Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८० बिहीबार | 30th November, 2023 Thu

बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालक

\"PM_driver\"काठमाडौं। बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने चालक भने एउटै छन्, काठमाडौँ, वसुन्धराका माधव कार्की । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका हुन् । मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् । कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए ।  त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष), सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् । विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गरेका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका हैनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए । प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफँैमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन् ।  कुनै प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई थियो, छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ । प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा ९५० देखि ८०० को गतिमा हाँक्नुपर्छ । चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । “ प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन”, कार्की भन्छन् । यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसकेका उनलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । “मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ”  कार्कीले भने । अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लागेका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हँुदैछन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् । चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ । बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब रु सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको रु आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ । सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन् तर विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ । प्रधानमन्त्रीका आफ्नै सोख चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका पाए ।  वर्तमान प्रधानमन्त्री केपी ओली तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई बढी गति मन पर्छ । थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिएका रहेछन् । प्रधानमन्त्री कोइरालाले त तीन पटक उनको घरमा पुगी अवस्थाबारे सोधेका थिए । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिन्छन् । कार्कीले भने, “प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्बिर खिंचाउनुभयो । अरुसँग त्यस्तो क्षण रहेन ।” चालक कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री प्रचण्डकाे समयमा उनलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies