Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

जानकी मन्दिर प्रकरणमा उपेन्द्रको सफाइ–कुकुर पसेपछि सुद्धिकरण

\"upendra_yadab\"काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनकपुरको जानकी मन्दिरमा आयोजित विवाह समारोहमा कुकुर पसेपछि शुद्धिकरण गरिएको भन्दै बचाउ गरेका छन् । विधवा राष्ट्रपति प्रवेश गरेको कारण शुद्ध पारिएको भन्दै गलत प्रचार गरिएको भन्दै यादवले मन्दिरभित्र कुकुर छिराएर जथाभावी सुगाएको र ¥याल चुहिएकाले मन्दिर शुद्ध गर्न गंगाजल छर्किनु परेको बताए । सोमबार पार्टीनिकट संघीय प्रेस युनियनसँगको भेटघाटका क्रममा अध्यक्ष यादवले मन्दिरमा विधवा राष्ट्रपति विद्या भण्डारी प्रवेशलाई आफूले गलत रुपले नलिएको समेत प्रष्ट पारे । छालाको बुटसहित सेना, प्रहरी कुकुरसहित छिर्नुले साँस्कृतिक अतिक्रमण भएको उनको आरोप थियो । विधवा महिलालाई पूजापाठ गर्नबाट कुनै पनि मन्दिरमा बञ्चित नगरिएको भन्दै विधवा महिला भनी अपमान गरिएको भन्दै गलत प्रचार गरिएको उनले बताए । राजनीतिक संकटको समाधान ‘प्याकेज’मै फोरमका अध्यक्ष यादवले जारी राजनीतिक संकटको समाधान ‘प्याकेज’मै हल गर्नुपर्ने बताए । सत्तापक्ष र प्रमुख दल नेपाली कांग्रेससँग प्याकेजमै राजनीतिक सहमति गरी समाधान निकाल्न छलफल भइरहेको उनले बताए । मोर्चासँगको छलफलका लागि संसद बैठक स्थगित नगरिएको उनले दाबी गरे । सरकारले झारा टार्ने काम मात्रै गरेको टिप्पणी गर्दै यादवले मधेस समस्याको समाधान सरकारको ‘मुड’मा भरपर्ने बताए । संशोधन विधेयक विधेयक अमूर्त फोरम अध्यक्ष यादवले ब्यवस्थापिका संसदमा पेश गरिएको संविधान संशोधन विधेयक अमूर्त रहेको बताएका छन् । संविधान संशोधन विधेयक मधेसी जनताको लागि नल्याएको उनले दाबी गरे । उक्त संशोधन विधेयकबाट कसले फाइदा पाउने स्पष्ट नभएको यादवले जिकिर गरे । सरकार र प्रमुख दलहरुलाई विश्वास गर्ने आधार नभएकाले सबै विषय प्याकेजमै सहमति गर्नुपर्नेमा यादवको जोड थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending