Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चुरे भावरमा आन्दोलन कसले गरिदेला ?

\"Badri-Neupane\"काठमाडौं । पहिलो संविधानसभामा चुरे भावरको आन्दोलनबाट चर्चामा आएको चुरे भावर राष्ट्रिय एकता पार्टीले मधेसमा आन्दोलन जारी रहेका बेला चुरेभावर क्षेत्रमा आन्दोलन चर्काउने घोषणा गर्यो । यसअघि पनि मधेस आन्दोलन चर्किएको बेला मधेसलाई काउन्टर गर्न भन्दै चुरे भावरले आन्दोलन चर्काएको थियो । तत्कालिन संविधानसभामा दुई सिट जितेको चुरे भावर सत्तामा गएपछि पार्टी भित्रैको आन्तरिक द्वन्द्वमा परी टुक्रिँदै गयो । अहिलेको रुपान्तरित ब्यवस्थापिका संसदमा चुरे भावरको एक सिट मात्रै रहेको छ । संसदमा एक सिट मात्रै रहेको चुरे भावरले अहिले पनि मधेस आन्दोलनलाई काउन्टर गर्न भन्दै चुरे क्षेत्र आन्दोलन घोषणा गरेको छ । आन्दोलन घोषणापछि मधेसका केही ठाउँमा चुरे भावरले एकाध प्रदर्शनको कार्यक्रम पनि गर्यो । चुरे भावरले आन्दोलन घोषणा गरी प्रदर्शनमा उत्रिएपछि मधेसवादी प्रमुख राजनीतिक दलहरु एमाले कांग्रेसले नै चुरे भावरका नाममा मधेस आन्दोलनमा प्रतिकार गर्न खोजेको आशंका गर्यो । त्यसैले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको त्रिपक्षीय वार्तामा कुनै पनि दलले एकअर्काको कार्यक्रम नविथोल्ने सहमति गराए । तर राजनीतिक संगठन निकै कमजोर रहेको चुरे भावरले आन्दोलन घोषणा गरेको केही दिनमै पार्टीभित्रको विवाद चुलिएको छ । पार्टी भित्रको विवाद चुलिँदै गर्दा एकले अर्कालाई कारबाही गर्न थालिएको छ । रातोपुलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको पार्टी पदाधिकारी बैठकबाट पार्टीका केन्द्रीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्षलाई पार्टीबाट निश्कासन गरिएको छ । पार्टीबाट निश्कासन गरिएको भनिएका उपाध्यक्ष कमलप्रसाद चुडाल, महासचिव कुमारप्रसाद दवाडी र कोषाध्यक्ष युवराज चापागाईँले अध्यक्षलाई नै निश्कासन गर्ने तयारी स्वरुप छलफल गरिरहेका छन् । पार्टीबाट आफै एक्लिएका ब्यवस्थापिका संसद सदस्यसमेत रहेका बद्री न्यौपाने भने पार्टी अनुशासनविपरीत काम गरेकोले तीन पदाधिकारीलाई निश्कासन गरिएको दाबी गर्छन् । न्यौपानेले विहीबार विज्ञप्ति जारी गर्दै तीन पदाधिकारीलाई पार्टीबाट निश्कासन गरिएको जनाएका छन् । वैठकले यही पुस २५ गते सर्लाहीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णयसमेत गरेको न्यौपानले बताएका छन् । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै चुरे भावर क्षेत्रमा संघर्ष चर्काउने बताएको चुरे भावर पार्टीका नेताहरु आफै विभाजित भइ टुक्रिँदै गउका छन् ।  ‘चुरे भावर प्रदेश’ कायम गराउन माग गर्दै आन्दोलन चर्काउने बताएका उनीहरुको संगठन निकै कमजोर छ । संगठन कमजोर बनेको पार्टीले कसरी मधेस आन्दोलनलाई प्रतिकार गर्न सक्ने हिम्मत राख्ला भन्ने प्रश्न खडा भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending