Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाइने

\"Prathibijayenti\" काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठकले यही पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकले सरकारमा पार्टीको सहभागिताको समीक्षा गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा प्रेमबहादुर भण्डारी र बाबुराम बस्नेत सदस्य रहने गरी समिति गठन गरेको छ ।

मधेस आन्दोलनलाई यथार्थ रुपमा अध्ययन गरी त्यसलाई सम्बोधन गर्न विभिन्न उपायको खोजी गर्ने र सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको छ । त्यसैगरी राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पुनःलेखन समिति गठन गरिएको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

यही पुस ११ गते पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकमा सोही दिन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पार्टीको अध्यक्षका रुपमा केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको थियो ।

यसअघि नै पार्टीको महाधिवेशन हुन अब बाँकी रहेको १८ महिनाको समयमा चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व चन्द, राणा र नेता डा प्रकाशचन्द्र लोहनीलाई प्रदान गर्ने निर्णय बैठकले गरेको थियो । रासस केन्द्रीय नेतालाई प्रशिक्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीको सङ्गठन विस्तार गर्ने तथा संविधानकाबारे यथार्थ जानकारी गराउने उद्देश्य सहित केन्द्रीय नेतालाई आजदेखि प्रशिक्षण सुरु गरेको छ ।

यही पुस १५ गतेसम्म धुलिखेलमा सञ्चालन हुने ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा, महामन्त्री धवलशम्शेर राणा र राजेन्द्र लिङ्देन तथा नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका निर्देशक जोन लब्देलले आवश्यक ज्ञान तथा प्रशिक्षण प्रदान गर्ने सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

मुलुकको वर्तमान अवस्था तथा देशभर सङ्गठन सुदुढ गर्न अब केन्द्रीय नेताले निर्वाह गर्ने भूमिकाका साथै प्रशिक्षण प्राप्त गरेपछि देशभर रहेका ग्रामीण बस्ती तथा गाउँ गाउँमा जनतासँग नजिक रही उनीहरुका पिरमर्कालाई समाधान गर्ने बारेमा सहभागीलाई सिकाइन्छ ।

संविधानले जनतालाई प्रदान गरेका विभिन्न अधिकारलाई जनतासम्म कसरी बुझाउने तथा संविधानप्रति असन्तुष्ट रहेका पक्षसँग कसरी सहकार्य गरी जनताको सेवालाई केन्द्रमा राखी पार्टीलाई स्थापित गराउने जस्ता विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षण प्राप्त गरेका नेताले जिल्ला, क्षेत्र तथा गाउँका कार्यकर्तालाई पुनः प्रशिक्षण प्रदान गर्ने छन् । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: