Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

लाचारी र बदनामीको अर्को नाम केपी ओली !

\"kp-oli-final-final9\"काठमाडौं । भूकम्पछिको पीडा र संविधान बनाएपछि भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी अ‍ोलीले कम्युनिष्ट बाहुल्य सत्ताको बलमा यी दुई समस्याको डटेर मुकाबिला गर्छन् भन्ने धेरैलाई लागेको थियो । संकटले समाधान निकाल्छ भनेर सत्तापक्ष मात्र होइन राजनीतिमा चासो नराख्ने र कतिपय प्रतिपक्षी कांग्रेससहितका दलका नेता कार्यकर्ताले पनि यस्तै सोचेका थिए ।   राजनीतिक रुपमा ओलीलाई साथ नदिइए पनि अधिकांश दल र नेताहरु भारतको यो निर्मम नाकाबन्दीविरुद्ध एकजुटजस्तै थिए । यस्तो बेलामा जिम्मेवार र प्रभावरकारी पहलकदमी लिएर रचनात्मक र व्यवहारिक काम गर्न सकेको भए केपी ओली एकाएक नायक हुने मोडमा थिए ।   तर, उनी सरकार निर्माण भएको तीन महिना पनि नपुग्दै गर्दा सरकार बिस्तारमा केन्द्रित छन् । १२ वैशाखको विनाशकारी भूकम्पको ८ महिना बित्दै गर्दा पीडितले पुननिर्माणको लागि केही पाएका छैनन् । जसको प्रत्यक्ष असर दिनदिनै चिसोका कारण भूकम्पीडितले ज्यान गुमाउन थालिसके । भूकम्पले प्रभावित बनेका सिन्धुपाल्चोकमा झण्डै १२ जना पीडितको चिसोले कठ्याङग्रिएर मृत्यु भएको समाचार आइरहेको छ । यो क्रम अब गोरखा, रसुवा, नुवकोटा, काभ्रे, दोखलाजस्ता जिलमा पनि फैलंदो छ तर, ओलीलाई यो सब दुखिरहेको छैन । बरु ओली बद्नामीको कीर्तिमान बोक्दै सरकारलाई विस्तार गर्दै आफ्नो आयु लम्ब्याउन उद्यत छन् ।   यसैको प्रयास स्वरुप दलहरुलाई चित्त बुझाउन उनले मन्त्रालय फुटाए साना दलका नेताहरुलाई मन्त्री बनाएका छन् । जुन संविधानले दिएको अधिकारको दुरुपयोग हो । संविधानमा बढीमा २५ मन्त्री बनाउन पाइने उल्लेख भए पनि अहिले मन्त्रालयको संख्या २८ पुगेको छ । ६ जना उपप्रधानमन्त्री बनाएर आलोचित बनेका ओली फेरि मन्त्री थप्दै जान थालेपछि झन् बदनाम बन्दै गएका छन् ।   ओली भूकम्पपीडितको लागि व्यवहारिक उपायको खोजी र नाकाबन्दीबाट उन्मुक्ति पाउने उपायको खोजी होइन उल्टो बाटो हिड्दै सरकारमा बस्ने दिनलाई बढाउन मात्र उद्यत छन् । यो उनको लाचारीबाहेक केही होइन । पीडितको पक्षमा सानो मात्रै काम गरे पनि चर्चा बटुल्न सक्ने अवस्थामा ओली छन् । तर, बालुवाटारको वातानुकुलित कक्षमा बसेर भूकम्पपीडितको चिसोले मर्दै गर्दाको पीडाले उनलाई पोल्दैन । यस्तो अवस्थामा सामान्य राजनीतिक अवस्था जस्तै गरी ओली भने सत्ता सहयोगी दल एमाओवादीसहितलाई जिल्लाउँदै सत्ताको आडम्बर देखाउँदै छन् ।   प्रमुख सत्ता सहयोगी दल एमाओवादीलाई ओलीको यो अव्यवहारिक हर्कत मन परिरहेको छैन । एमाओवादीले ओली आफूुखुशी हिड्ने हो भने सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनीसमेत सरकार विस्तार गर्नेबित्तिकै दिइसकेको छ ।   आजका दिनहरुमा असन्तुष्ट मधेसी दलसँग वार्ता र संवाद गरी सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री ओलीको हो । तर, प्रमुख सत्तापक्ष कांग्रेसले सत्तारुढ दल जसरी मधेस केन्द्रित दलसँग वार्ता र संवादलाई जोड दिइरहेका बेला ओली भने नतमस्तक अवस्थामा बसेका छन् । लाचार गैरजिम्मेवार बन्दै सत्ताको उन्मादमा पीडितमाथि कहिलेसम्म पीडा दिने कमरेड ओली !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending