Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

संविधानको भावनाअनुरुप जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्नोस् : सञ्चारमन्त्री राइ

\"serdhanकाठमाडौं  । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको मर्म र भावनाअनुरुप जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ परिस्थितिअनुरुप विभिन्न योजना तथा कार्यक्रमलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याए । ‘अहिले हामी नयाँ संविधान जारी भएको भिन्न परिस्थितिमा छौँ, परिवर्तनको प्रत्यक्ष अनुभूति जनताले पाउने गरी सरकारी संयन्त्रले काम गर्न जरुरी छ । हाम्रा सेवा प्रवाह र कार्य सम्पादनबाट जनताले चाहना र अपेक्षा गरेअनुरुप पूरा गर्न नसके अविश्वास बढ्ने मात्र नभई बजेट योजना कार्यक्रम नै असफल हुने अवस्था आउँछ, त्यसैले हाम्रा वार्षिक बजेट र कार्यक्रमलाई नयाँ परिस्थितिमा समावेश गरी कार्यान्वयनमा सबैले हेक्का राख्नुपर्छ, –सञ्चारमन्त्री राईले भने । उनले नियमित बजेट कार्यक्रमका अलावा सरकारले दुईवर्षे योजना पनि ल्याएको भन्दै त्यसलाई पनि योजनामा समावेश गरी प्रभावकारी कार्यान्वयनमा लैजान सबै मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराए । मन्त्रालय र मातहत निकायको आव २०७२÷०७३ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनतर्फ लक्ष्यित गर्दै उहाँले कार्य प्रगतिको विस्तृत विवरण आउन नसक्नु गम्भीर विषय हो भन्दै, लक्ष्यित बजेट र नीति अनुरुप खर्च र प्रगतिबारे आगामी चौमासिक समीक्षामा पेस गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । केही सरकारी संयन्त्रमा काम समयमा नगर्ने, हेल्चेक्रयाँइ गर्ने र विभिन्न बहाना देखाएर उम्कने प्रवृत्ति पुरानै रहेको उल्लेख गर्दै उहाँले इच्छा शक्तिका साथ संस्थालाई चुस्त, दुरुस्त बनाएर लैजान विभागीय प्रमुखलाई आग्रह गरे । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले समीक्षा बैठकमा मन्त्रालय मातहतका निकायले पेस गरेको पुँजीगत खर्च र भौतिक प्रगति विवरण सन्तोषजनक नदेखिएको भन्दै आगामी चौमासिक समीक्षामा विस्तृत विवरणसहित प्रस्तुत हुन विभागीय प्रमुखलाई निर्देशन दिए । उनले मन्त्रालय मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउन मन्त्रालय लागि परेको उल्लेख गरे  । राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीले मन्त्रालयको पुँजीगत खर्च र चौमासिक प्रगति सन्तोषजनक रहेको भन्दै मन्त्रालय मातहतका पाँच सञ्चार संस्थालाई उनीहरुको राष्ट्रिय महत्वलाई मध्यनजर गर्दै दिगोपनाका लागि रणनीतिक योजना बनाउन मन्त्रालयको ध्यानाकर्षण गराए । सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले ‘अनलाइन मिडिया’ व्यवस्थापनको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा पुगेको, सञ्चार गृह लैङ्गिकमैत्री बनाउने प्रक्रिया सुरु भएको र पत्रकार बिमाको कार्यक्रमलाई थप निरन्तरता दिइएको जानकारी दिए । मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख रुद्रा शर्माले चालु आवको चौमासिक प्रगति समीक्षामा मन्त्रालय मातहतका विभिन्न निकायको पुँजीगत खर्च र प्रगति विवरण प्रस्तुत गरेका थियो । चौमासिक प्रगति समीक्षामा मन्त्रालय मातहत विभिन्न निकायका विभागीय प्रमुख तथा सरोकारवाला मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: