Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नाराबाजीबीच संसद बैठक सुचारु , सरकारको कार्यशैलीबारे चर्को आलोचना

\"sambidhan_photo\"काठमाडौं । मधेसी मोर्चाको नाराबाजीबीच संसद बैठक सुचारु भएको छ । मधेसी मोर्चाका नेताहरुले मधेसको माग संबोधन गर्नुपर्ने र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो धर्नामा बसिरहेका बेला प्रहरीले आक्रमण गरि घाइते बनाएको र दोषीलाई कार्बाही गर्नु पर्ने माग गर्दै नाराबाजी गरेपनि सभामुख ओनसरी घर्तीले संसद बैठक अगाडी बढाए पछि संसद बैठक सुचारु भएको हो । संसदको विशेष समयमा विभिन्न दलका सांसदहरुले भुकम्पपिडितलाई बेवास्ता गर्दै मन्त्रीमण्डल विस्तारमा लागेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले भुकम्पपिडितहरु चिसोले धमाधम मर्न लाग्दा समेत सरकार संवेदनशिल नभएको र निर्माण र पुर्ननिर्माणमा नलागेको भन्दै सत्तापक्षका सांसदहरुले नै सरकारको आलोचना गरेका छन् । उनीहरुले २६ जना भन्दा बढी मन्त्री बनाउन नपाइने संविधानमै स्पष्ट व्यावस्था भएपनि प्रधानमन्त्री सरकार बनेदेखि अहिले सम्म मन्त्रीपरिषद विस्तारमा व्यस्त भएको आरोप लगाए । विशेष समय अगाडि बोल्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनकपुर घटनाबारे संसदलाई जानकारी गराएका थिए। उनले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन गर्न जाँदा मधेसी मोर्चाका कार्यकर्ताले अभद्र व्यवहार गरेको बताए । सो विषयमा छानविन गर्न सरकारले समिति बनाएको भन्दै गृहमन्त्री बस्नेतले समितिको प्रतिवेदनपछि दोषीलाई कारवाही गरिने बताए। आजको बैठकमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचि रहेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending