Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

चाल्नाखेलबाट यसरी हरायो डिएसपी केसीको पेस्तोल

काठमाडौं । कीर्तिपुरको चाल्नाखेलमा मंगलबार डीएसपी टीका केसीको कम्मरबाट पेस्तोल हराएको घटनाबारे छानविन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ ।

[caption id=\"attachment_51956\" align=\"alignleft\" width=\"500\"]\"Chalnakhel-Jhadap,Tika घाइते डिएसपी टिका केसी, तस्वीर : अनलाइनखबर[/caption]

महानगरीय प्रहरी आयुक्त कार्यालयले घटनाको छानविन गर्न डीआइजी मधु पुडासैनीको नेतृत्वमा एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं परिसरका एसपी विश्वराज पोख्रेल सदस्य रहेको समिति बनाएको हो ।

ग्यास उपभोक्तासँग मंगलबार भएको झडपमा भागदौड हुँदा डिएसपी केसीको पेस्तोल, त्यसमा लाग्ने सात राउण्ड गोली र सन्चार सेट हराएको थियो । हराएका सामान खोज्न बुधबार अबेरसम्म प्रहरी र स्थानीय खटिए पनि फेला परेको छैन ।

डीएसपी केसीले पेस्तोल जोगाउन नसक्नु आफ्नो कमजोरी भएको स्वीकारेका छन् । तर हतियार कसैले खोसेर लग्यो वा आफै भुइँमा खसेर हरायो भनेर एकीन बताउन उनले सकेका छैनन् । ‘८–१० जनाको समूह मेरो नजिकै आएर आक्रमण गर्दै थिए, म आफ्नो टाउको जोगाउनतिर लागें, त्योबीचमा के भयो, मलाई याद छैन,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले गरेको सोधपुछमा डिएसपी केसीले भने, ‘पेस्तोल आफैं खस्यो या कसैले निकालेर लग्यो, पत्तै भएन ।’

प्रमुख जिल्ला अधिकारी सुवेदीले कार्यालयमै बोलाएर एसएसपी विक्रमसिंह थापा, डिएसपी केसी र चाल्नाखेलस्थित एभरेष्ट ग्यास डिपोका म्यानेजर गोपाल धितालसँग सोधपुछ गरेका थिए । त्यसलगत्तै कीर्तिपुर वृत्तका केसीलाई महानगरीय प्रहरी परिसर टेकुमा तानेर उनको स्थानमा चन्द्रबहादुर केसीलाई खटाइएको छ ।

डीएसपी केसीले भने, ‘टाउको जोगाउँदै भाग्न खोज्दा ओरालोमा लडें । त्यहाँबाट उठेर उद्योग परिसरमा छिरिसकेपछि कम्मरमा छाम्दा पेस्तोल थिएन, खालि कभरमात्रै थियो । धुइँपत्ताल खोज्दा पनि पेस्तोल फेला परेन ।’

एभरेष्ट ग्यास उद्योगका सञ्चालक शिव घिमिरे र म्यानेजर गोपाल धितालले मंगलबार विहान ८ बजेदेखि ग्यास वितरण हुने आश्वासन स्थानीयलाई दिएका थिए । सोही आश्वासन अनुसार उपभोक्ताहरु सिलिण्डर किन्न विहानै लाम लागेका थिए । तर, १० बजेसम्म पनि ग्यास नपाएको भन्दै उपभोक्ताहरुले उद्योगको गेटमा तोडफोड गर्न थाले । डीएसपी केसी घटनास्थलमा पुग्दा प्रदर्शन नियन्त्रण बाहिर गैसकेको थियो । प्रहरी माथि ढुंगामुढा हुन थालेपछि सुरक्षाका लागि पुगेका सुरक्षाकर्मीकै भागदौड मच्चिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending