Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

बुलेट खरिद प्रक्रिया अघि बढ्यो

\"gyasकाठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । भारतले नाकाबन्दी गरेका कारण आफ्नै ग्यास बुलेट नहुँदा वैकल्पिक रुपमा ग्यास ल्याउन नसकिएको निश्कर्ष निकाल्दै निगमले ग्यास बुलेट खरिद प्रक्रिया अघि बढाएको हो । नेपालमा हालसम्म मुलुकमा कुनै पनि स्वदेशी बुलेट छैन । नेपालमा ग्यास ढुवानी गर्ने सबै बुलेट भारतीय कम्पनीका छन् । जसका कारण बैकल्पिक रुपमा ग्यास खरिद गरी ल्याउने बुलेट नहुँदा समस्या भएको छ । भारतको विकल्पमा अन्य मुलुकबाट पनि ग्यास तथा इन्धन खरिद गर्नुपर्ने बाध्यता आइपरेकाले निमगले बुलेट आवश्यकता महसुस गरेको हो । निगमले बुलेट खरिद प्रक्रिया अघि बढाएपछि एक हजार ७९ निवेदन परेको छ । जसमध्ये सङ्घका तर्फबाट मात्रै ७६८ वटा बुलेट खरिदका लागि निवेदन परेको छ । निगमले करिब ४५० वटा बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेपछि देशभरका ५३ वटा ग्यास उद्योगी र अन्य कम्पनीले बुलेट खरिदका लागि आवेदन दिएका छन् । निगमले ग्यास उद्योगी संघलाई कसले कति खरिद गर्न सक्ने भन्नेसमेत स्पष्ट खुलाएर मात्रै आवेदन दिन आग्रह गरेको छ । संकटको समयमा अप्ठ्यारो परेकाले बुलेट खरिद गर्न अनुमति दिन लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । कर तथा भन्सार छुट भएको अवस्थामा हाल सञ्चालनमा आएको जस्तै एउटा बुलेट खरिदका लागि ७० लाख रुपैयाँदेखि ८० लाखसम्म पर्ने अनुमान गरिएको छ । निगमले उद्योगीलाई ३५० वटा मात्र खरिदका लागि अनुमति दिने अरु बाँकी एक सय वटा बुलेट अन्यलाई दिने तयारी गरेको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । हाल ग्यास आयातकै लागि प्रतिवर्ष रु तीन अर्ब ५० करोड रकम भाडामै विदेशीने गरेको छ । कर र भन्सार छुट नदिएमा एउटा बुलेटको मूल्य एक करोड भन्दा बढी पर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending