Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नयाँ संविधानबारे गाउँ गाउँमा बहस

\"sambidhan_dipawali\"अर्घाखाँची । अर्घाखाँची जुकेना १ की रिता खड्काले संविधानमा रहेका मौलीक हक र कर्तव्यका बारेमा दिदी बहिनीहरु सँग छलफल गर्न थालेकी छन् । सिद्धारा ६ का विष्णुबहादुर परियारले दलितका अधिकारबारेमा टोलटोलमा पुगेर सचेतना अभिवृद्धि गर्ने तयारीमा जुटेको बताउछन् । आफ्नो अधिकारको बारेमा थाहा नहँुदा धेरै दाजुभाई दिदी बहिनी अन्यायको शिकार बन्नु परेको उनको धारणा छ । धारापानी १ की उषा पुनले नयाँ सविधानले महिलाहरुलाई  प्रयाप्त अधिकार प्रदान गरेको भन्दै, अब महिलाहरु आत्म निर्भताको बाटोमा हिड्न सहयोग पुग्ने बताउछिन् । खड्का, परियार र  पुन मात्र होइन अहिले अर्घाखाँची जिल्लाका सयांै स्थानीय बासीन्दाहरुले नयाँ संविधानका अन्तर बस्तुको बारेमा खुलेर छलफल गर्न थालेका छन् । स्थानीय शान्ति समिति अर्घाखाँचीको आयोेजनामा जिल्लामा संचालित संविधानको अन्तरबस्तु सम्वन्धि अनुशिक्षण कार्यक्रममा सहभागी भएपछि जिल्लाका बासिन्दाहरुले नयाँ सविधान बारेको बहसलाई तीब्र पारेका छन् । शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा स्थानीय शान्ति समितिले जिल्लाको सन्धिखर्क , छत्रगञ्ज र ठाडा गाविसमा संचालन गरेको प्रशिक्षण कार्यक्रमपछि जिल्लाबासीमा संविधान बारेमा चासो बढेको हो । कार्यक्रममा राज्य निर्देशक सिद्धान्त, राज्य संंरचना र राज्य शक्तिको बाँडफाँड, संघीय कार्यपालिका,संघीय व्यवस्था, प्रदेश कार्यपालिका ,न्याय पालिका ,स्थानीय कार्यपालिका, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, निर्वाचन आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानब अधिकार आयोग ,राष्ट्रिय सुरक्षा सम्वन्धी व्यवस्था ,राजनितिक दल सम्वन्धी व्यवस्था, संकटकालीन अधिकार, सक्रमणकालीन व्यवस्था लगायतका संविधानका अन्तरबस्तुका विषयमा छलफल भएको थियो । अनुशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, अधिवक्ताहरु के.वी. भुसाल , जगन्नाथ भुसाल, पवित्रा भट्टराई वन्जाडे लगायतले नयाँ संविधानका अन्तरबस्तुबारे स्थानीय अगुवाहरुलाई प्रशिक्षित गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending