबाट वञ्चित भइएला भन्ने भय बेसी हो युगौं सोझासाझा मधेशी लुटेका फटाहाहरुको ।
अन्ततः राज्यले अहिले विभिन्न बहानामा जे जस्तो द्वन्द्व झेलेको छ त्यो कुनै पनि मानेमा मनासिव छैन । अनुदारवादी शासनसत्ताले जसरी भोको पेटलाई अन्धराष्ट्रवादको गाना गाउन लगाएको कुरा अनुचित छ त्यति नै अनुचित छ तिनलाई बदला लिने नाममा सारा नेपालीलाई यातना र सास्ती दिने जमिन्दारहरुको कथित मधेश आन्दोलन । जति अनुचित थियो राष्ट्रप्रमुखको जानकी मन्दिरमा उपासना मोह त्यति नै अनुचित थियो उनी फर्केपछिका क्षमापूजा, गोदान र गङ्गाजल ल्याएर मन्दिर चोख्याउने कुरीकुरी लाग्ने कर्म । जति अहङ्कारयुक्त देखिन्थ्यो राष्ट्रध्यक्षको वेतुकको तुजुक त्योभन्दा एकमासा पनि कम अहङ्कारयुक्त थिएन कथित मोर्चा कार्यकर्ताको राष्ट्राध्यक्षमाथि पत्थर र पेट्रोल बम वर्षा । समग्रमा यी तमाम गतिविधि नाकको आकार, छालाको वर्ण र बस्तीको भूगोलका आधारमा विभाजन बढाउने कर्म नै थिए जो दीर्घकालीन भूराजनीतिलाई समेत नराम्रो प्रभाव पार्ने खालका छन् । संयमता र टुट्न लागेका एकताको कडीलाई नरसाईकन अब हामीसँग अर्को विकल्प छैन भन्ने मनास्थिति विकास नगरीकन हामीलाई सुखै छैन । तसर्थ भावनाको एकीकरण गरांै, द्वेषको खेती होइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies