Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

संविधानको भावनाअनुरुप जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्नोस् : सञ्चारमन्त्री राइ

\"serdhanकाठमाडौं  । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको मर्म र भावनाअनुरुप जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ परिस्थितिअनुरुप विभिन्न योजना तथा कार्यक्रमलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याए । ‘अहिले हामी नयाँ संविधान जारी भएको भिन्न परिस्थितिमा छौँ, परिवर्तनको प्रत्यक्ष अनुभूति जनताले पाउने गरी सरकारी संयन्त्रले काम गर्न जरुरी छ । हाम्रा सेवा प्रवाह र कार्य सम्पादनबाट जनताले चाहना र अपेक्षा गरेअनुरुप पूरा गर्न नसके अविश्वास बढ्ने मात्र नभई बजेट योजना कार्यक्रम नै असफल हुने अवस्था आउँछ, त्यसैले हाम्रा वार्षिक बजेट र कार्यक्रमलाई नयाँ परिस्थितिमा समावेश गरी कार्यान्वयनमा सबैले हेक्का राख्नुपर्छ, –सञ्चारमन्त्री राईले भने । उनले नियमित बजेट कार्यक्रमका अलावा सरकारले दुईवर्षे योजना पनि ल्याएको भन्दै त्यसलाई पनि योजनामा समावेश गरी प्रभावकारी कार्यान्वयनमा लैजान सबै मन्त्रालय र मातहत निकायको ध्यानाकर्षण गराए । मन्त्रालय र मातहत निकायको आव २०७२÷०७३ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनतर्फ लक्ष्यित गर्दै उहाँले कार्य प्रगतिको विस्तृत विवरण आउन नसक्नु गम्भीर विषय हो भन्दै, लक्ष्यित बजेट र नीति अनुरुप खर्च र प्रगतिबारे आगामी चौमासिक समीक्षामा पेस गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । केही सरकारी संयन्त्रमा काम समयमा नगर्ने, हेल्चेक्रयाँइ गर्ने र विभिन्न बहाना देखाएर उम्कने प्रवृत्ति पुरानै रहेको उल्लेख गर्दै उहाँले इच्छा शक्तिका साथ संस्थालाई चुस्त, दुरुस्त बनाएर लैजान विभागीय प्रमुखलाई आग्रह गरे । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले समीक्षा बैठकमा मन्त्रालय मातहतका निकायले पेस गरेको पुँजीगत खर्च र भौतिक प्रगति विवरण सन्तोषजनक नदेखिएको भन्दै आगामी चौमासिक समीक्षामा विस्तृत विवरणसहित प्रस्तुत हुन विभागीय प्रमुखलाई निर्देशन दिए । उनले मन्त्रालय मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउन मन्त्रालय लागि परेको उल्लेख गरे  । राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीले मन्त्रालयको पुँजीगत खर्च र चौमासिक प्रगति सन्तोषजनक रहेको भन्दै मन्त्रालय मातहतका पाँच सञ्चार संस्थालाई उनीहरुको राष्ट्रिय महत्वलाई मध्यनजर गर्दै दिगोपनाका लागि रणनीतिक योजना बनाउन मन्त्रालयको ध्यानाकर्षण गराए । सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले ‘अनलाइन मिडिया’ व्यवस्थापनको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा पुगेको, सञ्चार गृह लैङ्गिकमैत्री बनाउने प्रक्रिया सुरु भएको र पत्रकार बिमाको कार्यक्रमलाई थप निरन्तरता दिइएको जानकारी दिए । मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख रुद्रा शर्माले चालु आवको चौमासिक प्रगति समीक्षामा मन्त्रालय मातहतका विभिन्न निकायको पुँजीगत खर्च र प्रगति विवरण प्रस्तुत गरेका थियो । चौमासिक प्रगति समीक्षामा मन्त्रालय मातहत विभिन्न निकायका विभागीय प्रमुख तथा सरोकारवाला मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies